Saturday, October 9, 2021
गृहपृष्ठ जिवनशैली कञ्चनपुरका निजामती दिवस ः बेदकोट चुरे तटिय क्षेत्रमा बृक्षारोपण

कञ्चनपुरका निजामती दिवस ः बेदकोट चुरे तटिय क्षेत्रमा बृक्षारोपण

कञ्चनपुर,
कञ्चनपुरमा समेत निजामती दिवस मनाईएको छ । मंगलबार कञ्चनपुरमा पनि निजामती दिवस मनाएको हो । दिवसका अवसरमा बेदकोट नगरपालिका चुरे तटिय क्षेत्रमा बृक्षारोपण गरिएको छ । बेदकोट नगरपालिका ६ मुसेपानी स्थित गणेश सामुदायिक वन र निजनमती दिवस आयोजक समितिले संयुक्त रुपमा निर्मणाधिन महाकाली तेस्रो चरणको नहर क्षेत्रमा विभिन्न प्रजातिका विरुवा रोपेर बृक्षारोपण गरिएको थियो । निजामती दिवस समारोहका संयोजक समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले डिभिजन वन मार्फत बृक्षारोपणका स्थानीय गणेश सामुदायिक वनसंग समन्वय गरेका थिए । विभिन्न प्रजातिका झण्डै ५देखि ७ सय बिरुवा रोपिएका छन ।
महाकाली सिँचाई तेस्रो चरण आयोजनाले निजमाती दिवसका अवसरमा बृक्षारोपण गरिएको स्थानलाई निजामती वाटीका नामाकरण गर्दै संरक्षणको प्रतिबद्धता जाहेर गरिएको छ । उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधिश कृष्णलाल भट्टराई, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डे, जिल्लाभरीका विभिन्न सरकारी कार्यालय कर्मचारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, स्थानीय समुदायिक वनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार

जसपा कञ्चनपुरको अध्यक्षमा धानुक

कञ्चनपुर, जनता समाजवादी पार्टी कञ्चनपुरको अध्यक्षमा प्रेम बहादुर धानुक चयन भएका छन । शुक्रबार कञ्चनपुरको बेलौरीमा सम्पन्न भएको जसपा जिल्ला भेलाले धानुकलाई अध्यक्षमा चयन गरेको...

बेलडाँडीमा फुटबल महोत्सव शुरू

बेलडाँडी, कञ्चनपुरकाे बेलडाँडी गाउँपालिकामा दशै तथा दिपावलीकाे अवसर पारी फुटबल महोत्सव शुरू भएको छ । एकता युवा क्लवकाे आयाेजजामा स्थानीय फुटबल महाेत्सव २०७८ शुरू भएकाे अायोजकले...

मोटरसाईकल दुर्घटनामा युवा संघ बेलौरीका नेता शाहीको मृत्यु

लाल बहादुर एस के मोटरसाईकल दुर्घटनामा परि एमाले निकट युवा संघ बेलौरीका नेताको मृत्यु भएको छ । शुक्रबार महेन्द्रनगरमा राष्ट्रिय युवा संघको कार्यक्रम सहभागि भएर घर...

समाजवादीको बेलडाँडीमा भेला ः सगठन विस्तार गर्ने तयारी

विकास सिह महता एमाले फुटेर बनेको नयाँ पार्टी नेकपा एकिकृत समाजवादी पार्टीले कञ्चनपुरको बेलडाँडीमा भेला गरेको छ । शुक्रबार समाजवादीले बेलडाँडीमा नेता कार्यकर्ता भेला गरेको हो...
5,613LikesLike
14FollowersFollow