Saturday, May 22, 2021
गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार बेलौरीमा ५० शैय्याको कोभिड अस्थाई अस्पताल सञ्चालन

बेलौरीमा ५० शैय्याको कोभिड अस्थाई अस्पताल सञ्चालन

  • 427
    Shares

कञ्चनपुर,

बेलौरी नगरपालिकाले कोभिड संक्रमित विरामीहरुको उपचारका लागि ५० शैय्याको कोभिड- १९ अस्थाई अस्पतालबाट सेवा शुरु गरी विरामीहरुको उपचार गरी रहेको छ ।

कोरोना भाईरसले नयाँ रुप लिई संक्रमण र मृत्युको दर बृद्धि हुन थालेपछि यहि १४ गते देखि नगरपालिकाले ५० शैय्याको कोभिड- १९ अस्थाई अस्पताल सञ्चालन गरी उपचार सेवा दिईरहेको छ ।

उपचारमा कुनै किसीमको कमी हुन नदिन नगरपालिका बाट सबै खाले प्रयास गरीरहेको नगर प्रमुख पोतीलाल चौधरीले जानकारी दिनु भयो । उहाले भने ”कुनै पनी संक्रमित वा अन्य नागरीकको उपचारमा कुनै कसुर बाकी नराख्ने गरी उपचार सेवा दिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको बताए ।”

उनले भने ” उपचारमा अवश्यक पर्ने सबै स्वास्थ्य सामाग्री आपुर्तीका लागि समेत कार्य भईरहेको बताउदै स्वास्थ्यमा कुनै किसिमको समस्या भए नआत्तीएर उपचार गराउन सबै नगरवासिलाई अनुरोध समेत गर्नु भएको छ ।” हाल मुख्य अक्सीजन, भिटिएम किटको अभाव देखिन थालेकाले सो आपुर्तीको लागि प्रक्रिया अगाडी बढाएको  बताए ।

कोरोनासंक्रमित विरामीहरुको बढ्न थालेपछि अस्पतालबाट अक्सीजन सहित २४ सै घण्टा स्वास्थ्यकर्मीहरुबाट उपचार सेवा गरीरहेको बेलौरी नगरपालिकाका कोभिड- १९ फोकल पर्सन मान बहादुर चन्दले बताउनु भयो । आवश्यकता परे थप स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको समेत उहाँले बताउनु भयो ।

उहाँका अनुसार ”भ्याए सम्मका सबै स्वास्थ्यका सेवाहरु प्रयोग गरी संक्रमितको उपचार भईरहेको र हालको अवस्थालाई हेर्ने हो भने, अक्सीजनको समस्या पर्न जाने हुदा थप आपुर्ती गर्न प्रयास भईरहेको बताए ।”

उनले भने ”अहिले अस्पतालमा ४ जना पुरुष २ जना महिला गरी जम्मा ६ जना संक्रमितको उपचार भई रहेको र उपचार भईरहेका मध्ये एक जना महिलाको स्वास्थ्य अवस्था गम्भिर छ, अन्य बाकिको भने अवस्था समान्य रहेको बताउनु भयो ।” हाल उपचार सेवालाई अझ प्रभावकारी बनाउन भएजति स्वास्थ्यकर्मीहरु सबै परिचालन भएर कार्य भईरहेको जनाए ।  उपचार सम्भव नभए धनगढी महेन्द्रनगर पठाउने समेत गरेको उहाँले बताउनु भयो ।

  • 427
    Shares

ताजा समाचार

ओलीद्वारा दाेस्राे पटक संसद् विघटन, कार्तिक २६ र मंसिर ३ मा चुनाव

काठमाडौं, शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी...

काँग्रेस प्रवक्ताको टिप्पणी :  मध्यावधिको रंगीन सपना महँगो पर्नेछ

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महँगो पर्ने बताएका छन् । प्रवक्ता शर्माले ट्विटरमार्फत...

विद्यार्थी नेता बस्नेत खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त

विकास सिह महता/कञ्चनपुर, कञ्चनपुरका विद्यार्थी नेता ओम बस्नेत जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियूक्त भएका छन । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले विद्यार्थी नेता...

प्रतिभा ग्रिल उद्योग दोहोरो मारमा कोभिटले व्यवसाय बन्द, बर्षातले स्वाहा

विकास सिह महता/कञ्चनपुर, दोस्रो लहरमा देखिएको कोरोना महामारीका कारण उद्योग, व्यवसाय, शैक्षिक लगायतका क्षेत्र बन्द भएका छन । कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण...
5,613LikesLike
14FollowersFollow