Tuesday, July 13, 2021
गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार बाढीले हेलम्बु र मेलम्चीमा ठूलो धनजनको क्षति 

बाढीले हेलम्बु र मेलम्चीमा ठूलो धनजनको क्षति 

सिन्धुपाल्चोक,

बाढीले हेलम्बु र मेलम्चीमा ठूलो क्षति गरेको छ । बाढी पहिरोमा परेर मृत्यु भएका र बेपत्ता हुनेको संख्या अझै पत्ता लागेको छैन । मेलम्ची बसपार्कमा रहेका दर्जनौ होटल  बगाएकाे र केही घर डुबानमा परेकाले ठूलो मानविय क्षति भएको अनुमान गर्न सकिन्छ । मेलम्चीघ्याङ माथिको नामसाङसाङ डाँडो पहिरो बनेर आएपछि मेलम्ची खोला केहीबेर थुनिएको थियो ।यही मेलम्ची खोलाले यहाँ विध्वंस गरेको हो ।

अबिरल वर्षाले गएको पहिरोसँगै आएको भीषण बाढीले सुरुमा नाकोतेको नवनिर्मित पुल बगायो । पुलसहित आएको बाढीले हेलम्बुदेखि मेलम्ची बजारसम्म मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डिएसपी प्रकाश सापकोटाले दिएको जानकारीअनुसार हेलम्बु वडा नं. १ का तीन पुरुष र एक महिला बेपत्ता भएका छन् ।

मौसम अनुकुल नभएकाले उद्धार कार्य प्रभावित भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार हालसम्म चार स्थानीय हराइरहेका छन् । बाढीले गरेको मानवीय क्षति हालसम्म यकिन हुनसकेको छैन । उद्धारको लागि नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी मेलम्चीदेखि हेलम्बुसम्म तैनाथ छन् ।

बाढीले नाकोते, चनौटे, र मेलम्चीको पक्की पुल बगाएको छ । मेलम्चीबाट नवलपुर हुँदै सदरमुकाम चौतारा आउने पक्की पुल बगाएकोले शिखरपुर मेलम्ची सम्पर्कविच्छेद भएको छ ।

ठाउँठाउँमा बिजुलीका पोल ढलेकाले विद्युत अवरुद्ध भएको छ । बाढीले मेलम्चीको बसपार्कमा रहेका ६० होटेल बगाएको छ । मेलम्ची बजारका दर्जनौं घर डुबानमा परेका छन् ।

बहुउद्देश्यीय कभर्ड हल र फनपार्क पनि बगाएको छ । हेलम्बु क्षेत्रमा रहेका सबै ट्राउट माछा फार्म बगाएको छ । माछा पालनसहित रहेको किउलस्थित भण्डारी ट्राउट माछा रिसोर्ट बगाउँदा होटेलमा काम गर्ने कुक हालसम्म वेपत्ता छन् । खोला किनारछेउमा रहेको चनौटे बजार डुवानमा परेको छ ।

ताजा समाचार

ओली पक्ष युवाहरुले गरेको शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप, केहि युवाहरु घाइते

कञ्चनपुर, सर्वोच्च अदालतले गरेको परमादेशको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको महेन्द्रनगरमा बिरोध प्रदर्शन कार्यक्रममा प्रहरीको हस्ताक्षेप गरेको ओली समुहका युवाहरुले आरोप लगाएका छन्...

नयाँ प्रमुख जिल्ला अधिकारीलाई पाण्डेय समाजद्धारा स्वागत

कञ्चनपुर, कञ्चनपुरका नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा आउनुभएका राम प्रसाद पाण्डेयलाई जिल्लामा स्वागत गरिएको छ । आज मंगलवार नेपाल पाण्डेय समाज सुदूरपश्चिम प्रदेश समितिले उहाँकै कार्यकक्षमा...

संसद पुर्नस्थापनाको खुसियालीमा बेलडाँडी वाइसियलद्धारा दिपप्रज्वलन

बेलडाँडी, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेसंगै हिजो सर्वोच्च आदालतले पूर्नस्थापना गरेको खुसीयालीमा आज बेलडाँडी वाईसियलले दिप...

संसद पूर्नस्थापना भएपछि कञ्चनपुरमा दिपावली

विकास महता, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेसंगै सर्वोच्चले आदालतले पूर्नस्थापना गरेको छ । प्रधानमन्त्री र राष्ट्रपति...
5,613LikesLike
14FollowersFollow