Saturday, October 9, 2021
गृहपृष्ठ अन्य गैर कानुनी महेन्द्रनगर नगर विकास समितिको जमिन बेचबिखन प्रकरण ः बल्ल थाल्यो...

गैर कानुनी महेन्द्रनगर नगर विकास समितिको जमिन बेचबिखन प्रकरण ः बल्ल थाल्यो अख्तियारले छानबिन

कञ्चनपुर,
गैर कानुनी रुपमा महेन्द्रनगर नगर विकास समितिको जमिन बेचबिखन प्रकरणमा बल्ल अख्तियारले छानबिन थालेको छ । अख्तियार कञ्चनपुर आएको झण्डै ६ बर्षपछि अख्तियारको टोलीले नगर विकास समितिको जमिन बेचबिखन प्रकरणमा छानबिन शुरु गरेको हो । अख्तियारमा बषौँ देखि नगर विकास समितिको जमिन बिरुद्धमा उजुरी गर्दै आएको थियो । नगर विकास समितिकै जमिन जमिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बनेपछि अख्तियारलाई भ्रष्टाचार छानबिन गर्न नैतिक संकट परेको थियो । नागरिक स्तरबाट नगर विकास समितिको जमिनमा घोटाला भएको बुलन्द आवाज उठिरहेकै बेला अख्तियारले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमै जमिन प्रकरणमा छानबिनको साटो उसैबाट जमिन लिएपछि केही समय कोरोना सहितले रोकिएको प्रकरणमा फेरी अख्यितारले चासो दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका उपसचिव ओमप्रकाश बराल नेतृत्वको टोलीले नगर विकासको जमिनको घोटाला छानबिन गरिरहेको छ ।
साविक महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा विभिन्न समयमा अनियमित ढंगले बिक्रिवितरण गरिएको, प्रचलित कानून मिचेर जग्गा लिजमा दिइएको लगायतका उजुरी माथि छानबिन गर्न केन्द्रीय कार्यालयको टोली कञ्चनपुर पुगेको हो । अख्तियार दुुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीलेविभिन्न समयमा परेका उजुुरीमाथि विस्तृत अनुसन्धान गर्न उपसचिव बरालको नेतृत्वमा चार सदस्यीय टोली महेन्द्रनगर पुुगेको बताए । उनका अनुसार टोलीले आईतबार स्थलगत रुपमै छानबिन गरिरहेको छ ।
टोलीले साविक महेन्द्रनगर नगर विकास समितिसँग सम्बन्धित विभिन्न समयमा परेका उजुरी समायोजन गर्दै एकमुष्ट विस्तृत माअनुसन्धान गर्नेछ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट प्रारम्भीक छानबिनपछि कैफियत देखिएकोले विभिन्न समयमा परेका उजुरी समायोजन भएर विस्तृत अनुसन्धान मागएक ाथिए,’ सूचनाअधिकारी जोशीले भने, ‘तीउजुरीमाथि छानबिन गर्नकै लागिउ पसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयले टोली खटाएको छ । त्यसमा हाम्रो कार्यालयका तर्फबाट पनि कर्मचारी खटिएका छन ।’ सूचना अधिकारी जोशीका अनुसार संयुक्त टोलीले छानबिनको काम गरिरहेको छ ।
उक्त टोलीले भीमदत्तनगर विकास समितिसँग छानबिनका लागि आवश्यक पर्ने कागज पत्र मागेको सूचना अधिकारी जोशीले बताए छ । मालापोत तथा नापी कार्यालयसँग समेत नगर विकास समितिको स्वामित्वमा रहेको जग्गासँग सम्बन्धिको विवरण माग गरेको छ ।
०३५ सालदेखि हालसम्मविभिन्न राजनीतिकदलमा आवद्ध व्यक्ति अध्यक्ष भएका बखतप्रचलित ऐन, कानूनको उल्लङ्घन गरेर आफूखुसीजग्गाबिक्रि गरिएकोभन्दै छानबिन गरेर दोषीलाई कारवाहीको मागगर्दै अख्तियार दुरुपयोग अनुसन्धानआयोग माउजुरी परेको थियो ।
नगर विकास समितिले प्रक्रिया मिचेर आफ्नो स्वामित्वमा रहेको महेन्द्रनगर बजार क्षेत्रको तीन बिघा लिज र पाँच बिघा जग्गाभाडामा दिएको दाबीसहित कारवाही गर्न मागगर्दै अर्को उजुरी पनि अख्तियारमा परेको छ । यो प्रकरणसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा पनि विचाराधिन छ । अहिले नगर विकास समितिको स्वामित्वमा ६६ बिघा जग्गामात्रबाँकी रहेको छ । सोहीमध्येबाट तीन बिघा लिज र पाँच बिघा जग्गामा भाडामा दिइएको छ ।
भाडामा दिएको क्षेत्रमा कच्ची संरचना बनाउनुपर्ने सम्झौताविपरीत सम्बन्धीतव्यक्तिले पक्की संरचनाबनाउदा समेत नगर विकास समिति मौन बसेको भन्दै यसअघि विरोध समेत भएको थियो । डोजरको प्रयोग गरेर केही संरचनाभत्का एपनि पछि अहिले पनिपक्की संरचनाबनाउने काम रोकिएको छैन । ठूला राजनीतिक दलकानेता, जग्गाका माफिया र कर्मचारीहरुको समेत मिलेमतोमा नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा जथाभावी बिक्रिवितरणदेखि लिज प्रकरणभएको आरोप लाग्ने गरेको छ ।
०३५ साल जेठ २० मा गठन भएको तत्कालीन महेन्द्रनगर नगर विकास समिति ०७६ सालमा विघटन भई अहिले फेरी भीमदत्तनगर पालिका मातहत राखिएको छ । कुल ६ सय ३८ बिघा छ कठ्ठा ८ धुर जग्गा नगर विकास समितिको स्वामित्वमा रहेकोमा विभिन्न समयमा पाँच सय ७२ बिघा जग्गाबिक्रि गरिएको छ । नगर विकास समितिको घोटाला बिरुद्धमा पटक पटक आन्दोलन भए जस्तो आन्दोलन भए त्यस्तै सेलाउन थालेसंगै भूमि माफियातन्त्र चलिरहेको छ ।

