Friday, October 8, 2021
गृहपृष्ठ अन्य यस्तो पीडा किन देख्दैनन प्रधानमन्त्री देउवाले

यस्तो पीडा किन देख्दैनन प्रधानमन्त्री देउवाले

महेन्द्रनगर,
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पाँचौ पटक प्रधानमन्त्री नयाँ रेडर्क बनाएका छन् । प्रधानमन्त्री देउवासित उनको गृह जिल्लाका स्थानीयलाई उपचारका लागि खेप्नु परेको सास्तीसित जोडेर आलोचना गर्न थालिएको छ ।

डडेल्धुराको भित्री मधेस क्षेत्रमा उपचारका लागि विरामीलाई स्ट्रेचरमा बोकेर लगि रहेको दृष्य फेसबुकमा राखेर प्रधानमन्त्री देउवामाथि व्यङ्ग्य गरिएको छ ।

केशव बहादुर साउँदले फेसबुकमा तस्बिर राखेर देउवाँ पाँच पटक प्रधानमन्त्री भए पनि जनताको जीवन स्तरमा सुधार नआएको गुनासो गरेका छन् । उनको फेसबुककमा आलिताल गाउँपालिका ६ दोबाटाकी एक महिलालाई उपचारका लागि बुडर लैजान लागेको तस्बिर राखिएको छ ।       

‘यो तस्बिर चार पटक प्रधानमन्त्री भैसकेका र पाचौं पटक प्रधानमन्त्रीको कुर्सीमा विराजमान शेर बहादुर देउबा ज्युको गृह जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ०६ दोबाटाको हो’ उनले फेसबुकमा भनेका छन्, ‘जनताले आफ्नो जनप्रतिनिधिलाई देशकै मुख्य मान्छे प्रधानमन्त्रीजस्तो पदमा बसेको एक पटक होइन पटकपटक देखे तर आम जनताको जिवनस्तरमा कहिल्यै सुधार आएन ।’

प्रधानमन्त्री देउवा डडेल्धुराबाट २०४८ देखि निरन्तर चुनाव जित्दै आएका छन् । साउँदले भनेका छन्,‘जनताको नाम भजाएर राजनीति गर्दै पटक पटक सत्तामा पुग्ने तर आम जनताले शिक्षा, स्वास्थ्य, बिजुली, बाटोघाटो, सञ्चार जस्ता आधारभूत आवश्यकताबाट टाढा राख्ने कहिलेसम्म प्रधानमन्त्रीज्यू, यो पीडा कहिले बुझ्ने ? यो ठाउँमा बस्ने जनतालाई न त पानीको सुबिधा छ न त बाटोघाटो नै राम्रो छ । न त यातायात संचालन हुन सक्ने अवस्था छ । यहाँ बिरामी हुदा ४/५ घन्टा काधमा बोकेर बुडर सम्म पुर्याउने पर्ने अवस्था छ । तिमीहरु जनताको सेवा गर्ने भनेर सत्तामा पुग्यौ तर आम नागरिकका दुख पीडा कहिल्यै देखेनौ है ?

ताजा समाचार

जसपा कञ्चनपुरको अध्यक्षमा धानुक

कञ्चनपुर, जनता समाजवादी पार्टी कञ्चनपुरको अध्यक्षमा प्रेम बहादुर धानुक चयन भएका छन । शुक्रबार कञ्चनपुरको बेलौरीमा सम्पन्न भएको जसपा जिल्ला भेलाले धानुकलाई अध्यक्षमा चयन गरेको...

बेलडाँडीमा फुटबल महोत्सव शुरू

बेलडाँडी, कञ्चनपुरकाे बेलडाँडी गाउँपालिकामा दशै तथा दिपावलीकाे अवसर पारी फुटबल महोत्सव शुरू भएको छ । एकता युवा क्लवकाे आयाेजजामा स्थानीय फुटबल महाेत्सव २०७८ शुरू भएकाे अायोजकले...

मोटरसाईकल दुर्घटनामा युवा संघ बेलौरीका नेता शाहीको मृत्यु

लाल बहादुर एस के मोटरसाईकल दुर्घटनामा परि एमाले निकट युवा संघ बेलौरीका नेताको मृत्यु भएको छ । शुक्रबार महेन्द्रनगरमा राष्ट्रिय युवा संघको कार्यक्रम सहभागि भएर घर...

समाजवादीको बेलडाँडीमा भेला ः सगठन विस्तार गर्ने तयारी

विकास सिह महता एमाले फुटेर बनेको नयाँ पार्टी नेकपा एकिकृत समाजवादी पार्टीले कञ्चनपुरको बेलडाँडीमा भेला गरेको छ । शुक्रबार समाजवादीले बेलडाँडीमा नेता कार्यकर्ता भेला गरेको हो...
5,613LikesLike
14FollowersFollow