Monday, December 6, 2021
गृहपृष्ठ आर्थिक सरकारको प्याकेज : गरीबलाई दशैंमा १० हजार, बिरामीलाई मासिक ५ हजार

सरकारको प्याकेज : गरीबलाई दशैंमा १० हजार, बिरामीलाई मासिक ५ हजार

शेरबहादुर देउवा नेतृत्वको सरकारले अति विपन्न गरीब परिवारलाई प्रति घरपरिवार १० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ । देशभरिका ५ लाख घर परिवारलाई यो रकम दशैँकै बेलामा, अर्थात् असोज महिनाभित्रै उपलब्ध गराइने सरकारले घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोजभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरेको हो ।

संसदमा प्रतिपक्षी एमालेको चर्को विरोधको सामना गर्दै अर्थमन्त्री शर्माले १९ पृष्ठ लामो ७७ बुँदे प्रतिस्थापन विधेयक बाचन गरेका थिए ।

संसदमा मन्त्री शर्माले भने, ‘कोभिड १९ को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरीब ५ लाख परिवारलाई राहतस्वरुप एक पटकका लागि प्रतिघर परिवार रु १० हजारका दरले निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रवन्ध गरेको छु ।’

यो अनुदान असोजभित्रै प्रदान गरिने आश्वासन दिँदै उनले भने, ‘यस्तो अनुदान रकम स्थानीय तहको समन्वयमा सम्मत २०७८ असोज महिनाभित्र हस्तान्तरण गर्ने गरी आवश्यक तयारी गरेको छु ।’

त्यसैगरी अर्थमन्त्री शर्माले मिर्गौला, क्यान्सर र मेरुदण्डका बिरामीहरुलाई सरकारले मासिक ५ हजार रुपैयाँ उपचार खर्च दिने घोषणा गरेका छन् । शर्माले विधेयक पढ्दै भने, ‘मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च वापत मासिक रु. ५ हजारका दरले उपलब्ध गराइने व्यवस्था मिलाएको छु ।’

यसैगरी, राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका ब्यक्तिको परिवारका लागि सरकारले मासिक ३ हजार रुपैयाँ दिने ब्यवस्था गरेको पनि अर्थमन्त्री शर्माले सुनाए ।

यसैबीच, सरकारले काठमाडौं उपत्यकाको १० ठाउँमा सस्तोमा भात खान पाइने व्यवस्थासमेत गर्ने भएको छ । अर्थमन्त्रीद्वारा प्रस्तुत विधेयकमा भनिएको छ, ‘शहरी विपन्न नागरिकहरूका लागि सामाजिक संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाको कम्तिमा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिनेछ ।’

सरकारले केही नाराहरू पनि अघि सारेको छ । जस्तै– १२ कक्षाका विद्यार्थीहरूका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ घोषणा गरिएको छ भने महिलाहरुका लागि ‘महिला पहिला कार्यक्रम’ ल्याइने अर्थमन्त्री शर्माले बताएका छन् ।

ताजा समाचार

महाकाली अस्पतालका अध्यक्ष जोशी सम्मानित

कञ्चनपुर, महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) सम्मानित भएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघले अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष जोशीलाई सम्मान गरेको...

पुनर्वासमा सैनिक कप फुटबल प्रतियोगिता शुरु, पूनर्वास ३ युवा क्लबको विजयी शुरुवात

हरिलाल जोशी, कञ्चनपुरको दक्षिणी क्षेत्र पूनर्वास नगरपालिकामा सैनिक कप फुटबल प्रतियोगिता शुरु भएको छ । अरनिको युवा क्लबको आयोजनामा आइतबारदेखि सैनिक कप फुटबल प्रतियोगिता शुरु भएको...

पुनर्वासमा डिजिटल पाश्र्वचित्र र राजस्व सुधार कार्य योजना हस्तान्तरण

कञ्चनपुर, कञ्चनपुरको पूनर्वास नगरपालिकामा डिजिटल पाश्र्वचित्र र राजस्व सुधार योजना हस्तान्तरण गरिएको छ । युएसएआडीको “साझेदारी – संघीयता सहयोग” कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा नगरपालिकाको...

बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सहित माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर, बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मी नारायण चौधरी सहित माओवादी केन्द्रमा प्रवेस गरेका छन । शनिबार माओवादी केन्द्र बेलौरीको नगर सम्मेलन उद्घाटन कार्यक्तममा बेलौरी...
5,613LikesLike
14FollowersFollow