Friday, December 3, 2021
गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार दार्चुला घटनामा भारतीय एसएसबीको संलग्नता रहेको छानबिन समितिको ठहर

दार्चुला घटनामा भारतीय एसएसबीको संलग्नता रहेको छानबिन समितिको ठहर

काठमाडौं

दार्चुला घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर भएको छ । गृह मन्त्रालयले जयसिंह धामी महाकालीको तुइनबाट खसेर भएको घटनाबारे छानबिन गर्न बनाएको समितिले भारतीय एसएसबीको घटनामा संलग्नता रहेको ठहर गरेको हो । समितिले हिजो गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।

छानबिन समितिले प्रतिवेदन बुझाएपछि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समितिले उक्त घटना भारतीय एसएबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’

​महाकाली नदी तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काएको स्थानीयले बताउँदै आएका थिए भने समितिले पनि भारतीय पक्षको संलग्नता ठहर गरेको हो ।

 ब्यास गाउँपालिका–२ का धामी बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको थियो । गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले स्थलगत अनुगमन, पीडित परिवारसँग भेटघाट र प्रत्यक्षदर्शीसँग कुरा गरेर घटना छानबिन गरेको थियो ।
छानबिन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए ।

साउन १७ मा गठन गरिएको समितिलाई सुरुमा १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउने समय दिइएको थियो । पछि प्रतिवेदन बुझाउने समय थप गरिएको थियो । तुइनबाट भारत हुँदै आफ्नो घर जान लाग्दा खसेर बेपत्ता ब्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको अवस्था अझै अज्ञात छ । ’ स्थानीयले मालघाटमा एसएसबीले तुइन फुस्काउँदा धामी बेपत्ता भएको बताए पनि भारतीय पक्षले भने दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सो घटनामा एसएसबीको संलग्नता नभएको जिकिर गरेको थियो ।

ताजा समाचार

समाजवादी बेलौरीको अध्यक्षमा कठायत

लाल बहादुर एसके, नेकपा एकिकृत समाजवादी बेलौरीको अध्यक्षमा चक्र कठायत चयन भएका छन । बिहीबार समाजवादी बेलौरीको प्रथम नगर सम्मेलदनबाट अध्यक्षमा कठायत भएका हुन ।...

शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भट्ट

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टिकेन्द्र राज भट्टलाई जिम्मेबारी पाईएको छ । सोही नगरकै शिक्षा शाखा प्रमुख रहेका भट्टलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी...

माओवादी केन्द्रको अध्यक्षमा शाह

बिकाश सिंह महता/कञ्चनपुर , नेकपा माओवादी केन्द्र बेलडाँडिको अध्यक्षमा डम्मर बहादुर शाह चयन भएका छन् । बिहिवार माओवादी केन्द्र बेलडाँडिको प्रथम गाउँपालिका अधिवेशन बाट शाहको अध्यक्षतामा...

बेलडाँडी माओवादीको प्रथम पालिका सम्मेलन शुरु

बेलडाँडी, नेकपा माओवादी केन्द्र बेलडाँडीको आज प्रथम पालिका सम्मेलन शुरु भएको छ । पुर्व खानेपानी मन्त्री तथा यस क्षेत्रकी सांसद विना मगरको प्रमुख आतिथ्यमा सम्मेलन...
5,613LikesLike
14FollowersFollow