Thursday, July 15, 2021
गृहपृष्ठ बिज्ञान प्रविधि भीमदत्त नगरको आगामी बर्षको नीति, कार्यक्रम तथा बजेट पारित नगरपालिकाको एकिकृत दिगो...

भीमदत्त नगरको आगामी बर्षको नीति, कार्यक्रम तथा बजेट पारित नगरपालिकाको एकिकृत दिगो विकास र सम्बृद्धिका दर्जनौँ योजना

कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । बिहीबारदेखि शुरु भएको नगरपालिकाको ९ औँ नगर सभा शनिबार सम्पन्न भएको थियो । नगर सभामा उप प्रमुख शुशिला चन्द सिहले प्रस्तुत गरेको बजेट र प्रमुख सुरेन्द्र विष्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको नगरका प्रवक्ता हिमाल चन्दले बताए । प्रवक्ता चन्दका अनुसार भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्षमा १ अर्ब, ५९ करोड, ३६ लाख, ७६ हजार बराबरको बजेट ल्याएको छ । प्रवक्ता चन्दका अनुसार बजेटसंगै नगरपालिकाले विभिन्न विधेयक समेत पारित गरेको छ । भीमदत्त नगरपालिकाको विनियोजित विधेयक ०६८, स्थानीय कर शुक्ला संकलन गर्न छुट दिन तथा आय संकलनको प्रशासनिक व्यवस्थापन विधेयक, न्यायिक समितिको कार्यविधी, शहरी योजना आयोग गठन सहितका विधेयक पारित भएका छन ।

आगामी बर्ष भीमदत्त नगरपालिकाले एकिकृत नगरको सम्बृद्धि एव विकासका लागि भन्दै सचार माध्यमबा लागि समेत अनुदानका कार्यक्रम ल्याएको छ । भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले भीमदत्तले यस वर्ष २५ वर्षे गुरु योजनाका आधारमा नीति, कार्यक्रम र बजेट ल्याएको बताए । नगरपालिकाले गत वर्ष रणनीतिक गुरु योजना बनाएको बताए । बजेटमा कोेरोना महामारी नियन्त्रण, रोकथाम सहित शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।

नगर प्रमुख विष्टले कोभिड १९ महामारी नियन्त्रण रोकथाम सहित स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याएको बताए । नगरपालिकाले कोरोना महामारीलाई मध्यनजर गरी कोभिड संवेदनशिल सेवा प्रवाह गर्ने, मेरो नगर म बनाउँछु भन्ने नारा सहित स्वच्छ र हरियाली सहर बनाउन, प्रदेश र संघ सरकारीसित साझेदारी गर्ने, प्राविधिक शिक्षा विस्तार र भूमिहिन सुकुम्बासी समस्या समाधानलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नगर क्षेत्रका शिक्षण संस्थाहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि एक वडा एक नमूना विद्यालयको नीति लिइएको छ । आगामी वर्ष पूर्ण साक्षर नगर घोषणा गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि सामुदायिक अध्ययन केन्द्र, स्वयम् सेवक र विद्यार्थी परिचालन गर्ने कार्यक्रम आएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयसित साझेदारीलाई निरन्तरता, सार्वजनिक पुस्तकालय सञ्चालन, युवाको जाँगर, समृद्ध नगर कार्यक्रम सञ्चालन, महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि नीति र पूर्वाधार बनाउने, सामुदायिक विद्यालयमा हरित विद्यालय कार्यक्रम प्रवद्र्धन गर्ने लगायतका कार्यक्रम कार्यक्रम समावेश गरिएका छन् ।

आगामी वर्ष म स्वस्थ मेरो नगर स्वस्थ, निरोगी भीमदत्त, निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमलाई आगमी वर्ष पनि निरन्तरता दिइएको छ । सुनौलो हजार दिन कार्यक्रमलाई निरन्तरता दिएर प्रसूती सेवा विस्तार गर्ने नीति लिएको छ । आगामी वर्ष सार्वजनिक स्थानमा नगर योग केन्द्र सञ्चालन गर्ने योजना छ । दुई सय विपन्न परिवारका लागि स्वास्थ्य बीमा गर्न बजेटको व्यवस्था गरिएको छ । भीमदत्तले महाकाली अस्पताललाई पिसिआर मेसिन सञ्चालनमा सहयोगलाई निरन्तरता दिएको छ । सीमा नाकामा होल्डिङ्ग सेन्टर र हेल्थ डेस्कको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आगामी वर्षका लागि महिलाहरुका लागि सहेली नारी उत्थान कार्यक्रम, सुरक्षित नारी, समृद्ध नारी, एक वडा एक पर्यटन गन्तव्य, भरोसा कृषि प्रवद्र्धन कार्यक्रम, एक वडा एक उत्पादन लगायतका कार्यक्रम पनि बजेटमा समावेश गरिएका छन् । सहकारी क्षेत्र बलियो बनाउन एक सहकारी एक वस्तु उत्पादनको नीति लिइएको छ । मेयर उद्यमशिलता विकास कार्यक्रमलाई आगामी वर्ष निरन्तरता दिइएको छ ।

