Thursday, April 1, 2021
गृहपृष्ठ आर्थिक कोरियाबाट फर्केका बेलडाँडीका जोशीको धनगढीमा वालपेपर एण्ड होम डेकोर व्यवसाय

कोरियाबाट फर्केका बेलडाँडीका जोशीको धनगढीमा वालपेपर एण्ड होम डेकोर व्यवसाय

  • 366
    Shares

बेलडाँडी,
कोरियामा १० वर्ष रोजगारी गरेर स्वदेश फर्किएका बेलडाँडीका युवा समाजसेवी धर्मराज जोशीले धनगढीमा धनगढी वालपेपर सप्लायर्स एण्ड होम डेकोर नामक नयाँ व्यवसाय सञ्चालनमा ल्याएका छन् ।

सानै देखि सहयोगी, मिलनसार स्वभावका जोशीले कोरिया बसाइका बेला विपन्न बर्गको पक्षमा निकै सहयोग गर्दै अाएका हुन, देशमा कोरोना भाईरसको सन्त्रास फैलेका बेला राज्यलाई नै चेकजाच यन्त्र सहयोग गर्न पहल समेत गरेका थिए । अझै समेत गरिब दु:खीहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषमा सुस्म अध्ययन गरिराखेको जनाए । धेरै भन्दा धेरै लाई स्वरोजगार बनाई देशलाई नै समृद्ध तर्फ लैजाने मुख्य अभियान रहेको बताए । 

जोशीले शुरुमा ५० लाख लगानी गरेर धनगढी उपमहानगरपालिका–१३ अत्तरिया–धनगढी सडक खण्डअन्तर्गत राजपुरमा होम डेकोरेशनका सामग्री कोरियन, इण्डियन र चाइनिज ब्राण्डका सामग्री आयात गरेर व्यवसाय शुरु गरेको बताए । व्यवसाय शुरु गरेको चार महीनाको अवधिमा उनले टिकापुर र महेन्द्रनगरमा शाखा विस्तार गरेका छन् भने बैतडीको खोड्पे र डडेल्धुरामा शाखा स्थापनाका लागि समेत तयारी भइरहेको जनाए ।

उनले कोरियाबाट फर्किका एक हजार सुदूरपश्चिमेली हरुलाई एकीकृत गरी धनगढीमा परिश्रमिक नामक बहुउद्देश्यी सहकारी समेत स्थापना गरेका छन् । कोरियामा रोजगारी गरेर स्वदेश फर्किका ५०० युवाहरुलाई सहकारीमा आवद्ध गरेर शेयर पूँजी हाल ५ करोड पुगेको र केहिदिन भित्रै थप २० करोड पु¥याउने लक्ष्यसहित शेयर सदस्य संख्या बढाउने प्रक्रिया थालिएको सहकारीका अध्यक्ष समेत रहेका जोशीले जानकारी गराए ।

सुदूरपश्चिम समाज कोरिया २०१५ का अध्यक्ष समेत रहेका जोशी रोजगारीका लागि सुदूरपश्चिमबाट कोरियामा रहेका ५ हजार युवाहरुलाई सहकारीमा आवद्ध गरी सहकारीको माध्यमबाट कृषि सामग्रीको उत्पादन, बजारीकरण, सस्तो सहकारी मार्ट स्थापना तथा कोरियामा आर्जन गरेको सीपलाई आफ्नै भुमिमा सदुपयोग गरेर रोजगारी सिर्जना गर्न सहकारी स्थापना गरेको जनाए । 

साथै, आफ्नै सहकारी मार्फत रेमिट्यान्स सेवाका लागि पनि काम भइरहेको उनले बताए । सहकारीमा जम्मा भएको कुल पुँजीको ५० प्रतिशत रकम सहकारी सस्तो मार्टमा लगानी गर्ने तयारी भइरहेको छ ।

त्यस्तै, धनगढी अत्तरिया क्षेत्रभित्र ३०० मेट्रिकटन क्षमताको शितभण्डार (कोल्डस्टोर) स्थापनाका लागि पनि आवश्यक तयारी अघि बढिसकेको जोशीले जानकारी गराए । मेरै अध्यक्षतामा कोल्डस्टोर स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा पुगेको छ, उनले भने ।

यस प्रकारको व्यवसाय सञ्चालनको लागि लामो समय कोरियामा रोजगारी गरेर फर्केका अक्कलबहादुर सिंह उपाध्यक्ष, सुरेन्द्र भण्डारी सचिव र नवराज भट्ट कोषाध्यक्ष रहने गरी समिति समेत गठन गरिसकिएको छ ।

हरेक आवश्यकता नै योजनाको स्रोत भएको बताउँदै अध्यक्ष जोशीले प्रदेशमै पहिलो पटक वासप्लान्ट स्थापनाका लागि समेत आवश्यक प्रक्रिया अघि बढेको बताए । कोरियाबाट फर्किका ५ जना साथीहरुको संयुक्त लगानीमा चितवनपछिको सबैभन्दा ठूलो वासप्लान्ट ५ करोड लगानी गरेर खोल्दैछौँ, उनले भने ।

सस्तो मूल्यमा एक पटकमा १०० ओटा कपडा धुलाई गर्न मिल्ने गरी प्लान्ट जडानका लागि एक करोड रुपैयाँ खर्चेर चार कट्टा जमिन खरीद गरिसकेको उनले बताए । आगामी वैशाखभित्रै सञ्चालनमा ल्याउने गरी वासप्लान्ट निर्माणको काम भइरहेको उनको भनाइ छ ।

यसका साथै धनगढीमै हामीले उल्का नामक गार्मेन्ट स्थापनाको प्रक्रियालाई पनि सँगसँगै अघि बढाइसकेको जोशीको भनाइ छ ।

  • 366
    Shares

ताजा समाचार

वाईसियल कञ्चनपुर ब्यूँतियो ः गैर कानुनी गतिबिधी बिरुद्ध आगो भएर सफाया दिने

दिपेन्द्र कार्की नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र निकट योङ्ग कम्यूनिष्ट(लिग) वाईसियल कञ्चनपुर ब्यूँतिएको छ । एमाले माओवादी एक हुँदा युवा संघमा परिणत भएको वाईसियल सर्वोच्चको...

सुदूरपश्चिमका विद्यालय पनि चार दिन बन्द हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक...

अपाङ्गता अभिभावक समाज नेपालको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, अपाङ्गता भएका व्यक्तिहरु लाई मध्यनजर गर्दै चन्दागिरी नगरपालिका वडा न.१० को आर्थिक सहयोगमा अपाङ्गता अभिभावक समाज नेपालको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको...

ओली निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको भेला

कञ्चनपुर, नेकपा एमाले ओली निकट राष्ट्रिय युवा सघ कञ्चनपुरको भेला शुरु भएको छ । शुक्रबार महेन्द्रनगरका राष्ट्रिय युवा सघ कञ्चनपुरको भेला शुरु भएको हो ।...
5,585LikesLike
14FollowersFollow