Wednesday, October 13, 2021
गृहपृष्ठ जिवनशैली संविधान दिवस ः भीमदत्त नगरपालिकाद्वारा वक्तृत्वकलामा विजेता विद्यार्थीलाई पुरस्कार

संविधान दिवस ः भीमदत्त नगरपालिकाद्वारा वक्तृत्वकलामा विजेता विद्यार्थीलाई पुरस्कार

कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिकाले संविधान दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । दिवसकै अवसमार पारेर भीमदत्त नगरपालिका शिक्षा शाखाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरेको हो ।
भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले विद्यार्थीमा राष्ट्रप्रतिको सद्भावका लागि संविधान दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार प्रतियोगितमा फ्लोरिडा ईन्टरनेशनलका छात्र भिष्मराज जोशी प्रथम भएका छन । महेन्द्रनगर मावि(साधारणका)का छात्रा रिया धामी द्वतिय, सिद्धनाथ मावि जिमुवाका धनीराम लावड तृतिय भएका छन । भने बैजनाथ मावि महेन्द्रनगरका छात्रा कृति पन्तले सान्त्वना पाएकी छिन ।
उनीहरुलाई क्रमस भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले ३हजार, २५ सय, १५ सयका दरले नगद पुरस्कारका साथै प्रमाण पत्र हस्तान्तरण गरेका छन । प्रमाण पत्र तथा पुरस्कार वितरण गर्दै मेयर विष्टले आगामी दिन थप मेहनत गर्न सुझाव दिए । भीमदत्त नगरपालिकाले ऐतिहासिक दिवसका अवसरमा विद्यार्थी सहभागि गराएर वक्तृत्वकता प्रतियोगिता गरेको भन्दै सामुदायिक विद्यालयले नगरपालिका प्रति आभार प्रकट गरेका छन । महेन्द्रनगर मावि (साधारण)का सहायक प्रअ सरस्वती धामी(भाट)ले नगरपालिकाले ऐतिहासिक दिवसको अवसमा विद्यार्थीमा राष्ट्रभावको प्रेरणा जगाउने उदेश्यले गरेको कार्यबाट विद्यार्थी थप पुर्नताजिकिरण हुने बताईन । ‘विद्यार्थी विचमा गरिने यस्ता प्रतियोगिताबाट आफ्नो मौलिकता एव राष्ट्रप्रतिको भावनाको विकास हुन्छ ‘सहायक प्रअ सरस्वतीले भनिन, ‘भावि दिनमा समेत नगरपालिकबाट हुने यस्ता कार्यक्रमले विद्यार्थी उर्जा थप्नेछ ।’ प्रतियोगितमा भीमदत्त नगरका १८ विद्यार्थीको सहभागिता रहेको थियो ।

ताजा समाचार

वडा सदस्य भट्टद्वारा युवा क्लबलाई जर्सी सहयोग

बेलडाँडी, बेलडाँडी गाउँपालिकामा जारी फुटबल उत्सवलाई मध्यनजर गर्दै बेलडाँडी गाउँपालिका वडा नं. 1 का वडासदस्य तथा बेलडाँडी गाउँपालिका लेखा समिति संयोजक शंकर भट्टले एक युवा...

घरमै सुतेकै अवस्थामा एक युवकको मृत्यु

एक हप्ता अघि बैदेशिक राेजगारीबाट घर फर्किएका बेलडाँडी गाउपालिकाका वडा नम्बर- १ का जनक राज भट्टकाे सुतेकाे अवस्थामा मृत फेला परेका छन् । २२ गते...

मन्त्री आलेले भने- जहाज घाममा सुकाएर पैसा आउँदैन, उडाउनु पर्‍यो

‘प्रधानमन्त्रीसग सुदूरपश्चिममा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा भएको छ’ 'मन्त्रीको अघिपछि लागेर मीठा कुरा नगर्नु' काठमाडौँ — तीन वर्षअघि वाइडबडी विमान खरिदमा लेखा समितिबाट सर्वाधिक आलोचना गर्नेमध्येका...

जसपा कञ्चनपुरको अध्यक्षमा धानुक

कञ्चनपुर, जनता समाजवादी पार्टी कञ्चनपुरको अध्यक्षमा प्रेम बहादुर धानुक चयन भएका छन । शुक्रबार कञ्चनपुरको बेलौरीमा सम्पन्न भएको जसपा जिल्ला भेलाले धानुकलाई अध्यक्षमा चयन गरेको...
5,613LikesLike
14FollowersFollow