Monday, December 6, 2021
गृहपृष्ठ जिवनशैली माधवकुमार नेपालको पार्टीमा बस्न पदाधिकारी पनि भेटिएनन् : ओली

माधवकुमार नेपालको पार्टीमा बस्न पदाधिकारी पनि भेटिएनन् : ओली

काठमाडौं,

नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका छन् । उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले भर्खरै आफूले सो पार्टीको निर्णय हेरेको तर पार्टीमा अझै पनि पदाधिकारी रिक्त रहेको पाएको टिप्पणी गरे ।

उनले माओवादी केन्द्रलाई ‘माके’ र माधवकुमार नेपालको पार्टीलाई ‘माने’ पार्टी संज्ञा दिए । उनले भने, ‘माके पार्टी, माने पार्टी फाटोको खेती गर्छ, ती एकताको राजनीति गर्ने पार्टी होइन, एमालेले त्यस्तो राजनीति गर्दैन । एमालेले एकताको राजनीति गर्छ ।’

माधव नेपालप्रति लक्षित गर्दै उनले अगाडि भने, ‘माने पार्टीको हेर्दै थिएँ, पदाधिकारी अलि भरिएको छैन । कोही भेटिन्छ कि भनेर खोज्दै हुनुहुन्छ तर पूरा भएको छैन ।’ उनले आफूहरुमा कसैको पार्टी कार्यालय कब्जा गर्न जाने खालको राजनीति नगर्ने पनि प्रस्ट पारे । पार्टी निकट कर्मचारी संगठनको कार्यालय विवादलाई उल्लेख गर्दै उनले भने, ‘प्रहरीलाई कानुन उल्लंघन गर्ने संयन्त्रका रुपमा सत्ता पक्षले प्रयोग गरिरहेको छ । वैधानिक कर्मचारी संगठनको कार्यालयमा दुई चार मान्छे आएर विवाद गरेका छन्, एउटा कार्यालय पनि खोल्न सक्दैनन् ? अर्काको कार्यालय कब्जा गर्न आउने !’

माधवकुमार नेपालले दक्षिणपन्थको विरोध गर्ने भनेकोप्रति लक्षित गर्दै उनले भने, ‘काँग्रेसको पछिपछि हिँड्नु छ, अनि दक्षिणपन्थको विरोध गर्ने रे !’ उनले सत्तारुढ गठबन्धनको मानवीय मनसमेत नरहेको बताए । ‘यिनीहरूको त मानवीय मन पनि छैन । अलिकति मानवीयता हुँदैन । छातीभित्र मुटु होइन, ढुंगा राखेको छ, ढुंगा । त्यो पनि छिप्पिएको दर्शन ढुंगा ।’

ताजा समाचार

महाकाली अस्पतालका अध्यक्ष जोशी सम्मानित

कञ्चनपुर, महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) सम्मानित भएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघले अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष जोशीलाई सम्मान गरेको...

पुनर्वासमा सैनिक कप फुटबल प्रतियोगिता शुरु, पूनर्वास ३ युवा क्लबको विजयी शुरुवात

हरिलाल जोशी, कञ्चनपुरको दक्षिणी क्षेत्र पूनर्वास नगरपालिकामा सैनिक कप फुटबल प्रतियोगिता शुरु भएको छ । अरनिको युवा क्लबको आयोजनामा आइतबारदेखि सैनिक कप फुटबल प्रतियोगिता शुरु भएको...

पुनर्वासमा डिजिटल पाश्र्वचित्र र राजस्व सुधार कार्य योजना हस्तान्तरण

कञ्चनपुर, कञ्चनपुरको पूनर्वास नगरपालिकामा डिजिटल पाश्र्वचित्र र राजस्व सुधार योजना हस्तान्तरण गरिएको छ । युएसएआडीको “साझेदारी – संघीयता सहयोग” कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा नगरपालिकाको...

बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सहित माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर, बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मी नारायण चौधरी सहित माओवादी केन्द्रमा प्रवेस गरेका छन । शनिबार माओवादी केन्द्र बेलौरीको नगर सम्मेलन उद्घाटन कार्यक्तममा बेलौरी...
5,613LikesLike
14FollowersFollow