Wednesday, March 31, 2021
गृहपृष्ठ आर्थिक १३० किलो कैलालीकी सानुमाया, टिकटकमा भाइरल

१३० किलो कैलालीकी सानुमाया, टिकटकमा भाइरल

  • 97
    Shares

धनगढी : छोटो भिडिओमै अभिनय क्षमता देखाउन पाइने भएपछि टिकटक यतिबेला निकै लोकप्रिय छ । टिकटक कला प्रस्तुत गर्न उमेरले पनि छेकेको छैन् । बालबालिकादेखि बृद्धबृद्धासम्म टिकटकमा रमाउने गरेका छन् ।

नेपालमा यसका प्रयोगकर्ता बढिरहेका छन् भने सुदूरपश्चिम पनि टिकटकमा बलियो उपस्थिति जनाउन थालेको छ । टिकटक बनाएरै अभिनय क्षमता देखाएका कतिपय त अहिले स्टार भएका छन् । केहीले म्यूजिक भिडिओमा काम पाएका छन् त केहीले चलचित्रमा नै काम गर्ने अवसर पाइसकेका छन् ।

सोही भीडमा होमिएर एक बर्ष अगाडि टिकटक बनाउन थालेकी २९ बर्षीया भावना आचार्य (सानुमाया) पनि अहिले टिकटक सेलिब्रेटीको दर्जा पाउन थालेकी छिन् । टिकटक बनाउन थालेको एक बर्षमै सानुमायालाई दुई लाख ७७ हजार बढिले फलो गरेका छन्  । उनका भिडिओमा ५३ लाखले लाइक छ । एउटै भिडिओ ८ लाख बढिले हेरेका छन् ।

‘सुरुवातको समयमा रमाईलोका लागि मात्रै टिकट बनाउन थालेकी थिए,’ सानुमायाले भनिन्, ‘तर टिकटक भिडिओ पोष्ट गर्दै जाँदा धेरैको साथ सहयोग पाइयो । सकारात्मक प्रतिक्रिया आउँदै गए । अनि भाइरल नै बनाइदिए ।’ उनका अनुसार टिकटक बनाउन सुरु गर्दा उनको तौल एक सय ११ किलो थियो । ‘

टिकटक बनाउँदा छमछमी नाचेपछि तौल पनि घट्छ होला जस्तो लागेको थियो,’ सानुमाया भन्छिन्, ‘तर त्यस्तो भएन् । केही दिन अगाडि तौल मापन गर्दा एक सय ३० किलो देखायो ।’ आफूले टिकटक बनाएपछि मोटोपन भएका व्यक्तिलाई समाजमा खुल्न सहज भएको अनुभव सानुमायाको छ ।

उनी भन्छिन्, ‘मोटो व्यक्तिहरु घर बाहिर आउन पनि लाज मान्ने गरेका छन् । तर मैले टिकटकमा भिडियो बनाउन थालेपछि त्यस्ता व्यक्तिलाई सहज भएको छ ।’ सानुमाया एक छोरीकी आमा हुन् । कैलालीको सहजपुर माइती घर भएकी उनको घर कैलालीकी टीकापुरमा छ । उनी टीकापुरमै व्यवसाय गर्दै आएकी छिन् भने फुर्सदको समयमा टिकटक बनाउने गरेकी छिन् ।

  • 97
    Shares

ताजा समाचार

वाईसियल कञ्चनपुर ब्यूँतियो ः गैर कानुनी गतिबिधी बिरुद्ध आगो भएर सफाया दिने

दिपेन्द्र कार्की नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र निकट योङ्ग कम्यूनिष्ट(लिग) वाईसियल कञ्चनपुर ब्यूँतिएको छ । एमाले माओवादी एक हुँदा युवा संघमा परिणत भएको वाईसियल सर्वोच्चको...

सुदूरपश्चिमका विद्यालय पनि चार दिन बन्द हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक...

अपाङ्गता अभिभावक समाज नेपालको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, अपाङ्गता भएका व्यक्तिहरु लाई मध्यनजर गर्दै चन्दागिरी नगरपालिका वडा न.१० को आर्थिक सहयोगमा अपाङ्गता अभिभावक समाज नेपालको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको...

ओली निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको भेला

कञ्चनपुर, नेकपा एमाले ओली निकट राष्ट्रिय युवा सघ कञ्चनपुरको भेला शुरु भएको छ । शुक्रबार महेन्द्रनगरका राष्ट्रिय युवा सघ कञ्चनपुरको भेला शुरु भएको हो ।...
5,585LikesLike
14FollowersFollow