चालु आर्थिक वर्षमा नेपाल बैंक लिमिटेडसंग साझेदारी गरी यो कार्यक्रम सञ्चालन गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम र गरीबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमले निरन्तरता पाएका छन् । नगरपालिका क्षेत्रका वन क्षेत्रलाई आय आर्जनसंग जोड्न एक वडा एक उद्यम कार्यक्रम सञ्चालन गरिने भएको छ । यसैगरी एक वडा एक उद्यान कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । फोहोरबाट मोहर र मेरो सहर म आफैं सफा गर्छु अभियान सञ्चालनका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगरपालिकाले दिशाजन्य लेदो व्यवस्थापन केन्द्र निर्माण गर्ने लक्ष्य लिएको छ ।

स्थानीय तह निर्वाचनपछि सुरु गरिएको उज्यालो भीमदत्त कार्यक्रमलाई निरन्तरता दिइएको छ । नगर विपद् आपतकालिन कार्य सञ्चालन केन्द्र समेत सञ्चालन गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाले किसानलाई सिँचाई सुविधाका लागि सोलार सिँचाई, थोपा सिँचाई, लिफ्ट सिँचाई प्रणाली विस्तार गर्ने योजना ल्याएको छ । महाकाली नदीको ब्रह्मदेब घाटमा स्नान घाट निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम आएको छ । जैविक धार्मिक पर्यटकीय मार्ग कालोपत्रे, बाह्य र भित्री चक्रपथ निर्माण कार्यलाई आगामी वर्ष निरन्तरता दिइएको छ । नगर यातायात गुरु योजनाको प्रभावकारी कार्यान्वयन, स्थानीय सडक र चोकको नामाकरणलाई पूर्णता, सडक सुरक्षा अभियान सञ्चालन लगायतका कार्यक्रम पनि आगामी वर्षका लागि समावेश गरिएका छन् । नगरपालिकाले आगामी वर्ष सबै वडा कार्यालयका भवन निर्माण कार्य पूरा गर्ने लक्ष्य लिएको छ । यसैगरी सिटी हल सञ्चालनका लागि पहल गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ । भीमदत्तलाई स्मार्ट सिटीका रुपमा विकास गर्न संघीय सरकारको सहकार्यमा कार्यक्रम सञ्चालन हुने भएका छन् । सरकारले चालु वर्षमा भीमदत्तलाई स्मार्ट सिटी निर्माणका लागि छनौट गरी बजेट सुनिश्चितता गरेको छ । नगरपालिकाले अघि सारेका योजना कार्यान्वयन हुने प्रतिबद्धता जाहेर गरिएको छ ।

ताजा समाचार

बेलडाँडीमा खैरो हिरोईन सहित २ जना पक्राउ

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा २ जना खैरो हिरोईन सहित पक्राउ परेका छन् । बेलडाँडी गाउँपालिका वडा नं २ चवन्नी खल्ला क्षेत्रबाट बेदकोट नगरपालिका वडा...

आदालमा पुगेको महाकाली नदीको रोयल्टी विवाद ः पुल निर्माण कम्पनीले माग गरे बमोजिम अन्तरिम आदेश दिएन

कञ्चनपुर, महाकाली नदीको रोयल्टी संकलन विवाद आदालतमा पुगेको छ । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको कुमार/सिएफईसी जेभीले २४ असारमा उच्च आदालत...

ईन्धनको मुल्य बृद्धि बिरुद्धमा कञ्चनपुरका पेट्रोल पम्प बन्द

कञ्चनपुर, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको बिरोधमा पाँच विद्यार्थी संगठनले केन्द्रमा बृद्धि गरिएको मुल्य फिर्ताको माग अघि सारेको आन्दोलन गरिरहेका बेला कञ्चनपुरमा...

ओली पक्ष युवाहरुले गरेको शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप, केहि युवाहरु घाइते

कञ्चनपुर, सर्वोच्च अदालतले गरेको परमादेशको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको महेन्द्रनगरमा बिरोध प्रदर्शन कार्यक्रममा प्रहरीको हस्ताक्षेप गरेको ओली समुहका युवाहरुले आरोप लगाएका छन्...
5,613LikesLike
14FollowersFollow