Friday, December 3, 2021
गृहपृष्ठ जिवनशैली अनलाईन हाजिरीजवाफ प्रतियोगितामा ईन्टरनेशनलका विद्यार्थी विष्टको टिम तृतीय

अनलाईन हाजिरीजवाफ प्रतियोगितामा ईन्टरनेशनलका विद्यार्थी विष्टको टिम तृतीय

कञ्चनपुर,
राष्ट्रव्यापी स्तरिय नेपाल स्कुल मेला अनलाईन हाजिरीजवाफ प्रतियोगितामा कञ्चनपुर महेन्द्रनगर ईन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थीको टिम तृतीय भएको छ ।
ईन्टरनेशनल पब्लिक स्कुलमा अध्ययनरत
कक्षा १० मा अध्ययनरत छात्र मोहित विष्ट नेतृत्वको टिम नेपाल स्कुल मेला अनलाईन हाजिरीजवाफ प्रतियोगितामा तृतीय भएको हो । पुल्चोक ईन्जिनियररिङ्ग कलेजले आयोजना गरेको राष्ट्रव्यापी स्तरिय नेपाल स्कुल मेला अनलाईन हाजिरीजवाफ प्रतियोगितामामा मोहित विष्ट नेतृत्वको टिम तृतीय भएको विद्यालयले जनाएको छ । ईन्टरनेशनल पब्लिक स्कुलका प्रिन्सिपल राजेन्द्र भट्टले मोहित नेतृत्वको टिममा विद्यालयकै कक्षा १०मा अध्ययनरत छात्र अविशेष धामी, दिवस धामीको टिम तृतीय भएको बताए । उनका अनुसार प्रतियोगिता विजेता टिमलाई आयोजकले प्रति सहभागि ती हजारका साथै प्रमाण पत्र दिएकोछ ।
तीनै जना विद्यार्थीका अभिभावकले विद्यार्थीको मेहनत, विद्यालयको प्रयासबाट विद्यार्थीले सफलता प्राप्त भएको बताएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौराज बहादुर लिम्बुले लगनशिल विद्यार्थी, सचेत अभिभावक, शिक्षणप्रेसामा सर्मपित शिक्षक गुरुको मेहनत र विद्यालय व्यवस्थापन समितिको कुसल नेतृत्वले विद्यार्थीले सफलता प्राप्त गरेको बताए । कोरोना महामारीका बेलामा समेत विद्यार्थी, अभिभावक, शिक्षकको मेहनतका कारण विद्यालयको गरिमा बढाएकोप्रति आभार प्रकट गरे । विद्यालयले थुप्रै समाजिक कार्यमा सफलता प्राप्त गरेको अध्यक्ष लिम्बुले बताए ।

ताजा समाचार

समाजवादी बेलौरीको अध्यक्षमा कठायत

लाल बहादुर एसके, नेकपा एकिकृत समाजवादी बेलौरीको अध्यक्षमा चक्र कठायत चयन भएका छन । बिहीबार समाजवादी बेलौरीको प्रथम नगर सम्मेलदनबाट अध्यक्षमा कठायत भएका हुन ।...

शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भट्ट

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टिकेन्द्र राज भट्टलाई जिम्मेबारी पाईएको छ । सोही नगरकै शिक्षा शाखा प्रमुख रहेका भट्टलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी...

माओवादी केन्द्रको अध्यक्षमा शाह

बिकाश सिंह महता/कञ्चनपुर , नेकपा माओवादी केन्द्र बेलडाँडिको अध्यक्षमा डम्मर बहादुर शाह चयन भएका छन् । बिहिवार माओवादी केन्द्र बेलडाँडिको प्रथम गाउँपालिका अधिवेशन बाट शाहको अध्यक्षतामा...

बेलडाँडी माओवादीको प्रथम पालिका सम्मेलन शुरु

बेलडाँडी, नेकपा माओवादी केन्द्र बेलडाँडीको आज प्रथम पालिका सम्मेलन शुरु भएको छ । पुर्व खानेपानी मन्त्री तथा यस क्षेत्रकी सांसद विना मगरको प्रमुख आतिथ्यमा सम्मेलन...
5,613LikesLike
14FollowersFollow