Friday, February 5, 2021
गृहपृष्ठ आर्थिक माईती नेपाल आरक्षपीडित नागरिकलाई पोषिलो खाना खुवाउदै

माईती नेपाल आरक्षपीडित नागरिकलाई पोषिलो खाना खुवाउदै

  • 28
    Shares

खडक कोली/कञ्चनपुर
माईती नेपालले कञ्चनपुरका आरक्षपीडित नागरिकलाई पोषिलो खाना खुवाईरहेको छ । माईती नेपाल माईती नेपाल कञ्चनपुरले लालझाडी गाँउपालिका ६ देखतभूली ढक्का शिबिरमा बस्दै आएका आरक्षपीडितलाई पोषिलो खाना खुवाईरहेको हो ।
माईती नेपाले आफैले खाना पकाएर पीडितकै बस्तीमै लगेर भात, दाल, तरकारी, सुद्धखानेपानी, हरियो साग सहितको पोषिलो खाना खुवाईरहेको छ ।
माईती नेपाल कञ्चनपुरले ढक्का शिबिरमै दैनिक २ सय ५० आरक्षपीडित नागरिकलाई खाना खुवाउनुका साथै कोरोना कहरका बेला स्वास्थ्य सावधानी बारे सचेतना गराईरहेको छ । कोरोना कहरबाट उत्पन्न आर्थिक समाजिक समस्यालाई मध्य नजर गर्दै विपन्न आरक्षपीडित बस्तीका महिला बालबालिकालाई बेचबिखनबाट जोगिनका लागि समेत सचेतना गराईरहेको छ । माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले चारदिनदेखि नियमित बस्तीमा खाना खुवाईरहेको बताईन । ‘हामीले २ माघदेखि आरक्षपीडित बस्तीमा खाना खुवाईरहेका छौँ, ‘उनले भनिन, ‘आठदिनसम्म दुई हजार नागरिकलाई खाना खुवाउँछौँ ।’ खानासंगै महिला, गर्भवती महिलालाई उच्चस्तरिय स्वास्थ्य सुरक्षा समाग्री र बालबालिकालाई सर्वोत्तम पिठो खुवाईरहेको संयोजक भट्टले बताईन । सामुदायिक भान्सा मार्फत माईती नेपालले विपन्न नागरिकलाई दोस्रो चरणमा खाना खुवाईरहेको संयोजक भट्टले बताईन । ‘पहिलो चरणको सफलतापुर्वक पोषिलो खाना खुवाउने कार्यक्रम सकिएसंगै दोस्रो चरणमा पनि शुरु गरेका छौँ, ‘माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले भनिन, ‘यस चरणमा अघिल्लो भन्दा फरक छ ।’ यस अघि लकडाउनले रोजगारी गुएका कञ्चनपुरका १४ हजार नागरिकलाई पोषिलो खाना खुवाएको माईती नेपालले फेरी दोस्रो चरणको खाना खुवाउने अभियान अन्तिम चरणमा पुगेको छ ।
पहिलो चरणमा लकडाउनका कारण समस्यामा परेका गर्भवति महिला, जेष्ठ नागरिक, बालबालिका दैनिक ज्यालादारी, मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका समस्यामा परेका परिवारका लागि सामुदायिक रुपमा खाना खुवाईएको थियो । भने अहिले दलित, विपन्न, एकल महिला, अपाङ्गता एव आर्थिक रुपमा अति विपन्न दैनिक हातमुख जोर्न समस्या भएका भाडामा बस्ने, दैनिक मजदुर गर्ने परिवारका सदस्यलाई खाना खुवाईने संयोजक भट्टले बताईन् । दोस्रो चरणको अभियानमा समेत १५ हजार थाली खाना खुवाईने सयोजक भट्टले बताईन् । बस्तीमै पोषिलो खाना पाएसँगै आरक्षपीडित खुशी भएका छन । आरक्षपीडित हरिना लुहारले माईती नेपालको अभियान साँच्चिकै विवाह गरेकी छोरी माईती घर जाँदा जति स्वागत र मिठो मसिनो भोजन खुवाईन्छ, उस्तै तरिकारले कोरोनाबाट समस्यामा परेका महिला र बालबालिकालाई खुवाएको अनुभव पोखिन । ‘हामी विस्तापित भएको दुई दशक भयो, ‘उनले भनिन, ‘पहिले जमिन हुँदा अन्नपानी हुन्थ्यो, अहिले छैन, त्यही भएर यो विचमा मिठो मसिनो खान पाएका थिएनौँ, अहिले पाएका छौँ ।’ आरक्षपीडित संघर्ष समितिका संयोजक हिरासिह भण्डारीले माईती नेपालको अभियानबाट बस्तीमा नागरिक हर्षित भएको बताए । ‘हामी विस्थापित भएदेखि हामीलाई राज्यले हेरेको छैन, ‘उनले भने, ‘राज्यले नहेरेपनि माईती नेपालले हाम्रो पीडा बुझिदियो ।’
मानव बेचबिखन रोकथमका लागि सीमा क्र्षेत्रमा खटिएर निरन्तर निगरानी एव रोकथामका लागि कार्य गर्दै आएको माईती नेपालले कोरोना कहरका बेला खाना खुवाउने समाजिक अभियानबाट स्थानीय सरोकारवाला निकाय माईती नेपालको कार्यबाटे प्रसंसित भएका छन ।

  • 28
    Shares

ताजा समाचार

दैजी-बेलडाँडी सडक खण्डमा बँदेल र माेटरसाईकल ठोकिदा दुई जना घाईते, बदेलकाे मृत्यु

बेलडाँडी , कञ्चनपुरकाे दैजी बेलडाँडी सडक खण्ड अन्तरगत क्याम्प देखि भित्र शुक्लाफाँटा राष्ट्रिय निकुञजमा जंगलि बँदेल संग माेटरसाईल ठाेक्किदा बदेलकाे घटना स्थलमा मृत्यु भएकाे छ,...

झिलमिला विअोपी द्वारा अबैध कुखुराका चल्ला बरामद गरि नष्ट

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.५ मा रहेको झिलमिला बिअोपीले सिमा क्षेत्रबाट नेपाल भित्र्याउन लागेका अबैध कुखुराका चल्ला बरामद गरि नष्ट गरेको छ...

नेपाल बन्द सफल भएको प्रचण्ड–नेपाल समूहको दाबी, आन्दोलनमा गोलबन्द हुन अपिल

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले नेपाल बन्द सफल भएको दाबी गरेको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति...

आधारभूत स्वास्थ्य इकाई उद्घाटन

 खडक रावल कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका २ मा आधारभूत स्वाथ्य इकाईको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका विच आधारभूत स्वास्थ्य इकाई उद्घाटन गरिएको हो । दोधाराचाँदनीका...
4,967LikesLike
14FollowersFollow