Sunday, February 7, 2021
गृहपृष्ठ कला साहित्य दलाल पुजीवादी संसदीय व्यवस्था को दलदलमा प्रचण्ड : कम्युनिस्ट बिचारधारा बाट बिचलित...

दलाल पुजीवादी संसदीय व्यवस्था को दलदलमा प्रचण्ड : कम्युनिस्ट बिचारधारा बाट बिचलित हुँदा संकटमा राजनीतिक भबिस्य

  • 133
    Shares

लोकेश

संसद विघटन संगै नेपाल कम्युनिस्ट पार्टी को आन्तरिक बिवाद र आरोपप्रत्यारोप का बिच मा यतिबेला नेपाल कम्युनिस्ट पार्टी का नेता तथा कार्यकर्ता हरु को राजनीतिक भबिस्य के होला भन्ने चासो को बिषय भएको छ। २०७४ को संसदीय निर्वाचन मा बहुमत का साथ चुनाव जितेर आएको वामगठवन्धन ले देश लाई समृद्धि तिर लैजानु भन्दा पनि जनमतको अपमान हुनेगरी संसद नै विघटन गर्दा यिनिहरु को आगामी दिनहरू को राजनीतिक यात्रा कस्तो होला भन्ने अहिले ठुलो राजनीतिक बहस को बिषय भएको छ। त्यसमा पनि बैशाख १७ र २७ मा हुने भनिएको संसदीय चुनाव मा नेपाल कम्युनिस्ट पार्टी वा प्रचण्ड को राजनीतिक भविस्य कस्तो होला भन्ने बिषय महत्त्वपूर्ण देखिन्छ ।

कस्तो होला प्रचण्ड को राजनीतिक भबिस्य?

साच्चिकै भन्ने हो भने नेपाल कम्युनिस्ट पार्टी का प्रमुख नेता पुष्पकमल दहाल प्रचण्ड को राजनीतिक भबिस्य ओझेल मा परेको देखिन्छ । संघीय लोकतान्त्रिक नेपाल घोषणा भएको एक दशक भइ सक्दा पनि दुई पटक सरकारको नेतृत्व समेत गरेको प्रचण्ड नेतृत्व ले देश भित्र आर्थिक क्रान्ति, बिज्ञान तथा प्रबिधि जस्ता जनता को जनजीवन मा मुलभुत परिवर्तन गर्न सक्ने ठुला योजना हरु कार्यनयन गर्न नसक्दा, कम्युनिस्ट पार्टी देखि खिन्न भएका जनता र अर्कोतिर वर्षौ देखि कम्युनिस्ट आन्दोलन मा लागेका सच्चा कम्युनिस्ट नेता तथा कार्यकर्ता हरु ले अब पनि पुष्पकमल दहाल प्रचण्ड लाई साथ दिन्छन भन्ने सम्भावना न्यून देखिन्छ।

किन प्रचण्ड को राजनीतिक संभावना न्यून छ?

२०६३ यता पुष्पकमल दहाल प्रचण्ड आफ्नो राजनीतिक बिचार बाट बिचलित हुँदै यथास्थितिवादी,परिवर्तन बिरोधी र दलाल पुजीपति बर्ग का अगाडी सरेन्डर हुँदै आइरहेका छन। उहाँ ले कम्युनिस्ट घँषणापत्र का मुलभुत एजेन्डा हरु बिर्सदै जाने क्रम मा,आफ्नो ब्यक्तिगत स्वार्थ र अस्थित्व बचाइराख्न का लागि भएपनि राजनीतिक बिचार हरु नमिल्ने राजनीतिक पार्टी हरु सङ सत्ता साझेदारी गरिरहेका छन भने अर्को तिर वर्षौ देखि कम्युनिस्ट आन्दोलन र दस वर्षे जनयुद्ध मा लागेका नेता कार्यकर्ता हरु लाई एकीकृत गर्न पनि सहज मानिरहेका छैनन । प्रचण्ड का यिनै प्रमुख गल्तीहरु हुन जस्ले प्रचण्ड को राजनीतिक भविस्य मा प्रश्नचिन्ह उठाइरहेका छन।

के हुनु पर्छ अब को बाटो ?

