Friday, February 5, 2021
गृहपृष्ठ जिवनशैली झिलमिला विअोपी द्वारा अबैध कुखुराका चल्ला बरामद गरि नष्ट

झिलमिला विअोपी द्वारा अबैध कुखुराका चल्ला बरामद गरि नष्ट

  • 39
    Shares

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.५ मा रहेको झिलमिला बिअोपीले सिमा क्षेत्रबाट नेपाल भित्र्याउन लागेका अबैध कुखुराका चल्ला बरामद गरि नष्ट गरेको छ ।

अाज बिहान ९ बजे तिर बैवाह कालो पुलिया क्षेत्रबा तस्करले तस्करी गरि ल्याउदै गरेको बेला झिलमिला बिअोपी प्रमुख योगेन्द्र भण्डारीको नेतृत्वमा खटिएको गस्ती टोलिले नियन्त्रणमा लिएको जनाईएको छ ।

सशस्त्र प्रहरी निरीक्षक भण्डारीका अनुसार खुल्ला सिमा नाकाबाट १०० पिस जति चल्ला भित्र्याउदै गर्दा गस्ती टोलीलाई देखेर तस्कर फरार भएको र अाफ्नो नेतृत्वमा रहेको टोलीले अबैध चल्ला नियन्त्रणमा लिई पशु क्वारेन्टाइनका सिद्धराज भट्ट, स्थानिय जनप्रतिनिधि, स्थानीय बासिन्दा, पत्रकारको रहोबरमा नष्ट गरिएको बताए ।

खुल्ला सिमाका कारण बेला बेलामा यस्ता घटनाहरू दोहोरिने गरेको पाईन्छ । नेपालको भन्दा भारतबाट चल्ला ल्याउन सस्तो पर्ने हुनाले सिमा क्षेत्रका कुखुरा व्यवसायीहरू यसमा संलग्न रहेको एक अध्ययनले देखाउछ । यसलाई नियन्त्रण गर्न सरकारले चल्ला गुणस्तरीय र सस्तोमा दिने व्यवस्था गरे नियन्त्रण हुने स्थानीय बताउछन् । 

  • 39
    Shares

ताजा समाचार

दैजी-बेलडाँडी सडक खण्डमा बँदेल र माेटरसाईकल ठोकिदा दुई जना घाईते, बदेलकाे मृत्यु

बेलडाँडी , कञ्चनपुरकाे दैजी बेलडाँडी सडक खण्ड अन्तरगत क्याम्प देखि भित्र शुक्लाफाँटा राष्ट्रिय निकुञजमा जंगलि बँदेल संग माेटरसाईल ठाेक्किदा बदेलकाे घटना स्थलमा मृत्यु भएकाे छ,...

झिलमिला विअोपी द्वारा अबैध कुखुराका चल्ला बरामद गरि नष्ट

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.५ मा रहेको झिलमिला बिअोपीले सिमा क्षेत्रबाट नेपाल भित्र्याउन लागेका अबैध कुखुराका चल्ला बरामद गरि नष्ट गरेको छ...

नेपाल बन्द सफल भएको प्रचण्ड–नेपाल समूहको दाबी, आन्दोलनमा गोलबन्द हुन अपिल

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले नेपाल बन्द सफल भएको दाबी गरेको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति...

आधारभूत स्वास्थ्य इकाई उद्घाटन

 खडक रावल कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका २ मा आधारभूत स्वाथ्य इकाईको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका विच आधारभूत स्वास्थ्य इकाई उद्घाटन गरिएको हो । दोधाराचाँदनीका...
4,967LikesLike
14FollowersFollow