Wednesday, July 14, 2021
गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार पत्रकारको भेषमा एक जना ब्राउन सुगर सहित पक्राउ

पत्रकारको भेषमा एक जना ब्राउन सुगर सहित पक्राउ

बेलडाँडी,
सशस्त्र प्रहरी सिमा सुरक्षा बल कञ्चनपुरले ब्राउन सुगर सहित पत्रकारको भेषमा रहेका एक जनालाई बेलडाँडीको सिमा क्षेत्रबाट पक्राउ गरेको छ ।

बेलडाँडी गाउँपालिका वडा नम्बर–३ बैवाह र बेलाैरी १० भुडा सिमा क्षेत्रबाट हिजो बेलुका ६ बजे तिर पत्रिकाको पास र प्रेस जकेट लगाएका शुक्लाफाँटा नगरपालिका वडा नम्बर– ४ बस्ने अन्दाजी बर्ष २५ का नरेश प्रसाद जोशीको साथबाट ब्राउन सुगर सहित पक्राउ गरेको शसस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी कञ्चनपुरका प्रमुख एसपी विरेन्द्र बहादुर ऐरले जानकारी दिनु भयो ।

उनको साथबाट अन्दाजी ७ ग्राम भन्दा बढी खैरो हिरोईन बरामद् गरीएको एसपी ऐरले बताउनु भयो । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बर्डर आउट पोष्ट झिलमिला,भुडा र एसएसबीको सयुक्त गस्ती टोलीलले सीमा ईलाकामा गस्ती गर्ने क्रममा “ प्रेस” लेखेको ज्याकेट लगाएको ब्यक्तिले भारतीय नागरिकबाट केही लिएको संङ्का लागि चेकजाँच गर्ने क्रममा जोशीको साथबाट अन्दाजी ७ ग्राम भन्दा बढी खैरो हिरोईन नामक लागु औषध, मोवाईल थान-२, क्यामेरा-१, बैँक चेक थान- ५ थान,सुदूर खबरको परिचय पत्र थान-१, जिल्ला प्रशासनले लकडाउको समयमा मिडिया हाउसलाई दिएको सिफारिस पश्चिम नेपाल दैनिकको पास थान-१, यु.एन. ट्रेड कन्सर्नको नाम रहेको मो.सा.को ब्लु बुक सहित बरामद गरी आवश्यक  कानुनी कारवाहीको लागि ईलाका प्रहरी     कार्यालय बेलडाँडीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । उहाँका अनुसार अाफ्नो कार्यकालमा ३३ जना खैरो हिरोईन सहित प्रकाउ गरि प्रहरीलाई बुझाई सकेको बताए । समाज कुलत तिर जानलागेको प्रति चिन्ता गर्दै अभिभावक हरूले अाफ्ना बालबालिकालाई अनावश्यक घुम्न नदिन अाग्रह गरे । सबै अभिभावक हरूले अा-अाफ्ना नानीबाबुको ख्याल गर्नेहो भने केही हदसम्म नियन्त्रण हुने बिचार व्यक्त गरे ।

उनलाई म्याद थपका लागि आजनै लगिने ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरीक्षक रविन्द्र कठायतले बताउनु भयो । वहाका अनुसार बैशाख १२ गते अाफु बेलडाँडी हाजिर भएको र सशस्त्र प्रहरी र प्रहरीको साझेदारीमा ९ जना ब्राउन सुगर सहित पक्राउ गरेको बताए । जसमध्ये ३१ ग्रा.३७० मि.ग्रा. ५ जना सहित प्रहरीले समातेको र २० ग्रा.३७० मि.ग्रा. सशस्त्र प्रहरीको सहयोग समातेर कार्वाही प्रक्रियामा अघि बढेको बताए । उहाँले भने यसरी दिनप्रतिदिन लागू अाैषध कारोबारी बढ्दा समेत अभिभावक निद्रामा हुने हो भने यसले ठूलो रूप लिने चिन्ता व्यक्त गर्दै सबैले सचेत भई न्युनिकरणका बिषयमा छलफल गर्नु पर्ने बताए ।

पछिल्लो समयमा दक्षिणि क्षेत्रका खुला सिमा नाकाहरुमा प्रहरी र सशस्त्र प्रहरीको सकृयताले लागु औषध कारोवारी धमाधम पक्राउ पर्न थालेका छन् ।

 

ताजा समाचार

ओली पक्ष युवाहरुले गरेको शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप, केहि युवाहरु घाइते

कञ्चनपुर, सर्वोच्च अदालतले गरेको परमादेशको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको महेन्द्रनगरमा बिरोध प्रदर्शन कार्यक्रममा प्रहरीको हस्ताक्षेप गरेको ओली समुहका युवाहरुले आरोप लगाएका छन्...

नयाँ प्रमुख जिल्ला अधिकारीलाई पाण्डेय समाजद्धारा स्वागत

कञ्चनपुर, कञ्चनपुरका नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा आउनुभएका राम प्रसाद पाण्डेयलाई जिल्लामा स्वागत गरिएको छ । आज मंगलवार नेपाल पाण्डेय समाज सुदूरपश्चिम प्रदेश समितिले उहाँकै कार्यकक्षमा...

संसद पुर्नस्थापनाको खुसियालीमा बेलडाँडी वाइसियलद्धारा दिपप्रज्वलन

बेलडाँडी, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेसंगै हिजो सर्वोच्च आदालतले पूर्नस्थापना गरेको खुसीयालीमा आज बेलडाँडी वाईसियलले दिप...

संसद पूर्नस्थापना भएपछि कञ्चनपुरमा दिपावली

विकास महता, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेसंगै सर्वोच्चले आदालतले पूर्नस्थापना गरेको छ । प्रधानमन्त्री र राष्ट्रपति...
5,613LikesLike
14FollowersFollow