Tuesday, May 4, 2021
गृहपृष्ठ आर्थिक वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जोशीद्वारा महाकाली अस्पताललाई ५० थान सिलिण्डर अक्सिजन दिने...

वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जोशीद्वारा महाकाली अस्पताललाई ५० थान सिलिण्डर अक्सिजन दिने घोषणा

कृष्ण नेपाली
महाकाली अस्पतालमा अक्सिजन अभावका कारण कोरोना संक्रमित धमाधम मरिरहेको खबर बाहिरिएपछि कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एव उद्योगी व्यवसायी पिताम्बर जोशीले महाकाली अस्पताललाई ५० थान सिलिण्डर अक्सिजन दिने घोषणा गरेका छन ।
अमृत डिष्टिलरी, स्नेहासोप एण्ड केमिकल प्रालि सहित सात प्रालि सम्मिलित ग्वालेक ग्रुपका अध्यक्ष समेत रहेका जोशीले महाकाली अस्पतालमा बिरामीको उपचारमा सहजताका लागि अक्सिजन दिने घोषणा गरेका हुन । उनले एक अक्सिजन सप्लायर्ससंग सम्झौता गरेर बुधबार अस्पतालमा हस्तान्तरण गर्ने जनाएका छन ।
ग्वालेक गुपका प्रमुख कार्यकारी अधिकृत अनिमेस कुमार मिश्रले अक्सिजन अभाव भईरहेका बेला समाजिक नभई भौतिक दुरी राखेर समाजिक दायित्व निर्वाह गर्ने बताए । वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जोशीले महाविपत्तिका बेला आफ्नो तर्फबाट जनस्वास्थ्य जिवन रक्षाका लागि सक्दो सहयोग गर्ने बताए । यस अघि गत बर्ष पनि उनले कञ्चनपुरका नागरिकको स्वास्थ्य रक्षाका लागि अघिल्लो बर्षको महामारीका बेलामा समेत नगद, एव भौतिक सहयोग गरेका थिए ।

ताजा समाचार

वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जोशीद्वारा महाकाली अस्पताललाई ५० थान सिलिण्डर अक्सिजन दिने घोषणा

कृष्ण नेपाली महाकाली अस्पतालमा अक्सिजन अभावका कारण कोरोना संक्रमित धमाधम मरिरहेको खबर बाहिरिएपछि कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एव उद्योगी व्यवसायी पिताम्बर जोशीले महाकाली...

भारतबाट स्वदेश फर्किने मजदुरलाई खाना खुवाउँदै महेन्द्रनगरका युवा

विकास सिह महता/कञ्चनपुर,  मजदुरीका लागि स्वदेशमा रोजगारी नपाएपछि भारत पसेका नेपाली नागरिक अहिले भारतमा कोरोनाले हाताहाती भएपछि स्वदेश फर्किन लागेका छन । तर, नेपालमा कोरोनाको...

क्रान्तिकारी विद्यार्थी संगठनको पहलमा डेरा गरि कञ्चनपुरमा बस्ने संकटमा परेका विद्यार्थीको उद्दार

विकास सिह महता/कञ्चनपुर, नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पहलमा लकडाउनमा समस्या परेका विद्यार्थीहरुको उद्दार कार्य भईरहेको छ । विद्यार्थी नेता बिरेन्द्र राज...

कञ्चनपुरमा बैशाखमहिनाभरी लकडाउन

विकास सिह महता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बैशाख महिनाभरी लकडाउन गर्ने निर्णय गरेको छ । यस अघि एक साताका लागि २२गतेसम्म लकडाउन गरिएको थियो ।...
5,593LikesLike
14FollowersFollow