Saturday, February 6, 2021
गृहपृष्ठ आर्थिक साढे चार हजार आरक्षपीडितलाई माईती नेपालद्वारा पोषिलो खाना खुवाईयो

साढे चार हजार आरक्षपीडितलाई माईती नेपालद्वारा पोषिलो खाना खुवाईयो

  • 60
    Shares

पहिलाद राना,
झण्डै दुई दशक अघि शुक्लाफाँटा बन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित गराईएका नागरिकको अझै पुर्नस्थापना गरेको छैन । सरकारले ०५८ सालमा संकटकालको मौका छोपी विस्थापित गराएका पीडितको अझैपनि पुर्नस्थापना भएको छैन । तत्तकालिन काँग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले विस्थापन गरेका पीडितको अझै पुर्नस्थापना भएको छैन । लालझाडी गाँउपालिका ६ देखतभूली ढक्का शिबिरमा बस्दै आएका आरक्ष पीडितलाई माईती नेपाल माईती नेपाल कञ्चनपुरले पोषिलो खाना खुवाएको छ । पहिलो चरणमा दुई हजार ५ सय र दोस्रो चरणमा २ हजार गरि साढे चार हजार आरक्षपीडितका महिला, बालबालिकालाई खाना खुवाएको हो ।

माईती नेपाले आफैले खाना पकाएर पीडितकै बस्तीमै लगेर भात, दाल, तरकारी, सुद्धखानेपानी, हरियो साग सहितको पोषिलो खाना खुवाईरहेको छ ।
माईती नेपाल कञ्चनपुरले ढक्का शिबिरमै दैनिक २ सय ५० आरक्षपीडित नागरिकलाई खाना खुवाएको हो । पहिलो चरणमा १० र दोस्रो चरणमा ८ दिन खाना खुवाएको हो ।

कोरोना कहरबाट उत्पन्न आर्थिक समाजिक समस्यालाई मध्य नजर गर्दै विपन्न आरक्षपीडित बस्तीका महिला बालबालिकालाई बेचबिखनबाट जोगिनका लागि समेत सचेतना गराईरहेको छ ।

माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले दुई चरणमा आरक्षपीडितमा खाना खुवाएको बताए ।
‘हामीले दोस्रो चरण अन्र्तरगत २ माघदेखि आरक्षपीडित बस्तीमा खाना खुवाईरहेका थियौँ, ‘उनले भनिन, ‘आठदिनसम्म दुई हजार नागरिकलाई खाना खुवाए ।
श्निबार एक कार्यक्रमका विच पोषिलो खाना खुवाउने कार्यक्रम समापन गरिएको छ ।

कार्यक्रममा शुक्लाफाँटा नगरपालिका १२ वडाअध्यक्ष बाले रानाले माईती नेपालको कार्यक्रम समाजिक भएको बताए । बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष अम्मर खत्रीले कोही मान्छे अपराध गरेर जेलको जन्मकैद काटेर पनि घर फर्किदासम्म आरक्षपीडितको समस्या जस्ताको तेस्तै रहेको बताए ।

बेलौरी नगरकी उप प्रमुख चित्रा चौधरीले सरकारले नसकेको काम माईती नेपालले गरेको टिप्पणी गरिन । बेलडाँडी गाँउपालिका प्रमुख धन ब. थापाले राज्यले आरक्षपीडितको पुर्नस्थापना गर्न नसकेको अवस्थामा माईती नेपालबाट पीडितका लागि अतुलनिय काम भएको टिप्णी गरे ।

खानासंगै तीन सय महिला, गर्भवती महिलालाई उच्चस्तरिय स्वास्थ्य सुरक्षा समाग्री र बालबालिकालाई सर्वोत्तम पिठो खुवाईरहेको संयोजक भट्टले बताईन । सामुदायिक भान्सा मार्फत माईती नेपालले विपन्न नागरिकलाई दोस्रो चरणमा खाना खुवाईरहेको संयोजक भट्टले बताईन । ‘पहिलो चरणको सफलतापुर्वक पोषिलो खाना खुवाउने कार्यक्रम सकिएसंगै दोस्रो चरणमा पनि शुरु गरेका छौँ, ‘माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले भनिन, ‘यस चरणमा अघिल्लो भन्दा फरक छ ।’ यस अघि लकडाउनले रोजगारी गुएका कञ्चनपुरका साढे १४ हजार नागरिकलाई पोषिलो खाना खुवाएको माईती नेपालले फेरी दोस्रो चरणको खाना खुवाउने अभियान अन्र्तरगत १५ हजार विपन्नलाई खाना खुवाएको छ ।

