Wednesday, July 14, 2021
गृहपृष्ठ आर्थिक कञ्चनपुरका स्थानीय सरकारले ल्याए बजेट स्वास्थ्य प्राथमिकता सहित पालिका सम्बृद्धिका योजना

कञ्चनपुरका स्थानीय सरकारले ल्याए बजेट स्वास्थ्य प्राथमिकता सहित पालिका सम्बृद्धिका योजना

कञ्चनपुरका स्थानीय तहले आगामी बर्ष ०७८÷०७९ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएका छन । जिल्लाका दुई गाँउपालिका सहित सात नगरपालिका (स्थानीय सरकार)ले आगामी आर्थिकको योजना ल्याएका हुन । बुधबार शुक्लाफाँटा र दोधाराचाँदनी नगरपालिले नीति कार्यक्रम तथा बजेट ल्याएका थिए ।
बिहीबार बेलडाँडी, लालझाडी गाउँपालिका, बेलौरी, पूनर्वास, कृष्णपुर, बेदकोट र भीमदत्त नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट ल्याएका हुन । जिल्लाका सबै स्थानीय सरकारले आगामी बर्षमा कोरोना रोकथाम एव नियन्त्रणका लागि स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकतामा राखेको छ । स्वास्थ्यका लागि कृषि, शिक्षा, लघु उद्यम, स्वरोजगार, पूर्वाधार विकास, उद्यम लगायतका विगतका योजनालाई समेत निरन्तरता दिदै आ–आफ्नो पालिका सम्बृद्धिको योजना अघि सारेका छन ।
दोधाराचाँदनी नगरपालिकाले ६२ करोड १५ लाख बराबरको बजेट ल्याएको छ । बुधबार सातौँ नगर सभामा उप प्रमुख चिनी गिरीको आगामी बर्षको बजेट र नगर प्रमुख बीर बहादुर सुनारले नीति, तथा कार्यक्रम प्रस्तुत गरेको नगर प्रवक्ता दिल बहादुर सिजालीले बताए । उनका अनुसार आगामी बर्षमा छोरी बचाउन कार्यक्रम अन्र्तरगत छोरी जन्मिने वित्तिकै नगद ३ हजार दिईनेछ । ‘छोराछोरी समानताका लागि हामीले यो योजना ल्याएका हौँ, ‘उनले भने, ‘अब दोधारामा कुनैपनि समुदायमा छोरी जन्मिए ३ हजार प्रोत्साहन दिन्छौँ ।’ नगर प्रमुख सुनारले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम अन्र्तरगत स्वास्थ्य शिक्षा, पूर्वाधार तटबन्धका कार्यक्रम ल्याईएका छन ।
शुक्लाफाँटा नगरपालिकाले समेत ७१ करोड ७० लाख बराबरको बजेट ल्याएको छ । बुधबार सातौँ नगर सभाबाट उप प्रमुख तुलसी हमालले बजेट र प्रमुख दिल बहादुर ऐरले नीति तथा कार्यक्रम प्रस्तुत गरेको नगर प्रवक्ता जगत बहादुर सिहले बताए । उनका अनुसार कोरोना महामारी रोकथाम एव नियन्त्रणका लागि आगामि आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए । प्रवक्ता सिहले स्वास्थय संगै नगरको एकिकृत दिगो विकास र सम्बृद्धिका लागि शिक्षा, पूर्वाधार, पर्यटन वन, उद्योग, कृषिका योजना अघि सारिएका छन ।
कृष्णपुर नगरपालिकाले आगामी आर्थिक बर्षमा ९२ करोड ५० लाखको बजेट ल्याएको छ । नगर सभामा उप प्रमुख रमिता राना बडायकले बजेट र प्रमुख कर्ण हमालले नीति तथा कार्यक्रम प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत शिवसिह भण्डारीले बताए । नगर प्रमुख हमालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, पूर्वाधार, खेलकुद, समाजिक सुरक्षा, कृषि पर्यटन उद्योग लगायत क्षेत्रका योजना अघि सारिएका छन ।
बेलडाँडी गाँउपालिकाको आगामी आर्थिक बर्ष २०७८÷०६९को नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । बिहीबार बेलडाँडी गाँउपालिकाको ९औँ गाँउ सभाबाट अनुमानित ३८ करोड ९१ लाख बजेट, नीति तथा कार्यक्रम पारित भएका हुन । बेलडाँडी गाँउपालिका लेखा समिति संयोजक शकर दत्त भट्टले आगामी बर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएकै दिन पारित भएको बताए ।
