Thursday, April 1, 2021
गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार ५६ अाैं अन्तरास्ट्रिय जातीय विभेद उन्मुलन दिवस बेलडाँडीमा भव्य मनाउने तयारी

५६ अाैं अन्तरास्ट्रिय जातीय विभेद उन्मुलन दिवस बेलडाँडीमा भव्य मनाउने तयारी

  • 52
    Shares

बेलडाँडी,

प्रत्येक वर्षको २१ मार्चका दिनलाई विश्वमा ‘अन्तरास्ट्रिय जातीय विभेद उन्मुलन दिवसका’ रूपमा मनाउने गरिन्छ । यो वर्ष ५६ औँ ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’ विश्वभर विविध कार्यक्रम गरी मनाउने तयारी रहेका बेला बेलडाँडीमा समेत भोली अाइतवार भब्य तरिकाले मनाउने तयारी रहेको बेलडाँडी दलित हकहित संजालले जनाएको छ ।

विश्वमा विविध किसिमका विभेदहरू छन् । कतै रङ्गका(कालो गोरो)आधारमा विभेद छ । कतै (वर्ण)जातका आधारमा विभेद छ । यति मात्रै होइन विश्वमा भाषा, लिङ्ग, धार्मिक, यौनिक अल्पसङ्ख्यक, जस्ता अधारमा विभेद हुने गर्छ । ती विभेद न्यूनीकरणका निमित्त ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’लाई विशेष अवसरका रूपमा लिन सकिन्छ ।

दलित हकहित सञ्जाल बेलडाँडीका अध्यक्ष दिनेश सुनारका अनुसार भोलि गरिने कार्यक्रमको तालिका सार्वजनिक गर्दै यसलाई भब्य र सभ्य तरिकाले सम्पन्न गर्न अाफुहरूको टिम लागि परेको बताए । वहाँका अनुसार भोलि बिहान ९ बजे चवन्नी वजार पछाडीको खुल्ला मञ्चमा न्यायप्रेमी दाजुभाई दिदीबहिनी हरू भेला हुँदै चवन्नी बजार देखि गाउँपालिका भवन सम्म र्याली निकाल्ने र गाउँपालिकाको प्राङ्गणमा र्यालीलाइ सभामा परिणत गर्दै कार्यक्रम समापन गर्ने तयारी रहेको बताए ।

कार्यक्रम बेलडाँडी गाउँपालिका र दलित हकहित संजाल बेलडाँडी तथा दलित महिला संघको सयुक्त अायोजनामा हुने भएको छ ।

  • 52
    Shares

ताजा समाचार

वाईसियल कञ्चनपुर ब्यूँतियो ः गैर कानुनी गतिबिधी बिरुद्ध आगो भएर सफाया दिने

दिपेन्द्र कार्की नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र निकट योङ्ग कम्यूनिष्ट(लिग) वाईसियल कञ्चनपुर ब्यूँतिएको छ । एमाले माओवादी एक हुँदा युवा संघमा परिणत भएको वाईसियल सर्वोच्चको...

सुदूरपश्चिमका विद्यालय पनि चार दिन बन्द हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक...

अपाङ्गता अभिभावक समाज नेपालको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, अपाङ्गता भएका व्यक्तिहरु लाई मध्यनजर गर्दै चन्दागिरी नगरपालिका वडा न.१० को आर्थिक सहयोगमा अपाङ्गता अभिभावक समाज नेपालको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको...

ओली निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको भेला

कञ्चनपुर, नेकपा एमाले ओली निकट राष्ट्रिय युवा सघ कञ्चनपुरको भेला शुरु भएको छ । शुक्रबार महेन्द्रनगरका राष्ट्रिय युवा सघ कञ्चनपुरको भेला शुरु भएको हो ।...
5,585LikesLike
14FollowersFollow