Saturday, October 9, 2021
गृहपृष्ठ अन्य कोरोनाको तेश्रो लहरको तयारी सम्बन्धि सरोकार वाला निकाय संग छलफल

कोरोनाको तेश्रो लहरको तयारी सम्बन्धि सरोकार वाला निकाय संग छलफल

  • 32
    Shares

विकास महता/कञ्चनपुर,

आर्थिक बर्ष शुरुवात संगै कोरोनाको तेश्रो लहरको तयारी सम्बन्धि सामाजिक बिकास मन्त्रीको सरोकार वाला निकाय संग बैठक सम्पन्न

सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रलायले माननीय मन्त्री लाल बहादुर खड्काको अगुवाइमा नयाँ आर्थिक बर्षको सुरुवातकै पहिलो दिनमा आगामी दिनमा कोरोना रोगको तेश्रो लहरको तयारी सम्बन्धि सरोकारवाला निकाय संग छलफल संगै बैठक सम्पन्न भएको छ।

कोरोना रोगको पहिलो लहर र दोश्रो लहरमा सुदूरपश्चिम प्रदेशमा गरिएको तयारी, सम्पादन गरिका क्रियाकलाप, सामना गर्नु परेका समस्या र चुनौती तथा समाधानका लागि गरिएका प्रयास हरुको समिक्षा गरिएको छ।

विश्व स्वास्थ्य संगठन लगायत जनस्वास्थ्य बिज्ञहरुले अब तेश्रो लहर आउने र उक्त तेश्रो लहरमा बालबालिकाहरु बढी प्रभावित हुने भनि विश्व स्वास्थ्य संगठन लगायत जनस्वास्थ्य बिज्ञहरुले आकलन गरिरहेका र खुला सिमानाका भएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि तयारी थाल्नु पर्ने हुँदा मन्त्रालयले सरोकार वाला निकाय, स्थानीय तहका प्रमुख, प्रशासन प्रमुख, सुरक्षा निकाय प्रमुख सहितको उपस्थितिमा बैठकको आयोजना गरिएको हो।
भबिष्यमा कोरोना रोग नियन्त्रणका लागि एकीकृत प्रयास गर्न सफल कसरी हुने र प्रभावकारी नियन्त्रण गर्न सकिने मुख्य उद्देश्य सहित बैठक आयोजना गरिएको सामाजिक विकास मन्त्रालयका स्वकीय सचीव भुवन बडुवाल जानकारी दिनु भयो। उनका अनुसार कोरोना भाइरस नियन्त्रणका लागि अल्पकालीन तथा दीर्घकालीन कार्य योजना बनाइरहेको हुनाले उक्त योजनामा आजको बैठकमा प्रस्तुत गरिएका सुझाव सहित समेटिने कुरा समेत निर्णय भएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय धनगढीले आयोजना गरेको उक्त बैठकमा सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, सामाजिक विकास राज्य मन्त्री मना कुमारी साउँद, धनगढी उप महानगर पालिकाका नगरप्रमुख नृप बहादुर ओड, गोदावारी नगरपालिकाका नगरप्रमुख हरि साउद, भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र बिष्ट र पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवन राज थापाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा मुख्यमन्त्रि तथा मन्त्रिपरिषद कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिव सहित कैलाली र कंचनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको पनि उपस्थिति थियो ।

सुरक्षा निकायका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरीक्षक, नेपाली सेनाका अधिकारी, सशस्त्र प्रहरीका बाहिनी प्रमुख सहित कैलाली र कंचनपुरका नेपाल प्रहरी र शसस्त्र प्रहरी प्रमुख सहितको उपस्थिति रहेको थियो ।

  • 32
    Shares

ताजा समाचार

मन्त्री आलेले भने- जहाज घाममा सुकाएर पैसा आउँदैन, उडाउनु पर्‍यो

‘प्रधानमन्त्रीसग सुदूरपश्चिममा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा भएको छ’ 'मन्त्रीको अघिपछि लागेर मीठा कुरा नगर्नु' काठमाडौँ — तीन वर्षअघि वाइडबडी विमान खरिदमा लेखा समितिबाट सर्वाधिक आलोचना गर्नेमध्येका...

जसपा कञ्चनपुरको अध्यक्षमा धानुक

कञ्चनपुर, जनता समाजवादी पार्टी कञ्चनपुरको अध्यक्षमा प्रेम बहादुर धानुक चयन भएका छन । शुक्रबार कञ्चनपुरको बेलौरीमा सम्पन्न भएको जसपा जिल्ला भेलाले धानुकलाई अध्यक्षमा चयन गरेको...

बेलडाँडीमा फुटबल महोत्सव शुरू

बेलडाँडी, कञ्चनपुरकाे बेलडाँडी गाउँपालिकामा दशै तथा दिपावलीकाे अवसर पारी फुटबल महोत्सव शुरू भएको छ । एकता युवा क्लवकाे आयाेजजामा स्थानीय फुटबल महाेत्सव २०७८ शुरू भएकाे अायोजकले...

मोटरसाईकल दुर्घटनामा युवा संघ बेलौरीका नेता शाहीको मृत्यु

लाल बहादुर एस के मोटरसाईकल दुर्घटनामा परि एमाले निकट युवा संघ बेलौरीका नेताको मृत्यु भएको छ । शुक्रबार महेन्द्रनगरमा राष्ट्रिय युवा संघको कार्यक्रम सहभागि भएर घर...
5,613LikesLike
14FollowersFollow