उनका अनुसार गाउँपालिकाले आगामी बर्षमा स्वाथ्य, शिक्षा, कृषि, किसानलाई लालपुर्जा दिने, खानेपानी, भौतिक पूर्वाधार, सीमा सुरक्षा एव रोजगारीका कार्यक्रम प्राथमिकतामा राखेर पारित गरिएका छ । कोरोना रोकथाम एव कृषिमा आधुनिकीकरण, भूमिहिन नागरिकलाई लालपुर्जा वितरणका नयाँ योजना रहेका छन । बजेट प्रस्तुत गर्दै उप पमुख कमला कार्कीले गाउँपालिकाले ल्याएको बजेट कार्यान्वयनमा विश्वास व्यक्त गर्नुभयो । भने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाँउ प्रमुख धन बहादुर थापा क्षेत्रीले गाउँको एकिकृत दिगो विकास र सम्बृद्धिका योजना कार्यान्वयन हुने बताए । गाँउ सभामा जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट सहितका कर्मचारीको सहभागिता रहेको थियो । लालझाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ल्याएको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । बिहीबार ९ औँ गाँउ सभामा उपप्रमुख सत्यादेवी महराले प्रस्तुत गरेको ४७ करोड ५० लाख अनुमानित बजेट र गाउँ प्रमुख मदनसेन बडायकले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा योजना पारित भएका हुन । उपप्रमुख महरा र प्रमुख बडायकले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेट गाँउ सभा सदस्यले पारित गरेका
हुन ।
लालझाडी गाउँपालिका प्रमुख मदन सेन बडायकले आगामी आर्थिक बर्षका लागि मुख्य गरेर स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, तटबन्ध, स्वरोजगारमा प्राथमिकता दिएको बताए । ‘हामीले आगामी बर्षको नीति, कार्यक्रम तथा योजना पारित गरिसके, ‘गाउँ प्रमुख बडायकले भने, ‘तैपनि छलफलका लागि हामीले गाँउ सभा सदस्यलाई प्रतिवेदन दिएका छौँ, केही छुटपुट भए थप्छौँ ।’ बेलौरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ ।
बिहीबार सातौँ नगर सभामा नगर उप प्रमुख चित्र कुमार चौधरीले ८१ करोड ७० बजेट र प्रमुख पोतिलाल चौधरीले नीति, तथा कार्यक्रम प्रस्तुत गरेका छन ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर चौधरीले नगरको सम्बृद्धि एकिकृत दिगो विकासका लागि योजना अघि सारिएको बताए । मेयर चौधरीका अनुसार आगामी आर्थिक बर्ष स्वाथ्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यसका साथै कृषि, पर्यटन, पूर्वाधार विकास, सीमा, उद्योग, उद्यमी, वातावरण क्षेत्रलाई समेत प्राथमिता राखिएको छ । मेयर चौधरीले बेलौरी नगरपालिका कृषिका लागि थप योजना अघि सारेको बताए । स्थानीय, प्रदेश र संघ सरकारसंगको संयुक्त साझेदारीमा योजना कार्यान्वयन गरिने मेयरको प्रतिबद्धता थियो ।
नगर सभामा स्वास्थ्यकर्मी मान बहादुर चन्द र प्रशासकीय अधिकृत शुशिला लेखकलाई पुरस्कार सम्मान गरिएको छ । नगर सभामा प्रस्तुत गरिएको बजेट अध्ययनका लागि सभा सदस्यहरुलाई वितरण गरिएको छ । नगर सभा सदस्यले अध्यययन गरेर थप सुझाव सहित पारित गरिने बेलौरी नगरपालिकाले जनाएको छ ।
पूनर्वास नगरपालिकाले ६९ करोड २९ लाख बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष ०७९÷०७९ का लागि पूनर्वास नगरपालिकाले ६९ करोड २९ लाख बराबरको अनुमानित बजेट ल्याएको हो । बिहीबार पूनर्वासको ९ औँ नगर सभामा उप प्रमुख शारदा विष्टले बजेट र प्रमुख जिवनराज थापाले नीति, तथा कार्यक्रम प्रस्तुत गरेका थिए । पूनर्वासका नगर प्रमुख थापाले आगामी आर्थिक बर्ष लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको सम्बृद्धि दिगो विकासको लक्ष्य लिएका छन । स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन पूर्वाधार विकास, कृषि, उद्यमका योजना अघि सारिएका छन । सीमावर्ती नगरपालिका भएकाले सीमा क्षेत्रको सुरक्षा एव नगर सम्बृद्धिका लागि योजना अघि सारिएका छन । नगर प्रमुख थापाले आगामी बर्षका लागि ल्याएका योजना कार्यान्वयनमा जोडदिए । नगर सभामा पत्रकार हरिलाल जोशीलाई नगरको सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नगर सभामा सदस्यले उप प्रमुख विष्ट र प्रमुख थापाले प्रस्तुत गरेका नीति कार्यक्रम तथा बजेट अध्ययनका लागि समय मागेका छन । केही थपघट गरेर पारित गरिने पूनर्वास नगरपालिकाले जनाएको छ ।
