Saturday, December 4, 2021
गृहपृष्ठ अन्य बडादसैँको साइत सार्वजनिक, टिकाको साइत १०:०२ बजे शुभ

बडादसैँको साइत सार्वजनिक, टिकाको साइत १०:०२ बजे शुभ

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।  असोज २१ गते बिहीबार बिहान ११ :४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ : ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ : ५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा.अधिकारीले बताए ।

फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७:११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः ४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।

असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः १९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १० : ०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजयादशमीका दिन बिहान ७:०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः ३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिनेछ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

ताजा समाचार

कञ्चनपुरको भीमदत्तमा ३० औं अपाङ्गता दिवस भव्यताका साथ मनायो

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवश बिविध कार्यक्रम गरि मनाइएको छ । महेन्द्रनगरको मदन चोक देखि गल्ली नम्बर १ देखि...

आफ्नो क्षेत्रमा जंगली जनावरले आतंक मचाउदा समेत पिडितहरुलाई भेट्न मानेनन् पुर्व मन्त्री मगरले, आफ्नो पार्टीको कार्यक्रम सम्वोधन गर्न आएका उनलाई छैन् आफ्ना नागरिकको चिन्ता

बेलडाँडी, कञ्चनपुर जिल्लाको दक्षिणी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संग जोडिएको बस्तीमा दैनिक जसो जंगली जनावर हात्तीले आतंक मचाउदा समेत सोही ठाउँ पुगेकी यस क्षेत्रकी सांसद तथा...

समाजवादी बेलौरीको अध्यक्षमा कठायत

लाल बहादुर एसके, नेकपा एकिकृत समाजवादी बेलौरीको अध्यक्षमा चक्र कठायत चयन भएका छन । बिहीबार समाजवादी बेलौरीको प्रथम नगर सम्मेलदनबाट अध्यक्षमा कठायत भएका हुन ।...

शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भट्ट

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टिकेन्द्र राज भट्टलाई जिम्मेबारी पाईएको छ । सोही नगरकै शिक्षा शाखा प्रमुख रहेका भट्टलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी...
5,613LikesLike
14FollowersFollow