Friday, July 16, 2021
गृहपृष्ठ आर्थिक पूनर्वास नगरपालिकाको ६९ करोड २९ लाख बजेट

पूनर्वास नगरपालिकाको ६९ करोड २९ लाख बजेट

कञ्चनपुरको पूनर्वास नगरपालिकाले ६९ करोड २९ लाख बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष ०७९÷०७९ का लागि पूनर्वास नगरपालिकाले ६९ करोड २९ लाख बराबरको अनुमानित बजेट ल्याएको हो । बिहीबार पूनर्वासको ९औँ नगर सभामा उप प्रमुख शारदा विष्टले बजेट र प्रमुख जिवनराज थापाले नीति, तथा कार्यक्रम प्रस्तुत गरेका थिए । पूनर्वासका नगर प्रमुख थापाले आगामी आर्थिक बर्ष लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको सम्बृद्धि दिगो विकासको लक्ष्य लिएका छन ।

 

स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन पूर्वाधार विकास, कृषि, उद्यमका योजना अघि सारिएका छन । सीमावर्ती नगरपालिका भएकाले सीमा क्षेत्रको सुरक्षा एव नगर सम्बृद्धिका लागि योजना अघि सारिएका छन । नगर प्रमुख थापाले आगामी बर्षका लागि ल्याएका योजना कार्यान्वयनमा जोडदिए । नगर सभामा पत्रकार हरिलाल जोशीलाई नगरको सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नगर सभामा सदस्यले उप प्रमुख विष्ट र प्रमुख थापाले प्रस्तुत गरेका नीति कार्यक्रम तथा बजेट अध्ययनका लागि समय मागेका छन । केही थपघट गरेर पारित गरिने पूनर्वास नगरपालिकाले जनाएको छ ।

ताजा समाचार

सुदूरको ऐतिहासिक पहिचान झल्किने लिम्पिया मदिरा बजारमा

पहिलाद राना/कञ्चनपुर, ग्वालेक ग्रुपले लिम्पिया हुस्की नामक मदिरा बजारमा ल्याएको छ । सुदूरपश्चिमको ऐतिहासिक पहिचान झल्किने गरि लिम्पिया मदिरा बजारमा ल्याएको हो । कञ्चनपुरको अमृत डिस्टिलरी...

एस ब्यूर्टी टेनिङ्ग सेन्टरमा निःशुल्क एक दिने सेल्फ मेकअफ तालिम

भाष्कर केसी/कञ्चनपुर, कञ्चनपुरको महेन्द्रनगरमा रहेको एस ब्यूटि स्टुडियो एण्ड टेनिङ्ग सेन्टरले निःशुल्क सेल्फ मेकअफ तालिम संचालन गरेको छ । महिलाका लागि साउन विशेष कार्यक्रम भएकाले...

बेलडाँडीमा खैरो हिरोईन सहित २ जना पक्राउ

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा २ जना खैरो हिरोईन सहित पक्राउ परेका छन् । बेलडाँडी गाउँपालिका वडा नं २ चवन्नी खल्ला क्षेत्रबाट बेदकोट नगरपालिका वडा...

आदालमा पुगेको महाकाली नदीको रोयल्टी विवाद ः पुल निर्माण कम्पनीले माग गरे बमोजिम अन्तरिम आदेश दिएन

कञ्चनपुर, महाकाली नदीको रोयल्टी संकलन विवाद आदालतमा पुगेको छ । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको कुमार/सिएफईसी जेभीले २४ असारमा उच्च आदालत...
5,613LikesLike
14FollowersFollow