Friday, February 5, 2021
गृहपृष्ठ दैनिक गतिविधी भारतसँग जोडिएका सुदूरपश्चिमका सबै नाका आजदेखि खुला

भारतसँग जोडिएका सुदूरपश्चिमका सबै नाका आजदेखि खुला

  • 132
    Shares

कञ्चनपुर,
सरकारले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमानाका  अाज शुक्रबारदेखि खुला गरेको छ।

मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गरिएको जनाएको छ। मन्त्रालयका अनुसार कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको हो।

नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन्। तर सीमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जनाएको छ।

सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो।

त्यसपछि बीचमा सीमा नाकाको आवागमनलाई केही सहज बनाइएकोे भएपनि भारतीय नागरिकलाई प्रवेश अनुमती दिइएको थिएन।

  • 132
    Shares

ताजा समाचार

दैजी-बेलडाँडी सडक खण्डमा बँदेल र माेटरसाईकल ठोकिदा दुई जना घाईते, बदेलकाे मृत्यु

बेलडाँडी , कञ्चनपुरकाे दैजी बेलडाँडी सडक खण्ड अन्तरगत क्याम्प देखि भित्र शुक्लाफाँटा राष्ट्रिय निकुञजमा जंगलि बँदेल संग माेटरसाईल ठाेक्किदा बदेलकाे घटना स्थलमा मृत्यु भएकाे छ,...

झिलमिला विअोपी द्वारा अबैध कुखुराका चल्ला बरामद गरि नष्ट

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.५ मा रहेको झिलमिला बिअोपीले सिमा क्षेत्रबाट नेपाल भित्र्याउन लागेका अबैध कुखुराका चल्ला बरामद गरि नष्ट गरेको छ...

नेपाल बन्द सफल भएको प्रचण्ड–नेपाल समूहको दाबी, आन्दोलनमा गोलबन्द हुन अपिल

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले नेपाल बन्द सफल भएको दाबी गरेको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति...

आधारभूत स्वास्थ्य इकाई उद्घाटन

 खडक रावल कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका २ मा आधारभूत स्वाथ्य इकाईको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका विच आधारभूत स्वास्थ्य इकाई उद्घाटन गरिएको हो । दोधाराचाँदनीका...
4,967LikesLike
14FollowersFollow