Sunday, February 21, 2021
गृहपृष्ठ समाचार सञ्चारकर्मीहरु संग अन्तरसंवाद कार्यक्रम

सञ्चारकर्मीहरु संग अन्तरसंवाद कार्यक्रम

कञ्चनपुर,
कञ्चनपुर जिल्लामा रहेका सञ्चारकर्मीहरु संग एक दिने अन्तर संवाद कार्यक्रमको आयोजना गरिएको छ।
युएनडिपीको सहयोगमा नेपाल राष्ट्रिय अपाङ्ग महासंघ को आयोजनामा नीति नियम र अपमानजनक शब्द लाई कसरी सम्मानजनक शब्दको आधारमा समाचार सम्प्रेषण गर्ने र अपाङ्गता भएका व्यक्तिहरुको निति र कानुनमा समावेश भन्ने मुलभुत विषयक मा आधारित रहि अन्तरसंवाद कार्यक्रम गरिएको राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र खडायतले बताउनु भो।महामारी पछि अपाङ्गता भएका व्यक्तिहरुले भोग्नु परेका समस्या लाई मध्यनजर गर्दै कार्यक्रममा नीति नियम र अपाङ्गता भएका व्यक्तिको हक अधिकारका बारेमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक डा.यज्ञ राज पाण्डेयले प्रस्तुतीकरण दिनु भएको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष खडायले भने,’अपाङ्गता भएका व्यक्तिको हक अधिकारको बारेमा सधै अग्रसर रहने र अहिले आएर सरकारले समावेशी र समानता ,समताका आधारमा नहेरेको र पछिल्लो समयमा आरक्षण अपाङ्गताको कोटामा ५ प्रतिशत बाट भएन भनेर ३ प्रतिशतमा झार्दा यो एउटा अपाङ्गता भएका व्यक्तिको कोटोमा अन्याय भएको छ।’ यस विषय बारेमा सम्बन्धित सरोकारवालाको तत्काल ध्यानाकर्षण हुनु जरुरी देखिन्छ ।कार्यक्रमका सभापति राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र खडायत ,प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर उपाध्यक्ष दुर्गा उपाध्याय ,एनएनएसडब्लुए अध्यक्ष अशोक बिक्रम जैरु ,सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक डा .यज्ञ राज पाण्डेय ,राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका प्रशासकीय अधिकृत प्रीया खड्का लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो भने उक्त महासंघ का कार्यबाहक सचिब भवेन्द्र सिङ ले कार्यक्रम संचालन गर्नु भएको थियो।

ताजा समाचार

सञ्चारकर्मीहरु संग अन्तरसंवाद कार्यक्रम

कञ्चनपुर, कञ्चनपुर जिल्लामा रहेका सञ्चारकर्मीहरु संग एक दिने अन्तर संवाद कार्यक्रमको आयोजना गरिएको छ। युएनडिपीको सहयोगमा नेपाल राष्ट्रिय अपाङ्ग महासंघ को आयोजनामा नीति नियम र अपमानजनक...

बेलौरीका चक्र कठायत सफल उखु किसान ३२ विगाहमा उखुखेती बार्षिक ७५ लाखको उखु बेच्दै

पहिलाद राना/कञ्चनपुर, बेलौरी नगरपालिका १० सडकघाट (नेपाल–भारत) कञ्चनपुरको सीमा क्षेत्र हो । सीमा क्षेत्रमा अनेकन विवाद आईरहन्छन । त्यसको प्रत्यक्ष असर किसानलाई पर्छ । सीमा...

सोमबार प्रधानमन्त्री ओली कञ्चनपुर आउँदै

कृष्ण नेपाली भोली सोमबार प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर आउने भएका छन । बेदकोट नगरपालिका २ र ३मा छेला औद्योगिक क्षेत्रको शिलान्यास र बैजनाथ माविको...

स्पाइनल इन्जरी नेटवर्क नेपालद्धारा भर्चुअल तालिम 

कञ्चनपुर, विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस कोभिड -१९ को सन त्रास एक पछि अर्को रुपमा कम हुँदै गए पछी अपांगता भएका व्यक्तिहरुलाई मध्यनजर गर्दै...
4,967LikesLike
14FollowersFollow