बेदकोट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ८३ करोड ९२ लाख बढि बजेट ल्याएको छ । बिहीबार ९औँ नगर सभामा उप प्रमुख शुशिला सिहले बजेट तथा प्रमुख अशोक कुमार चन्दले नीति, कार्यक्रम प्रस्तुत गरेका थिए । नगर सभाले  प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उप प्रमुख सिहले प्रस्तुत गरेको बजेट पारित गरेको हो । बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले आगामी आर्थिक बर्षमा कोरोना महामारी जित्नका लागि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता राखिएको बताए ।
मेयर चन्दले यसका साथै नगरको सम्बृद्धिका लागि स्वास्थ्यका साथै शिक्षा, पूर्वाधार, उद्यम, रोजगार, पर्यटन लगायतको एकिकृत विकासका योजना ल्याएको बताए ।  नगर सभाले मुख्य प्राथमिकता शिक्षा , स्वास्थ र पुर्वाधारमा दिइएको छ। नगर अस्पताल निर्माण , कोल्ड स्टोर निर्माण , कालोपत्र सडक निर्माण , पर्यटन पुर्वाधार , सिचाइ बोरिङ्ग, नदि तटबन्द, बेदकोट र सुडा रेडक्रस भवन निर्माण , मेस वायरका योजना ल्याएको छ । यसका साथै प्रारम्भिक बाल शिक्षकहरुलाई बेदकोट नगरपालिकाले मासिक ७ हजार दिने र उपयुक्त बिद्यार्थी संख्या अनिवार्य तोकेको छ । संघ सरकारले बाल विकासका शिक्षकलाई केन्द्रबाट मासिक ८ हजार र पालिकाले ७ हजार थप्ने निर्णयलाई बेदकोट नगरपालिकाले अंगिकार गरेको छ । कोभिडले रोजगारी गुमाएकालाई कृषि र पशुपालनमा उधमी बनाउने कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ। यहाँ उधमी गर्न नचाहने भारतमा रोजगारीका लागि जानै पर्ने भए तथ्यांक संकलन गरेर बिमा गर्न बजेट विनियोजन गरिएको छ ।  जिल्ला सदरमुकाम रहेको एव कञ्चनपुरको पहिलो भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि एक अर्ब ५९ करोड रुपैँयाको बजेट ल्याएको छ । नवौ नगर सभा अधिवेशनमा नगर उप प्रमुख सुशिला चन्द सिहले आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेश गरेकी छन् । भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले भीमदत्तले यस वर्ष २५ वर्षे गुरु योजनाका आधारमा नीति, कार्यक्रम र बजेट ल्याएको हो । नगरपालिकाले गत वर्ष रणनीतिक गुरु योजना बनाएको बताए ।  बजेटमा कोेरोना महामारी नियन्त्रण, रोकथाम सहित शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको
छ । नगर प्रमुख विष्टले कोभिड १९ महामारी नियन्त्रण रोकथाम सहित स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याएको बताए ।
नगरपालिकाले कोरोना महामारीलाई मध्यनजर गरी कोभिड संवेदनशिल सेवा प्रवाह गर्ने, मेरो नगर म बनाउँछु भन्ने नारा सहित स्वच्छ र हरियाली सहर बनाउन, प्रदेश र संघ सरकारीसित साझेदारी गर्ने, प्राविधिक शिक्षा विस्तार र भूमिहिन सुकुम्बासी समस्या समाधानलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगर क्षेत्रका शिक्षण संस्थाहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि एक वडा एक नमूना विद्यालयको नीति लिइएको छ । आगामी वर्ष पूर्ण साक्षर नगर घोषणा गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि सामुदायिक अध्ययन केन्द्र, स्वयम् सेवक र विद्यार्थी