Wednesday, July 14, 2021
गृहपृष्ठ जिवनशैली पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनको माग, आन्दोलनको चेतावनी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनको माग, आन्दोलनको चेतावनी

काठमाडौं,

पाँच विद्यार्थी सङ्गठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ । लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्था भएकाले नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) ले निगमलाई ज्ञापनपत्र बुझाएको हो ।

 

ज्ञापन पत्रमा मूल्यवृद्धिको तत्काल खारेजीसहित सात बुँदे माग अघि सारिएको छ । जसमा नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा हाल्ने प्रवृत्ति बन्द गर्न, पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको करको दायरा घटाइ जनतालाई सहुलियत दरमा उपलब्ध गराउन, खर्च हुन नसकेका अनुचित शीर्षकमा थप रकम जम्मा गर्दै नागरिकमा थप व्ययभार लगाउने काम बन्द गर्न, निगमको अनावश्यक खर्च कटौती गरी मूल्यवृद्धि नियन्त्रण गर्न र विद्यार्थीलाई परिचयपत्रको आधारमा सहुलियत दरमा एलपी ग्यास उपलब्ध गराउन माग गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नलिए संयुक्त विद्यार्थी सङ्गठनले कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

ताजा समाचार

ओली पक्ष युवाहरुले गरेको शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप, केहि युवाहरु घाइते

कञ्चनपुर, सर्वोच्च अदालतले गरेको परमादेशको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको महेन्द्रनगरमा बिरोध प्रदर्शन कार्यक्रममा प्रहरीको हस्ताक्षेप गरेको ओली समुहका युवाहरुले आरोप लगाएका छन्...

नयाँ प्रमुख जिल्ला अधिकारीलाई पाण्डेय समाजद्धारा स्वागत

कञ्चनपुर, कञ्चनपुरका नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा आउनुभएका राम प्रसाद पाण्डेयलाई जिल्लामा स्वागत गरिएको छ । आज मंगलवार नेपाल पाण्डेय समाज सुदूरपश्चिम प्रदेश समितिले उहाँकै कार्यकक्षमा...

संसद पुर्नस्थापनाको खुसियालीमा बेलडाँडी वाइसियलद्धारा दिपप्रज्वलन

बेलडाँडी, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेसंगै हिजो सर्वोच्च आदालतले पूर्नस्थापना गरेको खुसीयालीमा आज बेलडाँडी वाईसियलले दिप...

संसद पूर्नस्थापना भएपछि कञ्चनपुरमा दिपावली

विकास महता, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेसंगै सर्वोच्चले आदालतले पूर्नस्थापना गरेको छ । प्रधानमन्त्री र राष्ट्रपति...
5,613LikesLike
14FollowersFollow