Sunday, February 21, 2021
गृहपृष्ठ आर्थिक सोमबार प्रधानमन्त्री ओली कञ्चनपुर आउँदै

सोमबार प्रधानमन्त्री ओली कञ्चनपुर आउँदै

कृष्ण नेपाली
भोली सोमबार प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर आउने भएका छन । बेदकोट नगरपालिका २ र ३मा छेला औद्योगिक क्षेत्रको शिलान्यास र बैजनाथ माविको भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली कञ्चनपुर आउन लागेका हुन ।

नेकपा ओली पक्षीय केन्दीय सदस्य तथा संविधान सभा सदस्य कृपाराम रानाले प्रधानमन्त्री ओलीले मुख्य गरेर छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नेका लागि आउने कार्यक्रममा जडेपानीमा रहेको बैजनाथ नमुना विद्यालयको समेत नवनिर्मित भवन उद्घाटन गर्न लगाउने बताए ।

‘दशकौँपछि कम्यूनिष्ट ओली नेतृत्वको सरकारले छेला औद्योगिक क्षेत्र बनाउने भएको छ, ‘संविधान सभा सदस्य रानाले भने, ‘यो ऐतिहासिक अवसर हो, अब यस क्षेत्रको विकासपनि हुन्छ ।’ प्रधानमन्त्री कञ्चनपुर आउने भएपछि कार्यक्रम स्थल लगायतको क्षेत्रमा तयारी भईरहेको उनले बताए । प्रधानमन्त्रीसंगै उद्योग पर्यटन तथा वाणिज्यमन्त्री लेखराज भट्ट लगायतका अन्य मन्त्रीसमेत कञ्चनपुर आउने भएका छन ।

यस अघि पनि पटक पटक मन्त्री भट्टले औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गर्दै आएका थिए । यस क्षेत्रका नेता, जनप्रतिनिधी एव स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधीले छेला औद्योगिक क्षेत्रको विकासका लागि पहल गर्र्दै आएका थिए । प्रंधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्तमसंगै विकासको क्रान्तिकारी छर्लाङ मार्ने ओली पक्षीय नेताहरुको भनाई छ ।

प्रधानमन्त्री सिधै हेलिकेप्टरबाट कार्यक्रम स्थल आउने भएपनि नेकपा स्थानीय पार्टी समेत कार्यक्रममा जुटेकोछ । नेकपा बेदकोट नगर अध्यक्ष एव ओली पक्षीय नेता लाल परियारले सम्माननिय प्रधानमन्त्री कञ्चनपुर आउने भएपछि सिङ्गो पार्टी हर्षित भएको बताए । उनका अनुसार नेकपा ओली पक्षीय युवा नेता बेदकोटका अगुवा सुभास पन्तको नेतृत्वमा युवा स्वयमसेवक परिचालन टिम परिचालन हुने बताए ।

बेदकोटभरीबाट जनताको सहभागिता गराईने छ । प्रधानमन्त्री कञ्चनपुर आउने भएपछि प्रशासन सुरक्षा निकाय एव आयोजक, नेताहरु केहीदिनदेखि कार्यक्रम स्थलमा खटिएका छन ।

ताजा समाचार

सोमबार प्रधानमन्त्री ओली कञ्चनपुर आउँदै

कृष्ण नेपाली भोली सोमबार प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर आउने भएका छन । बेदकोट नगरपालिका २ र ३मा छेला औद्योगिक क्षेत्रको शिलान्यास र बैजनाथ माविको...

स्पाइनल इन्जरी नेटवर्क नेपालद्धारा भर्चुअल तालिम 

कञ्चनपुर, विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस कोभिड -१९ को सन त्रास एक पछि अर्को रुपमा कम हुँदै गए पछी अपांगता भएका व्यक्तिहरुलाई मध्यनजर गर्दै...

बेदकोट नगरपालिकाद्धारा नगरका मुख्य बजार सडकमा डिभाइडर लगाउदै

कञ्चनपुर, दिनप्रतिदिन एका-एक सडक दुर्घटना बढ्न थाले पछि दुर्घटना लाई मध्यनजर गर्दै त्यसको न्यूनीकरणको र रोकथामका लागि बेदकोट नगरपालिकाद्धारा प्रजातन्त्र दिवसको अवसरमा डिभाइडर राख्ने काम...

लम्की चुहामा ट्रकको ठक्कर बाट गम्भीर घाइते भएका दुबैको मृत्यु

कैलाली, कैलालीको लम्कीचुहामा मोटरसाइकल लाई ट्रकले ठक्कर दिदा मोटरसाइकल सवार दुबै जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१० चुहा बजार नजिकै ना ५ ख ८४०६ नम्बरको...
4,967LikesLike
14FollowersFollow