परिचालन गर्ने कार्यक्रम आएको छ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयसित साझेदारीलाई निरन्तरता, सार्वजनिक पुस्तकालय सञ्चालन, युवाको जाँगर, समृद्ध नगर कार्यक्रम सञ्चालन, महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि नीति र पूर्वाधार बनाउने, सामुदायिक विद्यालयमा हरित विद्यालय कार्यक्रम प्रवद्र्धन गर्ने लगायतका कार्यक्रम कार्यक्रम समावेश गरिएका छन् । आगामी वर्ष म स्वस्थ मेरो नगर स्वस्थ, निरोगी भीमदत्त, निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमलाई आगमी वर्ष पनि निरन्तरता दिइएको छ । सुनौलो हजार दिन कार्यक्रमलाई निरन्तरता दिएर प्रसूती सेवा विस्तार गर्ने नीति लिएको छ ।
आगामी वर्ष सार्वजनिक स्थानमा नगर योग केन्द्र सञ्चालन गर्ने योजना छ । दुई सय विपन्न परिवारका लागि स्वास्थ्य बीमा गर्न बजेटको व्यवस्था गरिएको छ । भीमदत्तले महाकाली अस्पताललाई पिसिआर मेसिन सञ्चालनमा सहयोगलाई निरन्तरता दिएको
छ । सीमा नाकामा होल्डिङ्ग सेन्टर र हेल्थ डेस्कको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । आगामी वर्षका लागि महिलाहरुका लागि सहेली नारी उत्थान कार्यक्रम, सुरक्षित नारी, समृद्ध नारी, एक वडा एक पर्यटन गन्तव्य, भरोसा कृषि प्रवद्र्धन कार्यक्रम, एक वडा एक उत्पादन लगायतका कार्यक्रम पनि बजेटमा समावेश गरिएका छन् । सहकारी क्षेत्र बलियो बनाउन एक सहकारी एक वस्तु उत्पादनको नीति लिइएको छ । मेयर उद्यमशिलता विकास कार्यक्रमलाई आगामी वर्ष निरन्तरता दिइएको छ । चालु आर्थिक वर्षमा नेपाल बैंक लिमिटेडसंग साझेदारी गरी यो कार्यक्रम सञ्चालन गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम र गरीबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमले निरन्तरता पाएका छन् । नगरपालिका क्षेत्रका वन क्षेत्रलाई आय आर्जनसंग जोड्न एक वडा एक उद्यम कार्यक्रम सञ्चालन गरिने भएको
छ । यसैगरी एक वडा एक उद्यान कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।
फोहोरबाट मोहर र मेरो सहर म आफैं सफा गर्छु अभियान सञ्चालनका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगरपालिकाले दिशाजन्य लेदो व्यवस्थापन केन्द्र निर्माण गर्ने लक्ष्य लिएको छ । स्थानीय तह निर्वाचनपछि सुरु गरिएको उज्यालो भीमदत्त कार्यक्रमलाई निरन्तरता दिइएको छ । नगर विपद् आपतकालिन कार्य सञ्चालन केन्द्र समेत सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।
नगरपालिकाले किसानलाई सिँचाई सुविधाका लागि सोलार सिँचाई, थोपा सिँचाई, लिफ्ट सिँचाई प्रणाली विस्तार गर्ने योजना ल्याएको छ । महाकाली नदीको ब्रह्मदेब घाटमा स्नान घाट निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम आएको छ । जैविक धार्मिक पर्यटकीय मार्ग कालोपत्रे, बाह्य र भित्री चक्रपथ निर्माण कार्यलाई आगामी वर्ष निरन्तरता दिइएको छ । नगर यातायात गुरु योजनाको प्रभावकारी कार्यान्वयन, स्थानीय सडक र चोकको नामाकरणलाई पूर्णता, सडक सुरक्षा अभियान सञ्चालन लगायतका कार्यक्रम पनि आगामी वर्षका लागि समावेश गरिएका छन् ।
नगरपालिकाले आगामी वर्ष सबै वडा कार्यालयका भवन निर्माण कार्य पूरा गर्ने लक्ष्य लिएको छ । यसैगरी सिटी हल सञ्चालनका लागि पहल गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ । भीमदत्तलाई स्मार्ट सिटीका रुपमा विकास गर्न संघीय सरकारको सहकार्यमा कार्यक्रम सञ्चालन हुने भएका छन् । सरकारले चालु वर्षमा भीमदत्तलाई स्मार्ट सिटी निर्माणका लागि छनौट गरी बजेट सुनिश्चितता गरेको छ ।

