कञ्चनपुर,
दिनप्रतिदिन एका-एक सडक दुर्घटना बढ्न थाले पछि दुर्घटना लाई मध्यनजर गर्दै त्यसको न्यूनीकरणको र रोकथामका लागि बेदकोट नगरपालिकाद्धारा प्रजातन्त्र दिवसको अवसरमा डिभाइडर राख्ने काम गरेको छ।
शुक्रबार एक कार्यक्रमका साथ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा बेदकोट नगरपालिका द्वारा नगरपालिकाका मुख्य बजारका सडक चोक चोकमा डिभाइडर राख्ने कार्यको थालनी सुरु गरेको हो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, सशस्त्र प्रहरीका एसपी , राष्ट्रिय अनुसन्धान आयोगका एसपी , नेपाली सेना अधिकृतले सयुक्त रुपमा कञ्चनपुर जिल्ला ट्राफिक प्रहरी ईन्सपेक्टर लाई डिभाइडर हस्तान्तरण गरि प्रजातन्त्र दिवस मनाएको छ।