Thursday, April 1, 2021
गृहपृष्ठ जिवनशैली बेलौरीको शिद्वेश्वर शिव मन्दिर धार्मिक पर्यटकिय केन्द्र बन्दै तर, धार्मिक पर्यटकिय गन्तव्यका...

बेलौरीको शिद्वेश्वर शिव मन्दिर धार्मिक पर्यटकिय केन्द्र बन्दै तर, धार्मिक पर्यटकिय गन्तव्यका लागि सरकारको चासो सुन्य

  • 58
    Shares

कञ्चनपुर,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा रहेको शिद्वेश्वर शिव मन्दिर धार्मिक पर्यटकिय केन्द्र बन्दै गएको छ । बेलौरी नगरपालिका १० शिवनगरमा रहेको शिद्वेश्वर शिव मन्दिर धार्मिक पर्यटकिय केन्द्र बन्दै गएको हो ।

प्राकृतिक रुपमा पनि मन्दिरको उत्तरमा नदी बगेको छ । त्यसको पश्चिममा मन्दिर छ । झण्डै पाँच दशक अघि स्थापना भएको शिद्वेश्वर शिव मन्दिरमा विभिन्न समयमा धार्मिक मेला संचालन हुने गरेका छन । मन्दिरमा महाशिवरात्रीका साथै कृष्णपञ्चमी, चैते दशै,साउनमा शिव पुराण लगायत विभिन्न धार्मिक पर्वतिथिमा मेला एव धार्मिक गतिबिधी संचालन हुँदै आएका छन ।

मन्दिरका कार्ववाहक पुजारी यज्ञराज जोशीले नजिकै छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गरेको बताए । ‘हाम्रो यहाँ स्थानीय मात्र नभई छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गरेका छन, ‘उनले भने, ‘शिवरात्री सहितका अन्य मेला धार्मिक पर्वमा मात्र नभई अरु बेलमा समेत पुजा आजा गर्न आउँछन ।’

बेलौरीको शिद्वेश्वर शिव मन्दिर धार्मिक पर्यटकिय केन्द्र बन्दै तर, धार्मिक पर्यटकिय गन्तव्यका लागि सरकारको चासो सुन्य रहेको पाईन्छ । विस २०२८ सालतिर बालब्रम्हमचारी सिताराम दासले मन्दिर स्थापना गरेका थिए । सोही बेलादेखि मन्दिरमा महाशिवरात्री सहितका धार्मिक मेला पर्वहरु लाग्ने गरेका छन । गाँउकै स्थानीयले अन्य ठाँउभन्दा शिवनगरमै मेला अवलोकनका लागि आउने गरेको पाईन्छ । मन्दिरमा मेला मात्र नभई विवाह, व्रर्तबन्धका कामकाज समेत हुने गरेका छन ।

धार्मिक पर्यटकिय गन्तव्यको आस्थाको केन्द्र बनिरहेका बेला देशका तीन सरकार भएपनि कुनैपनि सरकारले पर्यटन विकासका लागि यथोचित सहयोग नगरेको स्थानीयको गुनासो छ । बेलौरीका स्थानीय मनराज उपाध्यायले धार्मिक पर्यटकिय केन्द्र शिद्देश्वर शिव मन्दिरको बृद्धि विकासका लागि सरकारी निकायबाट सहयोग नभएको बताए । ‘यो मन्दिर कञ्चनपुरकै पुरानो मन्दिरका रुपमा पर्छ, ‘उनले भने, ‘तर सरकारी निकायले धार्मिक पर्यटकिय केन्द्र भन्दै अरु ठाँउमा बजेट दिन्छ, जहाँ धार्मिक पर्यटकिय गन्तव्य छ, त्यहाँ वास्ता गदैन ।’


शिद्वेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रशाद जोशीले मन्दिरको भौतिक बृद्धि विकासका लागि समितिले सरकारी तथा निजी क्षेत्रमा पहल अघि बढाएको बताए । ‘हामीले धार्मिक पर्यटकिय गन्तव्यकै रुपमा विकास गराउनका लागि पहल अघि बढाएका छौँ, ‘उनले भने, ‘यस अघि स्थानीय स्तरमै मिलेर भवन निर्माण गरेका थियौँ, थपका लागि प्रदेश सरकारसंग माग गरेका छौँ ।’

मन्दिर क्षेत्रमा यज्ञसाला, सत्सग भवन निर्माण भएको बताउदै अध्यक्ष जोशीले आन्तरिक आम्दानीका लागि व्यवसायिक भवन र विवाह मण्डप बनाईने बताए । अध्यक्ष जोशीले स्थानीय, प्रदेश सरकारले शिद्देश्वर शिव मन्दिरलाई पनि धार्मिक पर्यटकिय गन्तव्यमा राखेर प्रचारप्रसारमा जोडदिए । शिव मन्दिरलाई समेत सरोकारवाला निकायसले प्राथमिकतामा राखेर बृद्धि विकासका लागि चासो दिनुपर्ने अध्यक्ष जोशीको आग्रह छ ।

  • 58
    Shares

ताजा समाचार

वाईसियल कञ्चनपुर ब्यूँतियो ः गैर कानुनी गतिबिधी बिरुद्ध आगो भएर सफाया दिने

दिपेन्द्र कार्की नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र निकट योङ्ग कम्यूनिष्ट(लिग) वाईसियल कञ्चनपुर ब्यूँतिएको छ । एमाले माओवादी एक हुँदा युवा संघमा परिणत भएको वाईसियल सर्वोच्चको...

सुदूरपश्चिमका विद्यालय पनि चार दिन बन्द हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक...

अपाङ्गता अभिभावक समाज नेपालको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, अपाङ्गता भएका व्यक्तिहरु लाई मध्यनजर गर्दै चन्दागिरी नगरपालिका वडा न.१० को आर्थिक सहयोगमा अपाङ्गता अभिभावक समाज नेपालको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको...

ओली निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको भेला

कञ्चनपुर, नेकपा एमाले ओली निकट राष्ट्रिय युवा सघ कञ्चनपुरको भेला शुरु भएको छ । शुक्रबार महेन्द्रनगरका राष्ट्रिय युवा सघ कञ्चनपुरको भेला शुरु भएको हो ।...
5,585LikesLike
14FollowersFollow