Friday, February 5, 2021
गृहपृष्ठ जिवनशैली बीच सडकमै बन्दकर्ताको भोज

बीच सडकमै बन्दकर्ताको भोज

  • 32
    Shares

काठमाण्डु,

नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालको उपत्यकामा आंशिक प्रभाव परेको छ । उपत्यकाका मुख्य सडकमा नेता तथा कार्यकर्ता सडकमा उत्रिएका छन् भने प्रहरीले अवरोध खुलाइरहेको छ ।

हिजो अस्तिको तुलनामा आज सवारीसाधनहरु कम चलेका छन् भने पसलहरु छिटपुटरुपमा मात्रै खुलेका छन् । प्रचण्ड–नेपाल समूहको आमहड्तालका क्रममा कोटेश्वर–जडिबुटी सडकखण्ड अवरूद्ध भएको छ ।

सडकमा अवरोध सिर्जना गर्नेलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ तर, कोटेश्वरमा भने फरक दृश्य देखिएको छ । हड्ताल सफल बनाउन आएकोहरुलाई कोटेश्वर चोकमा खानाको व्यवस्था गरिएको छ । सडक बीचमै खाना पाक्दैछ ।

बिच सडकमा ग्यासमा खाना पाक्दै गर्दा बन्दकर्ताले सवारी अवरोध गरिरहेका छन् । काठमाण्डुमा बन्द सफल पार्न निस्किएका कार्यकर्ताहरु सडकमै बसिरहेको पनि देख्न सकिन्छ । हडतालका लागि सडकमा आएका कार्यकर्तालाई चाउचाउ, चिउरा र पानीको व्यवस्था गरिएको छ ।

ती स्थानमा सर्वसाधारण, अत्यावश्यक सेवाका सवारीसाधन र पत्रकारलाई पनि रोक लगाइएको छ । सो क्षेत्रमा प्रहरीले सर्वसाधारणलाई अवरोध गरी भित्री बाटोबाट ‘डाइभर्ट’ गराएको छ ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हड्ताल आयोजना गरेको हो ।

  • 32
    Shares

ताजा समाचार

दैजी-बेलडाँडी सडक खण्डमा बँदेल र माेटरसाईकल ठोकिदा दुई जना घाईते, बदेलकाे मृत्यु

बेलडाँडी , कञ्चनपुरकाे दैजी बेलडाँडी सडक खण्ड अन्तरगत क्याम्प देखि भित्र शुक्लाफाँटा राष्ट्रिय निकुञजमा जंगलि बँदेल संग माेटरसाईल ठाेक्किदा बदेलकाे घटना स्थलमा मृत्यु भएकाे छ,...

झिलमिला विअोपी द्वारा अबैध कुखुराका चल्ला बरामद गरि नष्ट

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.५ मा रहेको झिलमिला बिअोपीले सिमा क्षेत्रबाट नेपाल भित्र्याउन लागेका अबैध कुखुराका चल्ला बरामद गरि नष्ट गरेको छ...

नेपाल बन्द सफल भएको प्रचण्ड–नेपाल समूहको दाबी, आन्दोलनमा गोलबन्द हुन अपिल

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले नेपाल बन्द सफल भएको दाबी गरेको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति...

आधारभूत स्वास्थ्य इकाई उद्घाटन

 खडक रावल कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका २ मा आधारभूत स्वाथ्य इकाईको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका विच आधारभूत स्वास्थ्य इकाई उद्घाटन गरिएको हो । दोधाराचाँदनीका...
4,967LikesLike
14FollowersFollow