Thursday, December 2, 2021
गृहपृष्ठ भाषा संस्कृति तिजको शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता सम्पन्न ,भट्ट र खड्का प्रथम

तिजको शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता सम्पन्न ,भट्ट र खड्का प्रथम

महेन्द्रनगर ,

कञ्चनपुरमा सहयात्रा नेपालले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा दर विशेष शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता आयोजना गरेको छ ।No description available.

सोमबार महेन्द्रनगरको नाईन ईलेभन होटेलमा सहयात्रा नेपालको आयोजनामा सम्पन्न भएको शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता-२०७८ मा महिला समूह र एलजिविपिटीआई क्यूू समुदायविच भएको छुट्टाछुट्टै समुहमा महिला समूहको तर्फबाट बिमला भट्ट प्रथम र आरती सुनार ले द्धितिय स्थान हासिल गरेका थिए । भने एलजिविपिटीआई क्यूू समुदायको तर्फबाट प्रथम जेसिका खड्का र द्धितिय केशव डगौरा भएका हुन।No description available.No description available.

तिज विशेष दर खाने तथा शुभकामना आदानप्रदान साथै नृत्य प्रतियोगिताको समापन गर्दै नजिकिदै गरेको हिन्दु महिला दिदिबहिनी हरुको महान पर्व हरितालिका तिजमा एलजिबिटिआई क्यू समुदायका सम्पुर्ण तेसोलिङ्गी महिला लाई पछिल्लो समयमा समाजमा हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको हुँदा आगामी दिनमा पनि अझै परिवर्तन आउने छ र हाम्रो समुदायले पाउनु पर्ने हक अधिकारको बारेमा पनि स्थानीय ,प्रदेश र केन्द्रिय सरकारको ध्यानाकर्षण होस् सहयात्रा नेपालकी अध्यक्ष अनिषा धमलाले भन्नु भयो। साथै उनले नजिकिँदै गरेको जित पर्वको सम्पुर्ण महिला दिदिबहिनी लाई शुभकामना समेत दिनु भयो।No description available.

विजेता उपविजेता लाई सहयात्रा नेपालका अध्यक्ष अनिषा धमला लगायतका निर्णयक मण्डल भिष्म देव भट्ट, अरुणा सुवेदीले गिप्टहेम्बर समेत प्रदान गर्नु भयो । उक्त कार्यक्रममा विभन्न संघसंस्थाका महिला दिदिबहिनीहरु लगायतको उपस्थित रहेका थिए ।No description available.No description available.

ताजा समाचार

बेलडाँडी माओवादीको प्रथम पालिका सम्मेलन शुरु

बेलडाँडी, नेकपा माओवादी केन्द्र बेलडाँडीको आज प्रथम पालिका सम्मेलन शुरु भएको छ । पुर्व खानेपानी मन्त्री तथा यस क्षेत्रकी सांसद विना मगरको प्रमुख आतिथ्यमा सम्मेलन...

सस्तियो सरिया, घर बनाउने लागत घट्यो

दसैंपछि फलामे डन्डीको भाउ एकाएक बढाएका उद्योगले अहिले भने घटाएका छन् । अन्तर्राष्ट्रिय बजारमा बिलेट र कोइलाको मूल्य घटेपछि फलामे डन्डीको मूल्य पनि घटेको...

माओवादीकाे प्रथम नगर अधिबेशन सम्पन्न,पुनर्वासमा धाेखे रानाले नेतृत्व गर्दै

जुद्ध चाैधरी/पुनर्वास, नेकपा माअाेवादी पुनर्वास नगर समितिकाे प्रथम नगर अधिबेशन मँगलवार सम्पन्न भएकाे छ । अधिबेशन बाट धाेखे राना अध्यक्षमा सर्वसम्मत चयन भएका छन । अधिबेशनकाे...

बेलडाँडी समाजवादी पार्टीको शुक्रवार प्रथम भेला हुने

बेलडाँडी, नेकपा एमालेबाट विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को शुक्रवार प्रथम गाउँ भेला हुने भएको छ । पार्टी नयाँ गठन भए लगत्तै कमिटी गठन...
5,613LikesLike
14FollowersFollow