पहिलो चरणमा लकडाउनका कारण समस्यामा परेका गर्भवति महिला, जेष्ठ नागरिक, बालबालिका दैनिक ज्यालादारी, मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका समस्यामा परेका परिवारका लागि सामुदायिक रुपमा खाना खुवाईएको थियो । भने अहिले दलित, विपन्न, एकल महिला, अपाङ्गता एव आर्थिक रुपमा अति विपन्न दैनिक हातमुख जोर्न समस्या भएका भाडामा बस्ने, दैनिक मजदुर गर्ने परिवारका सदस्यलाई खाना खुवाईने संयोजक भट्टले बताईन् ।

दोस्रो चरणको अभियानमा समेत १५ हजार थाली खाना खुवाईने सयोजक भट्टले बताईन् । बस्तीमै पोषिलो खाना पाएसँगै आरक्षपीडित खुशी भएका छन ।
आरक्षपीडित हरिना लुहारले माईती नेपालको अभियान साँच्चिकै विवाह गरेकी छोरी माईती घर जाँदा जति स्वागत र मिठो मसिनो भोजन खुवाईन्छ, उस्तै तरिकारले कोरोनाबाट समस्यामा परेका महिला र बालबालिकालाई खुवाएको अनुभव पोखिन । ‘हामी विस्तापित भएको दुई दशक भयो, ‘उनले भनिन, ‘पहिले जमिन हुँदा अन्नपानी हुन्थ्यो, अहिले छैन, त्यही भएर यो विचमा मिठो मसिनो खान पाएका थिएनौँ, अहिले पाएका छौँ ।’ आरक्षपीडित संघर्ष समितिका संयोजक हिरासिह भण्डारीले माईती नेपालको अभियानबाट बस्तीमा नागरिक हर्षित भएको बताए । ‘हामी विस्थापित भएदेखि हामीलाई राज्यले हेरेको छैन, ‘उनले भने, ‘राज्यले नहेरेपनि माईती नेपालले हाम्रो पीडा बुझिदियो ।’

मानव बेचबिखन रोकथमका लागि सीमा क्र्षेत्रमा खटिएर निरन्तर निगरानी एव रोकथामका लागि कार्य गर्दै आएको माईती नेपालले कोरोना कहरका बेला खाना खुवाउने समाजिक अभियानबाट स्थानीय सरोकारवाला निकाय माईती नेपालको कार्यबाटे प्रसंसित भएका छन ।माईती नेपालको कामबाट पीडित हर्षित भएका छन । 

  • 60
    Shares

ताजा समाचार

संसद विघटन बिरुद्धमा काँग्रेसका शुभेच्छुक संघ संगठनद्वारा बिरोध प्रर्दशन

कञ्चनपुर, संसद विघटन बिरुमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिवार कञ्चनपुरमा बिरोध प्रर्दशन गरेका छन । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता जनक सिह धामीले प्रनिनिधि सभा विघटन...

ससद विघटन बिरुद्धमा काँग्रेसका शुभेच्छुक संघ संगठनद्वारा बिरोध प्रर्दशन

संसद विघटन बिरुदमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिवार कञ्चनपुरमा बिरोध प्रर्दशन गरेका छन । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता जनक सिह धामीले प्रनिनिधि सभा...

बेलडाँडी दिगो बिकासका निम्ति अध्यक्ष, उपाध्यक्षको टोली संघीय राजधानीमा

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका दिगो विकासका लागि अध्यक्ष, उपाध्यक्ष लगायतको टोली संघीय राजधानी सिंहदरबार पुगेको छ । बेलडाँडीको दिगो बिकासका निम्ति अध्यक्ष धन बहादुर...

शंकरपुर प्रहरीद्वारा अबैध बोइलर कुखुरा बरामद

बेलडाँडी, लालझाडी गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालयको गस्ती टोलीले अबैध बोइलर कुखुरा बेवारिसे अवस्थामा फेला पारेको छ । प्र.स.नि. धन सिंह धामीको कमाण्डमा खटिएको गस्ती टोलिले...
4,967LikesLike
14FollowersFollow