Tuesday, July 13, 2021
गृहपृष्ठ जिवनशैली खल्लामछेट्टीका युवकको हत्या

खल्लामछेट्टीका युवकको हत्या

विकास सिह महता/कञ्चनपुर,
कञ्चनपुरमा एक युवकको हत्या भएको छ । भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका ३२ बर्षिया गणेश बोहराको हत्या भएको हो । स्थानीयका अनुसार बोहरा र प्रकास पाल विच गयराती कुटपिट भएको थियो ।
कुटपिटबाट घाईते भएका बोहराको उपचारका लागि महाकाली अस्पतालमा मृत्यु भएको हो । सोमबार बोहरालाई उपचारका लागि बिहान अस्पताल ल्याउने क्रममा अस्पालले मृत्य घोषणा गरेसंगै पीडित परिवार स्थानीयले बोहराको हत्या भएको बताएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले रातीको समयमा झगडा हुँदा घाईते भएका बोहरालाई उपचारका लागि अस्पताल पु¥याउँदा मृत्यु भएको बताए । उनका अनुसार घटनाबारे सोधपुछका लागि प्रकास पाललाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ । ‘प्रारम्भिक रुपमा मदिराका कारण एक आपसमा विवाद भएको देखिन्छ, ‘उनले भने, ‘घटना बारे थप बुझिरहेका छौँ ।’

तर मृतक परिवार आफन्तहरुले बोहराको हत्या भएकाले पाल सहित थप घटनामा संलग्नलाई कार्बाहीको माग अघि सारेका छन । बोहराको शव महाकाली अस्पतालमा राखिएको छ । लकडाउन खुकुलोसंगै कञ्चनपुरमा मदिराका पसल, होटल खुलेसंगै एक आपसमा झै झगडा वाद विवाद कुटपिट जस्ता घटनाले मानिसको ज्यान लिएको छ । स्थानीय प्रशासनले साँझ ६बजेसम्म मात्रै पसल खुला राखेपनि मदिराका पसल रातभरी खुलेर होहल्ला, हुलहुज्जल मदिराको तालमा अमाजिक व्यवहार भईरहेका छन ।

ताजा समाचार

संसद पूर्नस्थापना भएपछि कञ्चनपुरमा दिपावली

विकास महता, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेसंगै सर्वोच्चले आदालतले पूर्नस्थापना गरेको छ । प्रधानमन्त्री र राष्ट्रपति...

आइएसकेयु अन्तर्राष्ट्रिय भर्चुअल कातामा नेपाललाई ४ स्वर्ण

विकास महता/कञ्चनपुर, विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ कोरोना भाइरसले पछिल्लो समय खेलकुद जगत समेत प्रभावित बन्दै जादा नयाँ प्रविधिको माध्यम संग जोडिदै नेपालले अन्तर्राष्ट्रिय...

महाकाली नदीको रोयल्टी विवाद ः आदालतमा

कञ्चनपुर, महाकाली नदीको रोयल्टी संकलन विवाद आदालतमा पुगेको छ । चालु आर्थिक बर्ष २०७७/०७८ मा भवानी कस्ष्ट्रक्सन प्रालिले महाकाली नदीको रोयल्टी संकलनको जिम्मा पाएको थियो...

भारतीय चोरडाँका समुहले लुटेका भैसी फेला परे

बेलडाँडी, भारतीय चोरडाँका लुटेरा समुहले नेपाली किसानका चर्न गएका भैसी लुटेपछि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सकृयतामा भैसी फेला परेका हुन् । शुक्रबार कञ्चनपुरको बेलडाँडी...
5,613LikesLike
14FollowersFollow