Wednesday, October 13, 2021
गृहपृष्ठ जिवनशैली सुदूरपश्चिमका उद्योगी व्यवसायी जोशीद्वारा दार्चुलाका वाढीपीडितलाई खाद्यान्न सहयोग

सुदूरपश्चिमका उद्योगी व्यवसायी जोशीद्वारा दार्चुलाका वाढीपीडितलाई खाद्यान्न सहयोग

कञ्चनपुर,

सुदूरपश्चिमका उद्योगी व्यवसायी पिताम्बर जोशीले दार्चुलाका वाढीपीडितलाई खाद्यान्न सहयोग गरेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जोशीले दार्चुलाका वाढीपीडितलाई खाद्यान्न सहयोग गरेका हुन ।

मालिकार्जुन गाउँपालिका–७ श्रीरपुर घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका बस्दै आएका जोशीले दुहुँ गाउँपालिकाका बाढी पहिरो पिडितलाई खाद्य सामग्री गरेका हुन । अमृत डिस्टिलरी तथा ग्वाल्लेक ग्रुप कार्यकारी निर्देशक समेत रहनु भएका जोशीले गत भदौ १३ गते राती भएको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी प्रभावित परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराएको दुहुँ गाउँपालिका राहत संकलन समितिका संयोजक सुरेन्द्र बहादुर बमले बताए । बरिष्ठ उपाध्यक्ष तथा ग्वाल्लेक ग्रुप प्रालिका कार्यकारी निर्देशक जोशीले उपलब्ध गराएको खाद्यान्न प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको रहोबरमा सदरमुकाम खलंगामा दुहुँ गाउँपालिकाका उपाध्यक्ष ईस्वरी जोशी तथा अधिकृत छैटौं भुपेन्द्र सिंह बडाललाई हस्तान्त्रण गरिएको ग्वाल्लेक ग्रुपका दार्चुला प्रतिनिधि भानदेव बडूले बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जोशीले बाढी पहिरो पिडितका लागी ९ क्वीण्टल चामल, ७५ किलोग्राम दाल, १ सय २० गोटा साबुन, १ सय प्याकेट १ किलोग्राम लागुधुने सोडा र ५ सय थान मास्क उपलब्ध गराउनु भएको थियो । बाढी पहिरो पिडितका लागी उपलब्ध खाद्यन्न सामग्री बुझ्दै गाउँपालिकाका उपाध्यक्ष ईस्वरी जोशीले आपत विपद परेको बेला सहयोग गर्ने महान व्यक्ती जोशीलाई विषेश धन्यबाद व्यक्त गरेका छन । आफ्नो गृहजिल्ला दार्चुलामा विपद परेका बेला सहयोग गरेको भन्दै स्थानीयले समेत जोशीप्रति आभार प्रकट गरेका छन ।
\

ताजा समाचार

वडा सदस्य भट्टद्वारा युवा क्लबलाई जर्सी सहयोग

बेलडाँडी, बेलडाँडी गाउँपालिकामा जारी फुटबल उत्सवलाई मध्यनजर गर्दै बेलडाँडी गाउँपालिका वडा नं. 1 का वडासदस्य तथा बेलडाँडी गाउँपालिका लेखा समिति संयोजक शंकर भट्टले एक युवा...

घरमै सुतेकै अवस्थामा एक युवकको मृत्यु

एक हप्ता अघि बैदेशिक राेजगारीबाट घर फर्किएका बेलडाँडी गाउपालिकाका वडा नम्बर- १ का जनक राज भट्टकाे सुतेकाे अवस्थामा मृत फेला परेका छन् । २२ गते...

मन्त्री आलेले भने- जहाज घाममा सुकाएर पैसा आउँदैन, उडाउनु पर्‍यो

‘प्रधानमन्त्रीसग सुदूरपश्चिममा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा भएको छ’ 'मन्त्रीको अघिपछि लागेर मीठा कुरा नगर्नु' काठमाडौँ — तीन वर्षअघि वाइडबडी विमान खरिदमा लेखा समितिबाट सर्वाधिक आलोचना गर्नेमध्येका...

जसपा कञ्चनपुरको अध्यक्षमा धानुक

कञ्चनपुर, जनता समाजवादी पार्टी कञ्चनपुरको अध्यक्षमा प्रेम बहादुर धानुक चयन भएका छन । शुक्रबार कञ्चनपुरको बेलौरीमा सम्पन्न भएको जसपा जिल्ला भेलाले धानुकलाई अध्यक्षमा चयन गरेको...
5,613LikesLike
14FollowersFollow