Thursday, December 2, 2021
गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार तुइन घटना छानबिन गर्न गएको टोली भारतीय सुरक्षाकर्मीका साथ घटना स्थल पुगेपछि मालघाटमा...

तुइन घटना छानबिन गर्न गएको टोली भारतीय सुरक्षाकर्मीका साथ घटना स्थल पुगेपछि मालघाटमा नाराबाजी

दार्चुला,
 साउन १५ गते जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न मालघाट पुगेको टोलीविरुद्ध स्थानीय र नेकपा विप्लव समूहले नाराबाजी गरेका छन्।

भारतको बाटो भएर भारतीय सुरक्षाकर्मीहरूका साथ घटनास्थल पुगेको भन्दै स्थानीय र विप्लव समूहले महाकाली नदी किनारबाट नाराबाजी गरेको अखिल क्रान्तिकारी विद्यार्थी युनियन दार्चुलाका अध्यक्ष भुवन जोशीले बताए।

भारतीय पक्षले घटना लुकाउने प्रयास गरिरहेका बेला नेपाली छानविन टोली भारतको बाटो भएर उनकै सुरक्षा लिएर गएको भन्दै नाराबाजी गरिएको उनले बताए।  ‘नेपाल र नेपालीको सुरक्षा गर्न नसक्ने सरकार राजीनामा दे, नेपाल र नेपाली माथिको हिंसा बन्द गर’ लगायतका नारा लगाएको अध्यक्ष जोशीले बताए।

अध्यक्ष जोशी लगायत विप्लवका नेता कार्यकर्ताको टोली दार्चुला सदरमुकामबाट मंगलबार घटनास्थलतर्फ गएको थियो।

व्याँस गाउँपालिका–२ मालघाटका ३३ वर्षीय जयसिंह धामी सदरमुकाम आउने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए। भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार काटि दिएपछि घटना घटेको समाचार आएसँगै घटनाबारे अध्ययन गर्न छानबिन समिति दार्चुला पुगेको हो।

ताजा समाचार

बेलडाँडी माओवादीको प्रथम पालिका सम्मेलन शुरु

बेलडाँडी, नेकपा माओवादी केन्द्र बेलडाँडीको आज प्रथम पालिका सम्मेलन शुरु भएको छ । पुर्व खानेपानी मन्त्री तथा यस क्षेत्रकी सांसद विना मगरको प्रमुख आतिथ्यमा सम्मेलन...

सस्तियो सरिया, घर बनाउने लागत घट्यो

दसैंपछि फलामे डन्डीको भाउ एकाएक बढाएका उद्योगले अहिले भने घटाएका छन् । अन्तर्राष्ट्रिय बजारमा बिलेट र कोइलाको मूल्य घटेपछि फलामे डन्डीको मूल्य पनि घटेको...

माओवादीकाे प्रथम नगर अधिबेशन सम्पन्न,पुनर्वासमा धाेखे रानाले नेतृत्व गर्दै

जुद्ध चाैधरी/पुनर्वास, नेकपा माअाेवादी पुनर्वास नगर समितिकाे प्रथम नगर अधिबेशन मँगलवार सम्पन्न भएकाे छ । अधिबेशन बाट धाेखे राना अध्यक्षमा सर्वसम्मत चयन भएका छन । अधिबेशनकाे...

बेलडाँडी समाजवादी पार्टीको शुक्रवार प्रथम भेला हुने

बेलडाँडी, नेकपा एमालेबाट विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को शुक्रवार प्रथम गाउँ भेला हुने भएको छ । पार्टी नयाँ गठन भए लगत्तै कमिटी गठन...
5,613LikesLike
14FollowersFollow