ताजा समाचार

जसपा कञ्चनपुरको अध्यक्षमा धानुक

कञ्चनपुर, जनता समाजवादी पार्टी कञ्चनपुरको अध्यक्षमा प्रेम बहादुर धानुक चयन भएका छन । शुक्रबार कञ्चनपुरको बेलौरीमा सम्पन्न भएको जसपा जिल्ला भेलाले धानुकलाई अध्यक्षमा चयन गरेको...

बेलडाँडीमा फुटबल महोत्सव शुरू

बेलडाँडी, कञ्चनपुरकाे बेलडाँडी गाउँपालिकामा दशै तथा दिपावलीकाे अवसर पारी फुटबल महोत्सव शुरू भएको छ । एकता युवा क्लवकाे आयाेजजामा स्थानीय फुटबल महाेत्सव २०७८ शुरू भएकाे अायोजकले...

मोटरसाईकल दुर्घटनामा युवा संघ बेलौरीका नेता शाहीको मृत्यु

लाल बहादुर एस के मोटरसाईकल दुर्घटनामा परि एमाले निकट युवा संघ बेलौरीका नेताको मृत्यु भएको छ । शुक्रबार महेन्द्रनगरमा राष्ट्रिय युवा संघको कार्यक्रम सहभागि भएर घर...

समाजवादीको बेलडाँडीमा भेला ः सगठन विस्तार गर्ने तयारी

विकास सिह महता एमाले फुटेर बनेको नयाँ पार्टी नेकपा एकिकृत समाजवादी पार्टीले कञ्चनपुरको बेलडाँडीमा भेला गरेको छ । शुक्रबार समाजवादीले बेलडाँडीमा नेता कार्यकर्ता भेला गरेको हो...
5,613LikesLike
14FollowersFollow