Wednesday, July 14, 2021
गृहपृष्ठ जिवनशैली शिक्षक पाण्डेयको एकल प्रयासमा कृष्ण माविको रिजल्ट अनलाईनमा

शिक्षक पाण्डेयको एकल प्रयासमा कृष्ण माविको रिजल्ट अनलाईनमा

  • 420
    Shares

कञ्चनपुर,
सरकारले सामुदायिक विद्यालयको स्तरबृद्धिका साथै प्रविधिमा जोड्ने योजना कागज र नारामा सीमित भईरहेका बेला कञ्चनपुरका एक सामुदायिक विद्यालयका शिक्षकले विद्यालयको रिजल्ट अनलाईमा राखेका छन ।
कोरोना महामारीका कारण गत बैशाखदेखि देशभरीका विद्यालय बन्द छन । कतिपय विद्यालयले रिजल्ट प्रकासित समेत गर्न सकेका छैनन । तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारी स्थित कृष्ण माध्यामिक विद्यालयले रिजल्ट अनलाईमा राखेको छ । सो काम विद्यालयको नभई विद्यालयका कार्यरत शिक्षक राजेन्द्र प्रशाद पाण्डेको एकल प्रयासबाट विद्यालयको रिजल्ट अनलाईन पोटलमा राखिएको हो । विद्यार्थीले आफ्नो रिजल्ट सिधै घरबाटै बसेर समेत पुरै हेर्न सकिने छ ।
विज्ञानका विद्यार्थी समेत रहेका शिक्षक पाण्डेयले आफ्नो सिजनात्मक खोजमुलक कलाको प्रयोग गर्दै ब्लक बनाएर कक्षा ८ र १० बाहेकको कक्षाको रिजल्ट अनलाईमा राखेका छन । कक्षा, १, २, ३, ४, ५, ६, ७ र ९ को रिजल्ट मात्र होईन हरेक विद्यार्थीको मार्गसिट ग्रेट राखिएको छ । विद्यार्थी, अभिभावकले आफ्ना र सन्तानको ग्रेटसिट सहितको रिजल्ट हेर्नका लागि विद्यालय जानु नपर्ने अवस्था बनाईरहेका छन ।
नजिता हेर्नका लागि नेट जडान भएको कम्प्युटर, एन्ड्रोईन मोबाईलमा गएर जततउकस्ररउबलमभथचबवभलमचबज्ञघ।दयिनकउयत।अयm लगईन गरेर हेर्न सकिनेछ । कृष्ण माध्यामिक विद्यालयका शिक्षक पाण्डेयले आफ्नो प्रयासमा विद्यालयको साथ सर्मथन रहेको बताए । ‘म विज्ञानको विद्यार्थी हु, ‘उनले भने, ‘महामारीका कारण विद्यालय बन्द भएको छ, विद्यार्थीलाई घरबाटै रिजल्ट हेर्न सहजताका लागि एकल प्रयासबाट ब्लक बनाएको हुँ ।’ सबै कक्षाका रहेक विद्यार्थीको रिजल्ट राखिएको छ । समयसापेक्षा अनुरुप सिकाई समेत प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाई छ । उनले नेपाल अधिराज्यमा माध्यामिक तहका विद्यालयले यसरी रिजल्ट अनलाईनमा राखेको पहिलो भएको दावि गरेका छन । शिक्षक पाण्डेयको एकल प्रयासबाट गरिएको सो कार्यले सामुदायिक विद्यालयमा शिक्षक अब्बल भएको एक दरिलो उदाहरण हो । शिक्षक पाण्डेयले गरेको खोजमुखक एव प्रविधिमैत्री काममा अन्य शिक्षकहरुले समेत स्वागत गरेका छन । नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव समेत रहेका राहत शिक्षक केन्द्रीय समितिका सहअध्यक्ष नविन सिह धामीले सरकारी विद्यालयमा अब्बल शिक्षक रहेको बताउदै शिक्षक र सामुदायिक विद्यालयमाथि राज्यको लगानी न्यून भएको बताए । ‘लगानी छ, अनुत्पादन काममा छ, ‘उनले भने, ‘समयको माग र आवश्यकता अनुरुप लगानी छैन ।’ सरकारले सामुदायिक विद्यालयको गुणस्तरबृद्धिका लागि समेत थप पहल गर्नुपर्ने राहत शिक्षक केन्द्रीय समितिका सहअध्यक्ष धामीले सुझाव दिए । शिक्षक पाण्डेयको एकल प्रयासबाट मात्रै विद्यार्थीलाई ठूलो राहत भएको उनको भनाईछ ।

  • 420
    Shares

ताजा समाचार

ईन्धनको मुल्य बृद्धि बिरुद्धमा कञ्चनपुरका पेट्रोल पम्प बन्द

कञ्चनपुर, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको बिरोधमा पाँच विद्यार्थी संगठनले केन्द्रमा बृद्धि गरिएको मुल्य फिर्ताको माग अघि सारेको आन्दोलन गरिरहेका बेला कञ्चनपुरमा...

ओली पक्ष युवाहरुले गरेको शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप, केहि युवाहरु घाइते

कञ्चनपुर, सर्वोच्च अदालतले गरेको परमादेशको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको महेन्द्रनगरमा बिरोध प्रदर्शन कार्यक्रममा प्रहरीको हस्ताक्षेप गरेको ओली समुहका युवाहरुले आरोप लगाएका छन्...

नयाँ प्रमुख जिल्ला अधिकारीलाई पाण्डेय समाजद्धारा स्वागत

कञ्चनपुर, कञ्चनपुरका नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा आउनुभएका राम प्रसाद पाण्डेयलाई जिल्लामा स्वागत गरिएको छ । आज मंगलवार नेपाल पाण्डेय समाज सुदूरपश्चिम प्रदेश समितिले उहाँकै कार्यकक्षमा...

संसद पुर्नस्थापनाको खुसियालीमा बेलडाँडी वाइसियलद्धारा दिपप्रज्वलन

बेलडाँडी, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेसंगै हिजो सर्वोच्च आदालतले पूर्नस्थापना गरेको खुसीयालीमा आज बेलडाँडी वाईसियलले दिप...
5,613LikesLike
14FollowersFollow