Thursday, April 1, 2021
गृहपृष्ठ मनोरञ्जन सुदूरपश्चिम प्रदेश फुटबल लिग भोलि देखि सुरु, कैलाली जिल्ला लिग च्याम्पियन स्टार...

सुदूरपश्चिम प्रदेश फुटबल लिग भोलि देखि सुरु, कैलाली जिल्ला लिग च्याम्पियन स्टार सिटि र कञ्चनपुर जिल्ला लिग च्याम्पियन दिपज्योती युवा क्लब भिड्ने

  • 36
    Shares
कञ्चनपुर,
सुदूरपश्चिम प्रदेश(कैलाली-कञ्चनपुरमा) प्रथम सुदूरपश्चिम लिग प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कञ्चनपुरको महेन्द्रनगर र कैलालीको धनगढीमा प्रथम सुदूरपश्चिम फुटबल लिग प्रतियोगिता हुने भएको हो ।
अखिल नेपाल फुटबल संघ(एन्फा)को कार्यतालिका अनुरुप २०७६ सालमा जिल्ला लिग च्याम्पियन दुवै जिल्लाका उत्कृष्ठ टिमविच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल महेन्द्रनगरको खुला मञ्च र समापन कैलाली धनगढीमा हुने आयोजकले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव अमृत शाहले गत बर्ष लिग च्याम्पियन टिमविच लिग खेल हुने बताए । नेशनल लिगको तयारीका लागि टिम छनौट जस्तै खेल हुने बताउदै महासचिव शाहले जिल्लाबाट विजेता टिमले ‘एन्फा प्रिन्सिडेन्ट कप’मा सहभागि हुन पाउनेछ । कञ्चनपुरबाट दिपज्योती युवा क्लब र कैलालीबाट निसर्ग स्टारसिटी युवा क्लबविच ‘होम एण्ड अवेय’ प्रतियोगिता हुनेछ ।
सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले एन्फामा आबद्ध भएका जिल्लाबाट मात्रै प्रतियोगिता गराएर टिम छनौट गरिने बताए । बुधबार एक कार्यक्रमका विच कञ्चनपुरको दिपज्योति युवा क्लबका तर्फबाट अध्यक्ष गणेश धानुक, टिम क्याप्टेन विकास सिह महता कैलालीको निसर्ग स्टार सिटी युथ क्लबका तर्फबाट अध्यक्ष कुमार ब. शाही टिम क्याप्टेन कुँवेर सिहले टिसर्ट प्रंस्तुत गरेका थिए ।
दिपज्योती युवा क्लबका अध्यक्ष गणेश धानुकले प्रतियोगिताका पुरै तयारी पुरा भएको बताए । अध्यक्ष धानुकले भीमदत्त नगरपालिका ७ नम्बर वडा कार्यालय, भीमदत्त नगरपालिका र सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगले सहयोग गरेको बताए । फुटबल संघ कञ्चनपृुरका अध्यक्ष गणेश चन्दले प्रतियोगिताबाट एन्फाबाट तीन लाख सहयोग आउने बताए । प्रतियोगितामा विजेता टिमलाई उचित सम्मान गरिने छ ।
  • 36
    Shares

ताजा समाचार

वाईसियल कञ्चनपुर ब्यूँतियो ः गैर कानुनी गतिबिधी बिरुद्ध आगो भएर सफाया दिने

दिपेन्द्र कार्की नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र निकट योङ्ग कम्यूनिष्ट(लिग) वाईसियल कञ्चनपुर ब्यूँतिएको छ । एमाले माओवादी एक हुँदा युवा संघमा परिणत भएको वाईसियल सर्वोच्चको...

सुदूरपश्चिमका विद्यालय पनि चार दिन बन्द हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक...

अपाङ्गता अभिभावक समाज नेपालको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, अपाङ्गता भएका व्यक्तिहरु लाई मध्यनजर गर्दै चन्दागिरी नगरपालिका वडा न.१० को आर्थिक सहयोगमा अपाङ्गता अभिभावक समाज नेपालको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको...

ओली निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको भेला

कञ्चनपुर, नेकपा एमाले ओली निकट राष्ट्रिय युवा सघ कञ्चनपुरको भेला शुरु भएको छ । शुक्रबार महेन्द्रनगरका राष्ट्रिय युवा सघ कञ्चनपुरको भेला शुरु भएको हो ।...
5,585LikesLike
14FollowersFollow