Friday, July 16, 2021
गृहपृष्ठ आर्थिक बेलौरीको नगरपालिकाको ८१ करोड ७० लाख बजेट

बेलौरीको नगरपालिकाको ८१ करोड ७० लाख बजेट

कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । बिहीबार सातौँ नगर सभामा नगर उप प्रमुख चित्र कुमार चौधरीले ८१ करोड ७० बजेट र प्रमुख पोतिलाल चौधरीले नीति, तथा कार्यक्रम प्रस्तुत गरेका छन । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर चौधरीले नगरको सम्बृद्धि एकिकृत दिगो विकासका लागि योजना अघि सारिएको बताए । मेयर चौधरीका अनुसार आगामी आर्थिक बर्ष स्वाथ्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यसका साथै कृषि, पर्यटन, पूर्वाधार विकास, सीमा, उद्योग, उद्यमी, वातावरण क्षेत्रलाई समेत प्राथमिता राखिएको छ । मेयर चौधरीले बेलौरी नगरपालिका कृषिका लागि थप योजना अघि सारेको बताए । स्थानीय, प्रदेश र संघ सरकारसंगको संयुक्त साझेदारीमा योजना कार्यान्वयन गरिने मेयरको प्रतिबद्धता थियो । नगर सभामा स्वास्थ्यकर्मी मान बहादुर चन्द र प्रशासकीय अधिकृत शुशिला लेखकलाई पुरस्कार सम्मान गरिएको छ । नगर सभामा प्रस्तुत गरिएको बजेट अध्ययनका लागि सभा सदस्यहरुलाई वितरण गरिएको छ । नगर सभा सदस्यले अध्यययन गरेर थप सुझाव सहित पारित गरिने बेलौरी नगरपालिकाले जनाएको छ ।

ताजा समाचार

सुदूरको ऐतिहासिक पहिचान झल्किने लिम्पिया मदिरा बजारमा

पहिलाद राना/कञ्चनपुर, ग्वालेक ग्रुपले लिम्पिया हुस्की नामक मदिरा बजारमा ल्याएको छ । सुदूरपश्चिमको ऐतिहासिक पहिचान झल्किने गरि लिम्पिया मदिरा बजारमा ल्याएको हो । कञ्चनपुरको अमृत डिस्टिलरी...

एस ब्यूर्टी टेनिङ्ग सेन्टरमा निःशुल्क एक दिने सेल्फ मेकअफ तालिम

भाष्कर केसी/कञ्चनपुर, कञ्चनपुरको महेन्द्रनगरमा रहेको एस ब्यूटि स्टुडियो एण्ड टेनिङ्ग सेन्टरले निःशुल्क सेल्फ मेकअफ तालिम संचालन गरेको छ । महिलाका लागि साउन विशेष कार्यक्रम भएकाले...

बेलडाँडीमा खैरो हिरोईन सहित २ जना पक्राउ

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा २ जना खैरो हिरोईन सहित पक्राउ परेका छन् । बेलडाँडी गाउँपालिका वडा नं २ चवन्नी खल्ला क्षेत्रबाट बेदकोट नगरपालिका वडा...

आदालमा पुगेको महाकाली नदीको रोयल्टी विवाद ः पुल निर्माण कम्पनीले माग गरे बमोजिम अन्तरिम आदेश दिएन

कञ्चनपुर, महाकाली नदीको रोयल्टी संकलन विवाद आदालतमा पुगेको छ । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको कुमार/सिएफईसी जेभीले २४ असारमा उच्च आदालत...
5,613LikesLike
14FollowersFollow