Friday, April 2, 2021
गृहपृष्ठ जिवनशैली महाकाली अस्पतालको चमेना गृह ठेक्का बदर कर्मचारीकै परिवारलाई ठेक्का दिलाएर अनुचित लाभ...

महाकाली अस्पतालको चमेना गृह ठेक्का बदर कर्मचारीकै परिवारलाई ठेक्का दिलाएर अनुचित लाभ लिन खोज्ने मेसु श्रेष्ठको सपना चकनाचुर

कञ्चनपुर,
महाकाली अस्पतालको चमेना गृह ठेक्कामा चलखेल मात्र नभई कमिसनको बार्किनिङ्ग भएपछि चमेना गृहको ठेक्का नै बदर गरिएको छ ।
अस्पतालमै कार्यरत कर्मचारीको परिवारलाई चमेनागृह संचालनका लागि ठेक्का दिलाउन निमित्त मेसु डा. हरि कुमार श्रेष्ठको सेटिङ्गलाई अस्पताल व्यवस्थापन समितिले तोडिदिएको छ । मेसुकै सेटिङ्गमा चमेनागुहको ठेक्का भित्रकै कर्मचारीको परिवारलाई दिन खोजेका थिए ।
कर्मचारीले आफुखुसी मापदण्ड बनाएर अस्पताल परिसरमा चमेनागृह(खाजाघर) संचालनका लागि टेण्डर आब्हान गरे अनुरुप आफ्नै कर्मचारीको परिवारलाई ठेक्का दिलाएको विषय बाहिर आएपछि अस्पताल व्यवस्थापन समितिले चासो दिदै उक्त निर्णय बदर गराएको छ । महाकाली अस्पताल व्यवस्थापन समिातिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)को अध्यक्षतामा शुक्रबार बसेको बैठकले चमेनागृहको ठेक्कामा कमिकमजोरी भएको स्वीकारर्दै टेण्डर नै रद्द गर्ने निर्णय गरेको हो । टेण्डर रद्द गर्दै कर्मचारीकै परिवारलाई टेण्डर दिलाउन षड्यन्त्रमुलुक भूमिका निर्वाह गरेका मेसु श्रेष्ठको अनुचित लाभ लिने सपना चकनाचुर भएको छ ।

महाकाली अस्पतालका व्यवस्थापक दिपेन्द्र सिह रावलले चमेनागृहको टेण्डर पुन गर्ने निर्णय भएको बताए । उनका अनुसार सूचना प्रकासितमै केही त्रृटी भएकाले पुन प्रकासित गर्ने निर्णय भएको छ । भने यसका साथै पुरानो भेन्टिलेटरलाई हस्तान्तरण गर्नका लागि सूचना जारी गर्ने , कोडिभ नियन्त्रण, जनशक्ति व्यवस्थापनको विषयमा निर्णय भएको बताए । गत बर्ष पनि कमिसनकै खेलमा टेण्डरकर्ताले पुराना समाग्री दिएपछि अस्पतालले उक्त समान स्वीकार गरेको
थिएन । अस्पतालमा जहिले कमिसन एव गुणस्तहिन कामले अस्पताल सुधारमा चुनौती थपिएको छ ।
समान्य चमेनागृहको टेण्डरमा कमिसन लिने कर्मचारीले अस्पताल भित्र करोडौँका संरचना निर्माण, कर्मचारी भर्ना र लाखौँको खौषधी खरिदमा मोटो रकम कमिसन लिएकै कारण भेन्टिलेशन संचालनमा नआउँदै बिग्रीएको दावि गरेका छन ।
गत बर्षदेखि महाकाली अस्पताल व्यवस्थापन समितिमा जुझारु युवाको टिम आएसंगै कर्मचारीबाट हुने कमिसन र बदमासी बदर हुँदै आएका छन । गत बर्ष अस्पतालको भेन्टिलेटर खदिरमा बदमासी भएकै कारण ठेकेदार कम्पनीले पुराना समान दिएको थियो, अस्पताल व्यवस्थापन समितिले तुरुन्तै परिर्वतन गरेको थियो । यस्तै आईसोलेशनमा शुरुमै दोयम ईटा प्रयोग गरेको ठेकेदारले अस्पताल व्यवस्थापन समितिले रद गर्न लगायो, तर भवन बनेपछि मेसुले १० प्रतिशत कमिसन मागेका थिए ।
अस्पताल कर्मचारी स्रोतका अनुुसार अस्पतालमा औषधी खरिद, कर्मचारी भर्नादेखि ठूला टेण्डर हुँदा मेसुले कमिसन नदिदासम्म कामै नगरिदिने गरेकाछन । जसले कमिसन दिदैन उसको कामै नहुने प्रवृतिबाट सहकर्मी नै हैरान भएका छन । व्यवस्थापन समिति आएसंगै एकातिर अस्पताल सुधार भएपनि अर्कातिर मेसुले कमिसनको दाउमा अस्पताल नै धरापमा पारेको नागरिक समाजको बुझाई छ । चमेनागृह र अस्पताल प्रशासनका कामकाजप्रति व्यवस्थापन समिति समेत रुष्ट रहेको छ । अस्पताल व्यवस्थापन समितिलाई बाहिस गरेर मेसुले कमिसनका लागि गर्ने गतिबिधीले अस्पताल कमिसनको चुङ्गोलमा फसेको समितिको ठहर छ ।

ताजा समाचार

महाकाली अस्पतालको चमेना गृह ठेक्का बदर कर्मचारीकै परिवारलाई ठेक्का दिलाएर अनुचित लाभ लिन खोज्ने मेसु श्रेष्ठको सपना चकनाचुर

कञ्चनपुर, महाकाली अस्पतालको चमेना गृह ठेक्कामा चलखेल मात्र नभई कमिसनको बार्किनिङ्ग भएपछि चमेना गृहको ठेक्का नै बदर गरिएको छ । अस्पतालमै कार्यरत कर्मचारीको परिवारलाई चमेनागृह संचालनका...

वाईसियल कञ्चनपुर ब्यूँतियो ः गैर कानुनी गतिबिधी बिरुद्ध आगो भएर सफाया दिने

दिपेन्द्र कार्की नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र निकट योङ्ग कम्यूनिष्ट(लिग) वाईसियल कञ्चनपुर ब्यूँतिएको छ । एमाले माओवादी एक हुँदा युवा संघमा परिणत भएको वाईसियल सर्वोच्चको...

सुदूरपश्चिमका विद्यालय पनि चार दिन बन्द हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक...

अपाङ्गता अभिभावक समाज नेपालको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, अपाङ्गता भएका व्यक्तिहरु लाई मध्यनजर गर्दै चन्दागिरी नगरपालिका वडा न.१० को आर्थिक सहयोगमा अपाङ्गता अभिभावक समाज नेपालको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको...
5,585LikesLike
14FollowersFollow