Sunday, October 10, 2021
गृहपृष्ठ अन्य बेलडाँडी गाउँपालिका साक्षर घोषणा, जिल्लाकै दोस्रो साक्षर पालिका बन्न सफल

बेलडाँडी गाउँपालिका साक्षर घोषणा, जिल्लाकै दोस्रो साक्षर पालिका बन्न सफल

बेलडाँडी,

कञ्चनपुरको बेलडाँडी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिए संगै जिल्लाकै दोस्रो साक्षर गाउँपालिका बन्न सफल भएको छ ।

नेपाल सरकारको स्वीकृत “साक्षर नेपाल कार्यक्रम” अन्तर्गत १५ वर्ष देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दर बेलडाँडी गाउँपालिकामा ९६.९३ प्रतिशत पुगेकोले साक्षर गाउँपालिका घोषणा गरिएको बेलडाँडी गाउँपालिले जनाएको छ ।


बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टका अनसुसार नेपाल सरकारले जारि गरेको मापदण्डहरू सूचकमा राष्ट्रभाषा वा मातृभाषाका वर्णका अक्षरको पढाइ र लेखाइ गर्न सक्ने, राष्ट्रभाषा वा मातृभाषामा लेखिएको मूल्य सूचि र बिलको पढाइ, आफ्ना परिवारका सदस्यहरूको नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न जान्ने, शून्यदेखि नौ सम्मका अङ्कका अक्षर लेखाइ, १ देखि १ सय सम्म सङ्ख्या गणना, लेनदेनको हिसाब राख्ने लगायतका सूचक पूरा गरेकाले पालिकालाई साक्षर घोषणा गरिएको बताए ।


बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको सभापतित्वमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङको प्रमुख अातिथ्यमा सो कार्यक्रम घोषणा भएको हो ।

प्रमुख तामाङले कञ्चनपुर जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने बेलडाँडी गाउँपालिका दोस्रो पालिका भएको बताए । उहाँका अनुसार यसअघि लालझाडी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिसकिएको जानकारी गराउँदै कञ्चनपुरका अन्य सात वटा स्थानीय तहहरूले समेत साक्षर घोषणाका लागि मापदण्ड पूरा गरेपछि कञ्चनपुर जिल्लालाई नै साक्षर जिल्ला घोषणा गरिने बताउनु भयो ।

बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्कीले स्वागत मन्तव्य राख्दै साक्षर गाउँपालिका घोषणा गरेसँगै त्यसको निरन्तर सुनिश्चितताका लागि गाउँपालिकालाई जिम्मेवारी थपिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बेलडाँडी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भानुभक्त जोशीले प्रतिवेदन पेस गर्नु भएको थियो । साक्षर गाउँपालिका घोषणा कार्यक्रमको औपचारिक समारोहलाई महेश सिंह खत्रीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नेकपा (एमाले) बेलडाँडीका अध्यक्ष लक्ष्मण सिंह भाट, नेपाली काँग्रेस बेलडाँडीका सभापति हर्क देव जोशी, शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका शाखा अधिकृत रूपराम तिरुवा साक्षर अभियानमा ठूलो योगदान पुर्याउने मुनाफा रहित संस्था कञ्चन सामुदाियक विकास केन्द्र, मुनाफा मुखी रिट नेपाल, अलस्टार युवा क्लब लगायत जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

ताजा समाचार

घरमै सुतेकै अवस्थामा एक युवकको मृत्यु

एक हप्ता अघि बैदेशिक राेजगारीबाट घर फर्किएका बेलडाँडी गाउपालिकाका वडा नम्बर- १ का जनक राज भट्टकाे सुतेकाे अवस्थामा मृत फेला परेका छन् । २२ गते...

मन्त्री आलेले भने- जहाज घाममा सुकाएर पैसा आउँदैन, उडाउनु पर्‍यो

‘प्रधानमन्त्रीसग सुदूरपश्चिममा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा भएको छ’ 'मन्त्रीको अघिपछि लागेर मीठा कुरा नगर्नु' काठमाडौँ — तीन वर्षअघि वाइडबडी विमान खरिदमा लेखा समितिबाट सर्वाधिक आलोचना गर्नेमध्येका...

जसपा कञ्चनपुरको अध्यक्षमा धानुक

कञ्चनपुर, जनता समाजवादी पार्टी कञ्चनपुरको अध्यक्षमा प्रेम बहादुर धानुक चयन भएका छन । शुक्रबार कञ्चनपुरको बेलौरीमा सम्पन्न भएको जसपा जिल्ला भेलाले धानुकलाई अध्यक्षमा चयन गरेको...

बेलडाँडीमा फुटबल महोत्सव शुरू

बेलडाँडी, कञ्चनपुरकाे बेलडाँडी गाउँपालिकामा दशै तथा दिपावलीकाे अवसर पारी फुटबल महोत्सव शुरू भएको छ । एकता युवा क्लवकाे आयाेजजामा स्थानीय फुटबल महाेत्सव २०७८ शुरू भएकाे अायोजकले...
5,613LikesLike
14FollowersFollow