अब प्रचण्ड ले सर्वप्रथम त स्वयम् लाई परिवर्तन गर्नुपर्ने देखिन्छ। आफ्नो ब्यक्तिगत सम्पत्ती लाई राष्ट्रियकरण गरि एक सर्वहारा हुदै फेरि जनता को घरदैलो मा जानू पर्छ।अब प्रचण्ड ले बिचर को राजनीति गर्नुपर्ने हुन्छ। बिगत मा प्रचण्ड ले आफै भन्नुहुन्थ्यो ” हामी भित्र निरन्तर बिचार को बिकास हुनुपर्छ जस अन्तर्गत उत्पादन का निम्ती संघर्ष , वर्ग संघर्ष र बैज्ञानिक प्रयोग गर्न सके हामी निरन्तर आग्रगति तिर गैरहने र हामी फेरि पुरानै शासक वर्ग ले फैलाएको सत्ता र पुरानै समाजिक संस्कृतिक सत्ता का अगाडि सरेन्डर हुँदै जाने क्रम मा, हामी आफै भित्र को चेतना का विरुद्ध मा पनि निरन्तर क्रान्ति नगर्ने, सर्बहाराबादी बिज्ञान लाई नबुझ्ने र कम्युनिस्ट घोषणापत्र लाई बिर्सदै जाने हो भने फेरि हामी निरन्तर पछि पर्दै गइरहेका हुनेछौ”।
हो वास्तवमा प्रचण्ड ले यहि कुरा लाई आत्मसात गर्दै जाने हो भने प्रचण्ड को राजनीतिक भबिस्य र सिङ्गो देश को भबिस्य अग्रगती तिर जाने छ। यदि उहाँ ले दलाल पुजीवाद का बिरुद्द संघर्ष नगर्ने, भ्रस्टाचार लाई प्रोत्साहित गर्ने तिर लागिरहने हो भने अहिलेसम्म का उपलब्धि र सहिद रु को बलिदान को घोर अपमान हुनेछ भने उनको राजनीतिक भबिस्य पनि लगभग समाप्त हुनेछ।

प्रचण्ड र पार्टी को रणनीति कस्तो हुनुपर्ला?

सर्वप्रथम प्रचण्ड नेतृत्व माओवादीहरूले ले राजनीतिक बिचार र एजेन्डा हरु नमिल्ने राजनीतिक पार्टी बाट अलग हुँदै राजनीतिक बिचार र एजेन्डा हरु मिल्ने, कम्युनिस्ट आन्दोलनमा लागेका सबै सच्चा नेता रा कार्यकर्ता हरुलाई एकीकृत गर्दै लैजानुपर्ने देखिन्छ ।
जसका लागि कुशल नेतृत्व,आपसी समझदारी , त्याग र बलिदान हुनु जरुरी छ।

कम्युनिस्ट पार्टी को संरचना कस्तो हुनुपर्छ ?

बिगत मा नेपाल कम्युनिस्ट पार्टी माओवादी भित्र थोरै संख्या मा नेता तथा कार्यकर्ता हुदा पनि व्यापक परिवर्तन ल्याउन सक्थे। किनभने त्यति बेला नेता तथा कार्यकर्ताहरु राजनीतिक रुप ले प्रशिक्षित, ब्यबहारिक रुपले गरेर देखाउने, साथसाथै कम्युनिस्ट विचारधारा बाट पुर्ण रुप ले प्रेरित थिए।भने अहिले व्यापक रुप मा नेता र कार्यकर्ता हुदा पनि कुनै परिवर्तन हुन सकेक छैन। किनकी अहिले का नेता तथा कार्यकर्ता हरु ब्यक्तिगत स्वार्थ पूरा गर्न का लागि कुनैपनी राजनीतिक बिचारधारा बाट प्रेरित नभएका,अशिक्षित, समाज भित्र का समस्या हरु लाई नबुझ्ने र लुट्नै कै लागि लागिरहेका छन।अब यस्तो हुनुहुदैन।

