Thursday, December 2, 2021
गृहपृष्ठ जिवनशैली भाइरल रोडमा भिड हुन थाले पछि प्रशासन कार्यालयद्धारा घुम्नमा रोक

भाइरल रोडमा भिड हुन थाले पछि प्रशासन कार्यालयद्धारा घुम्नमा रोक

कञ्चनपुर,

भाइरल रोडका नामले चर्चामा आएको कञ्चनपुरको महाकाली नदी छेउको रोडमा घुम्न रोक लगाइएको छ ।

महाकाली नदीमा निर्माणाधिन मोटेरेबल पुललाई जोड्ने पहुँच मार्गका रुपमा रहेको ६ लेनको पक्की सडकमा भीडभाड बढेपछि जिल्ला प्रशासन कार्यालयले घुम्नमा रोक लगाउने निर्णय गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले रोडमा बढ्दो भीडभाडका कारण कोरोना भाइरसको सक्रमणको जोखिम बढेको, सडक निर्माणाधिन अवस्थामै भएकाले भीड व्यवस्थापन गर्न समस्या भएको, झै झगडा हुने जस्ता कारणले आइतबारदेखि सो सडकमा घुम्न रोक लगाउने निर्णय भएको बताए ।

भीमदत्त नगरपालिका ६ ओदालीमा रहेको यो रोडमा टीकटक बनाउने र फोटो खिच्ने मानिसहरुको दैनिक भीड लाग्ने गरेको छ । कैलाली र कञ्चनपुर सहितका अन्य विभिन्न जिल्लाबाट यहाँ मानिसहरु आइपुग्छन्। शुक्रबार र शनिबार अन्य दिनको तुलनामा भीड बढि लाग्ने गरेको छ ।

ताजा समाचार

बेलडाँडी माओवादीको प्रथम पालिका सम्मेलन शुरु

बेलडाँडी, नेकपा माओवादी केन्द्र बेलडाँडीको आज प्रथम पालिका सम्मेलन शुरु भएको छ । पुर्व खानेपानी मन्त्री तथा यस क्षेत्रकी सांसद विना मगरको प्रमुख आतिथ्यमा सम्मेलन...

सस्तियो सरिया, घर बनाउने लागत घट्यो

दसैंपछि फलामे डन्डीको भाउ एकाएक बढाएका उद्योगले अहिले भने घटाएका छन् । अन्तर्राष्ट्रिय बजारमा बिलेट र कोइलाको मूल्य घटेपछि फलामे डन्डीको मूल्य पनि घटेको...

माओवादीकाे प्रथम नगर अधिबेशन सम्पन्न,पुनर्वासमा धाेखे रानाले नेतृत्व गर्दै

जुद्ध चाैधरी/पुनर्वास, नेकपा माअाेवादी पुनर्वास नगर समितिकाे प्रथम नगर अधिबेशन मँगलवार सम्पन्न भएकाे छ । अधिबेशन बाट धाेखे राना अध्यक्षमा सर्वसम्मत चयन भएका छन । अधिबेशनकाे...

बेलडाँडी समाजवादी पार्टीको शुक्रवार प्रथम भेला हुने

बेलडाँडी, नेकपा एमालेबाट विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को शुक्रवार प्रथम गाउँ भेला हुने भएको छ । पार्टी नयाँ गठन भए लगत्तै कमिटी गठन...
5,613LikesLike
14FollowersFollow