Wednesday, September 8, 2021
गृहपृष्ठ अन्य ओली पक्ष युवाहरुले गरेको शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप, केहि युवाहरु घाइते

ओली पक्ष युवाहरुले गरेको शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप, केहि युवाहरु घाइते

कञ्चनपुर,
सर्वोच्च अदालतले गरेको परमादेशको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको महेन्द्रनगरमा बिरोध प्रदर्शन कार्यक्रममा प्रहरीको हस्ताक्षेप गरेको ओली समुहका युवाहरुले आरोप लगाएका छन् ।

हिजो सर्वोच्च अदालतले आफ्नो अधिकार क्षेत्र नाघेर जनादेशको अपमानगर्दै परमादेशबाट प्रधानमन्त्री नियुक्त गरेको विरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु कंचनपुरले संयुक्त रुपमा गरेको शान्तिपुर्ण आन्दोलनमा प्रहरीद्धारा हस्तक्षेप भई लाठी चार्ज भएको छ ।

प्रहरीको हस्ताक्षेपका कारण अनेरास्ववियु कञ्चनपुरका केन्द्रिय सदस्य कमल रोकाया र राष्ट्रिय युवा संघ नेपाल कंचनपुरका सचिबालय सदस्य रबिन नाथ घाइते भएका छन् ।

कंचनपुर जिल्लामा ओली समुहका युवाहरुले अदालत भित्र विदेशी मतियारहरु र चोलेन्द्र प्रवृत्तिका विरुद्ध पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरी आफुहरु माथी आक्रमण शुरु गरेको अनेरास्ववियु केन्द्रिय सदस्य बिक्रम थापाले जानकारी गराउनु भयो । वहाँका अनुसार अदालतले असम्बैधानिक कदम चालेको प्रति घोर आपती प्रकट गर्दै शान्तिपुर्ण आन्दोलन थालिएको थियो ।

ताजा समाचार

युवा नेता गज बहादुर विष्ट काँग्रेस बेलडाँडीको गाँउ सभापतिको दौडमा

बेलडाँडी, काँग्रेसका युवा नेता गज बहादुर विष्ट नेपाली काँग्रेस बेलडाँडी गाँउ सभापतिको आँकाक्षी देखिएका छन । काँग्रेस बेलडाँडी गाँउ समितिको सचिव समेत रहेका विष्टले सभापतिको...

क्षमता अभिवृद्धिका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

विकास सिह महता/कञ्चनपुर  महेन्द्रनगरमा गैरसरकारी संस्थाहरुलाई पैरवी छमता अभिवृद्दि गर्नका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । युएसआइडी साझेदारी परियोजनाको कोभिड–१९ विरुद्ध स्थानिय तहको...

कञ्चनपुरका निजामती दिवस ः बेदकोट चुरे तटिय क्षेत्रमा बृक्षारोपण

कञ्चनपुर, कञ्चनपुरमा समेत निजामती दिवस मनाईएको छ । मंगलबार कञ्चनपुरमा पनि निजामती दिवस मनाएको हो । दिवसका अवसरमा बेदकोट नगरपालिका चुरे तटिय क्षेत्रमा बृक्षारोपण गरिएको...

जिसस सदस्य राना सहित लालझाडी एमालेबाट निर्वाचित पुरै सदस्य समाजवादीमा

लालझाडी, जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य डिठ्ठा राना सहित एमालेबाट लालझाडी गाँउपालिकामा चुनाव जितेका पुरै जनप्रतिनिधीले नेकपा एकिकृत समाजवादी पार्टी राजेका छन । एमाले लालझाडी गाँउपालिकाबाट...
5,613LikesLike
14FollowersFollow