ताजा समाचार

ओली पक्ष युवाहरुले गरेको शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप, केहि युवाहरु घाइते

कञ्चनपुर, सर्वोच्च अदालतले गरेको परमादेशको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको महेन्द्रनगरमा बिरोध प्रदर्शन कार्यक्रममा प्रहरीको हस्ताक्षेप गरेको ओली समुहका युवाहरुले आरोप लगाएका छन्...

नयाँ प्रमुख जिल्ला अधिकारीलाई पाण्डेय समाजद्धारा स्वागत

कञ्चनपुर, कञ्चनपुरका नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा आउनुभएका राम प्रसाद पाण्डेयलाई जिल्लामा स्वागत गरिएको छ । आज मंगलवार नेपाल पाण्डेय समाज सुदूरपश्चिम प्रदेश समितिले उहाँकै कार्यकक्षमा...

संसद पुर्नस्थापनाको खुसियालीमा बेलडाँडी वाइसियलद्धारा दिपप्रज्वलन

बेलडाँडी, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेसंगै हिजो सर्वोच्च आदालतले पूर्नस्थापना गरेको खुसीयालीमा आज बेलडाँडी वाईसियलले दिप...

संसद पूर्नस्थापना भएपछि कञ्चनपुरमा दिपावली

विकास महता, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेसंगै सर्वोच्चले आदालतले पूर्नस्थापना गरेको छ । प्रधानमन्त्री र राष्ट्रपति...
5,613LikesLike
14FollowersFollow