बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा २ जना ब्राउन सुगर सहित पक्राउ परेका छन् ।
अाज बेलडाँडी इलाका प्रहरी कार्यालय अगाडि बिशेश सुरागीको अाधारमा मोटरसाइकल सहित दुई जना लागू अाैषध पक्राउ परेको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।
धउनपा ४ बस्ने कृष्ण बम र सोही ठाउँ बस्ने बिक्रम बहादुर बिक पक्राउ परेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख राजेन्द्र बहादुर सिहले जानकारी गराउनु भयो । उहाँका अनुसार ५ ग्राम २० मिलिग्राम र उनले प्रयोग गरेको से ६ प ७८९ नम्बरको मोटरसाइकल समेत बरामद भएको जनाए ।
उनीहरूमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।