Saturday, October 9, 2021
गृहपृष्ठ आर्थिक विपन्न असहाय परिवारलाई सहयोग गर्दै टिकटक भाइरल सृजना

विपन्न असहाय परिवारलाई सहयोग गर्दै टिकटक भाइरल सृजना

कञ्चनपुर,
समाजिक सञ्जालमा आफ्नै सुदूरपश्चिमको दार्चुलेली भाषा प्रर्बद्धन गर्दै आएकी कञ्चनपुरकी किशोरी सृजना धामी विपन्न असहाय परिवारलाई सहयोग गर्दै आएकी छिन ।

दार्चुलाकी सृजना अहिले भीमदत्त नगरपालिका ६ ऐठपुरमा बस्दै आएकी छिन । प्राविधिक र साधारण तर्फको शिक्षा अध्ययन गरिरहेकी किशोरी सृजनाले टिकटकमा आफ्नै मौलिक दार्चुलेली भाषा प्रर्बद्धन गर्दै समाजिक सेवामा समेत खटिएकी छिन । उनले समाजिक सञ्जाल टिकटक मार्फत सहयोग संकलन गरेर विपन्न, असहाय परिवारलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएकी छिन ।

उनले झलारीकी विपन्न लक्ष्मी जाग्रीको परिवारलाई आर्थिक २८ हजार नगदका साथै लुगाकपडा र खाद्यान्न सहयोग गरेकी छिन । भने भीमदत्त नगरपालिका ५वनगाँउका एक दलित परिवारलाई समेत खाद्यान्न,भाडावर्तन र कपडा वितरण गरेकी छिन । भने भीमदत्त नगरपालिका ७ हल्दुखाल ग्रामिण भेगका किशोरीलाई महिनाबारी बारे सचेतना फैलाउँदै सेनिटरी प्याट समेत वितरण गरेकी छिन ।

‘मैले मेरो भाषालाई टिकटक माध्यमबाट जोर्गेना गर्छु, ‘उनले भनिन, ‘नेपाली बोल्न आउँछ, तर मौलिक भाषाको प्रर्बद्धन गर्न मेरो ईच्छा छ ।’ भाषासंगै विपन्न असहायका मानिसलाई सहयोग गर्ने उनको चाहना छ । सृजनाले समाजिक सञ्जाललाई मौलिक भाषाको प्रर्बद्धनमा भूमिका निर्वाह गरेको भन्दै उनको चौतर्फि प्रसंसा भईरहेको छ । आफ्नो मौलिक भाषा, आफ्नो पहिचान हुने भएकाले सृजनाको कामबाट सुदूरपश्चिमेली उत्साहित भएका छन ।

ताजा समाचार

जसपा कञ्चनपुरको अध्यक्षमा धानुक

कञ्चनपुर, जनता समाजवादी पार्टी कञ्चनपुरको अध्यक्षमा प्रेम बहादुर धानुक चयन भएका छन । शुक्रबार कञ्चनपुरको बेलौरीमा सम्पन्न भएको जसपा जिल्ला भेलाले धानुकलाई अध्यक्षमा चयन गरेको...

बेलडाँडीमा फुटबल महोत्सव शुरू

बेलडाँडी, कञ्चनपुरकाे बेलडाँडी गाउँपालिकामा दशै तथा दिपावलीकाे अवसर पारी फुटबल महोत्सव शुरू भएको छ । एकता युवा क्लवकाे आयाेजजामा स्थानीय फुटबल महाेत्सव २०७८ शुरू भएकाे अायोजकले...

मोटरसाईकल दुर्घटनामा युवा संघ बेलौरीका नेता शाहीको मृत्यु

लाल बहादुर एस के मोटरसाईकल दुर्घटनामा परि एमाले निकट युवा संघ बेलौरीका नेताको मृत्यु भएको छ । शुक्रबार महेन्द्रनगरमा राष्ट्रिय युवा संघको कार्यक्रम सहभागि भएर घर...

समाजवादीको बेलडाँडीमा भेला ः सगठन विस्तार गर्ने तयारी

विकास सिह महता एमाले फुटेर बनेको नयाँ पार्टी नेकपा एकिकृत समाजवादी पार्टीले कञ्चनपुरको बेलडाँडीमा भेला गरेको छ । शुक्रबार समाजवादीले बेलडाँडीमा नेता कार्यकर्ता भेला गरेको हो...
5,613LikesLike
14FollowersFollow