अब फेरि नेता तथा कार्यकर्ता हरु पुर्ण रुप ले प्रशिक्षित हुन जरुरी देखिन्छ। कम्युनिस्ट पार्टीका कार्यकर्ता भैसकेपछि कम्युनिस्ट बिचारधारा बुझेको र जनता सम्म गएर बुझाउन सक्ने क्षमता भएको हुनुपर्छ। त्यसका लागि पार्टी ले जनताका बिचमा गएर काम नगर्ने,पार्टीको मुलभुत सिद्धान्त,पार्टी को राजनीतिक बिचारधारा बाट स्खलित भएका सबै नेता तथा कार्यकर्ता लाई पार्टी बाट निस्कासित गरि अब नया सदस्यता कसरी दिने?तिनिहरु लाई प्रशिक्षण कसरी गर्ने? तिनिहरु लाई बैचारिक र ब्यबहारिक रुप ले कसरी सक्षम बनाउने? योग्यता के हुने? पार्टी को संरचना कस्तो हुने? जस्ता जटिल कुरा हरु को समाधान का लागि एक ठुलो संयन्त्र र त्यसमा व्यापक छलफल हुन जरुरि छ।

साथसाथै प्रचण्ड नेतृत्व ले बिगत मा भएका आफ्ना कमजोरी हरु लाई स्विकार्दै अब निरन्तर क्रान्ति को बाटो मा बिगतमा बिभाजित भएका बिचार र एजेन्डा हरु मिल्ने कम्युनिस्ट आन्दोलनमा संघर्षरत राजनीतिक पार्टी, नेता तथा कार्यकर्ता हरु एकजुट गराउदै दलाल पुजिवाद विरुद्ध संघर्ष , उत्पदन का लागि संघर्ष, वर्गसंघर्ष र समाज का वास्तविक समस्याहरुका समाधान का लागी गम्भीरतापूर्वक ध्यान दिइ त्यसमा निरन्तर निस्वार्थ लाग्न सके फेरि एकपटक जनताको साथ पाउनेछन।

  • 133
    Shares

ताजा समाचार

संसद विघटन बिरुद्धमा काँग्रेसका शुभेच्छुक संघ संगठनद्वारा बिरोध प्रर्दशन

कञ्चनपुर, संसद विघटन बिरुमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिवार कञ्चनपुरमा बिरोध प्रर्दशन गरेका छन । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता जनक सिह धामीले प्रनिनिधि सभा विघटन...

ससद विघटन बिरुद्धमा काँग्रेसका शुभेच्छुक संघ संगठनद्वारा बिरोध प्रर्दशन

संसद विघटन बिरुदमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिवार कञ्चनपुरमा बिरोध प्रर्दशन गरेका छन । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता जनक सिह धामीले प्रनिनिधि सभा...

बेलडाँडी दिगो बिकासका निम्ति अध्यक्ष, उपाध्यक्षको टोली संघीय राजधानीमा

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका दिगो विकासका लागि अध्यक्ष, उपाध्यक्ष लगायतको टोली संघीय राजधानी सिंहदरबार पुगेको छ । बेलडाँडीको दिगो बिकासका निम्ति अध्यक्ष धन बहादुर...

शंकरपुर प्रहरीद्वारा अबैध बोइलर कुखुरा बरामद

बेलडाँडी, लालझाडी गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालयको गस्ती टोलीले अबैध बोइलर कुखुरा बेवारिसे अवस्थामा फेला पारेको छ । प्र.स.नि. धन सिंह धामीको कमाण्डमा खटिएको गस्ती टोलिले...
4,967LikesLike
14FollowersFollow