Sunday, October 10, 2021
गृहपृष्ठ जिवनशैली पत्रकार, युवा उद्यमी र विद्यार्थीमाथि साँघात्मिक हमला गर्ने गिरोह बचाउन बेलडाँडी प्रहरी...

पत्रकार, युवा उद्यमी र विद्यार्थीमाथि साँघात्मिक हमला गर्ने गिरोह बचाउन बेलडाँडी प्रहरी सकृय

कञ्चनपुर,
पत्रकार विमल धामी, युवा उद्यमी सन्देश पाण्डे र विद्यार्थी सतिश नेपालीमाथि साँघात्मिक हमला गर्ने गिरोहलाई बेलडाँडी प्रहरीले संरक्षण गरिरहेको छ । सतिश नेपालीमाथि कुटपिट गर्ने समुहलाई प्रहरीले अझै पक्राउ गरेको छैन । पत्रकार धामी र उद्यमी पाण्डेय माथि कुटपिट गर्ने गिरोहका नाईके सुरेश खत्रीलाई समेत सहजै छाडेको छ ।

पत्रकार, उद्यमीमाथि दिन दाहाडै बिच बजारमा साँघात्मिक हमला गरेका सुरेशलाई पक्राउ नगरेर बेलडाँडी प्रहरीले सहजै छाडेको छ । ईप्रका मुद्दा शाखाबाट खत्री थरका प्रहरीले पत्रकार धामीका लागि मिल्नका लागि पटक पटक टेलिफोन गरेर दवाव दिईरहेका छन ।

प्रहरीले शान्ति सुरक्षा उलङघन गर्ने र अशान्ति मच्चाउनेलाई नियन्त्रणमा लिएर कार्बाहीको साटो पीडित पक्षलाई नै धम्क्याएर मिलापत्रका लागि गैर जिम्मेबारी निर्वाह गरिरहेका छन ।मुद्दा फाँटमा बस्ने खत्री थरका प्रहरी दोषि बचाउने मतियार बनेका छन ।

दोषिलाई पक्राउ गर्नुको साटो आफन्तले नै दिउँसो खत्रीलाई प्रहरी कार्यालय ल्याएपनि प्रहरीले पीडितलाई न्याय दिनुको साटो मानिसको ज्यान जाने हिसाबले साँघात्मिक हमला र युवा उद्यमी, पत्रकारमाथि बिना कारण कुटपिट गर्नेकै पक्ष लागेर प्रहरी फेरी बदनामको घर बनिरहेको छ ।

कुटपिट गर्ने माथि नै प्रहरीले बचाउन लागेपछि प्रहरी पक्षपाती भएको भन्दै स्थानीयले प्रहरीको भूमिका प्रति बिरोध गरेका छन ।
विद्यार्थी नेपालीमाथि हमला गरेको गिरोह सहित शुरेश खत्रीले शुक्रबार साँझ चवन्नी बजारमा युवा उद्यमी सन्देश पाण्डे र पत्रकार विमल धामीमाथि साँघात्मिक हमला गरेर कुटपिट गरेर फरार भएका थिए । बेलडाँडीका किशोर एव विद्यार्थी नेपालीमाथि कुटपिट गरिरहेका बेला युवा उद्यमीले यसरी निर्धात किन ? कुटपिट गरेका छौँ ।

भनेर सम्झाई बुझाई गर्ने क्रममा युवा उद्यमी पाण्डको टाउको फुटाएर भागेको गिरोहसंग घटना बारे सोधपुछ गर्दा पत्रकार धामीमाथि समेत हमला गरि खत्रीको गिरोह भागेको स्थानीय अभिमान सिह थापाले बताए । घटना घटेको एक दिन वितिसक्दा पनि बेलडाँडी प्रहरीले गाँउमा विद्यार्थी, युवा यद्यमीदेखि पत्रकार कुटपिट गिरोहलाई पक्राउ गरेको छैन । खोज्दै छौँ, खोजिरहेका छौँ, भन्दै प्रहरीले आलटाल गरिरेहको छ । तर, दोषि भागेर विदेश जानसक्ने भन्दै स्थानीयले पं्रहरीको विगतको कार्य देखेर प्रहरीप्रत्ति शंका गरिरहेका छन ।

उता नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पत्रकार धामीमाथि कुटपिट गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारेको छ । पत्रकार महासंघले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै बेलडाँडी पोष्टका सह सम्पादक तथा पत्रकार महासंघका निर्वतमान सदस्य धामी सहितमाथि भएको साँघात्मिक हमलाको भत्र्सना गरेको छ । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा घाईते पत्रकारको शिघ्र लाभको कामना गरेको छ ।

खत्री गिरोहको आक्र्रमणमा परी पत्रकार धामी, युवा उद्यमी पाण्डे र विद्यार्थी नेपाली घाईते भएका थिए । घाईते पत्रकार र युवा उद्यमी उपचारपछि घर फर्किएपनि विद्यार्थी नेपालीको भने कैलालीको सारथी अस्पतालमा उपचार भईरहेको छ । गाँउमा आतङक मच्चाउने र विद्यार्थीदेखि पत्रकारमाथि हमला गर्ने गिरोहमाथि कार्बाही नगरि स्थानीयले प्रहरी बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन । जिल्ला र ईप्रका बेलडाँडीले भने हमला गर्ने गिरोहलाई पक्राउ गरेर कार्बाही गर्ने जनाएपनि व्यवहारिक रुपमा भने दोषि बचाउन सकृय भएको छ ।

ताजा समाचार

घरमै सुतेकै अवस्थामा एक युवकको मृत्यु

एक हप्ता अघि बैदेशिक राेजगारीबाट घर फर्किएका बेलडाँडी गाउपालिकाका वडा नम्बर- १ का जनक राज भट्टकाे सुतेकाे अवस्थामा मृत फेला परेका छन् । २२ गते...

मन्त्री आलेले भने- जहाज घाममा सुकाएर पैसा आउँदैन, उडाउनु पर्‍यो

‘प्रधानमन्त्रीसग सुदूरपश्चिममा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा भएको छ’ 'मन्त्रीको अघिपछि लागेर मीठा कुरा नगर्नु' काठमाडौँ — तीन वर्षअघि वाइडबडी विमान खरिदमा लेखा समितिबाट सर्वाधिक आलोचना गर्नेमध्येका...

जसपा कञ्चनपुरको अध्यक्षमा धानुक

कञ्चनपुर, जनता समाजवादी पार्टी कञ्चनपुरको अध्यक्षमा प्रेम बहादुर धानुक चयन भएका छन । शुक्रबार कञ्चनपुरको बेलौरीमा सम्पन्न भएको जसपा जिल्ला भेलाले धानुकलाई अध्यक्षमा चयन गरेको...

बेलडाँडीमा फुटबल महोत्सव शुरू

बेलडाँडी, कञ्चनपुरकाे बेलडाँडी गाउँपालिकामा दशै तथा दिपावलीकाे अवसर पारी फुटबल महोत्सव शुरू भएको छ । एकता युवा क्लवकाे आयाेजजामा स्थानीय फुटबल महाेत्सव २०७८ शुरू भएकाे अायोजकले...
5,613LikesLike
14FollowersFollow