Saturday, February 6, 2021
गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार सात जना मन्त्रीले दिए राजीनामा, बादल र भट्ट ओलीको पक्षमा

सात जना मन्त्रीले दिए राजीनामा, बादल र भट्ट ओलीको पक्षमा

  • 40
    Shares

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारका सात जना मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री अ‍ोलीले संसद भंग गर्ने सिफारिस गरेपछि असन्तुष्ट रहेका सात जना मन्त्रीले राजीनामा दिएका हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड निकट मन्त्रीहरु उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएका छन् ।

त्यस्तै माधवकुमार नेपालनिकट मानिएका कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले पनि राजीनामा दिएका छन् ।

प्रचण्ड निकट मानिएका गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्ट प्रधानमन्त्री ओलीको पक्षमा उभिएका छन् । मन्त्री बादल र भट्टले भने राजीनामा दिएनन् । पछिल्लो समय बादल र भट्ट प्रधानमन्त्री ओलीसँग नजिकिएका छन् ।

उनीहरुले संसद विघटनको प्रस्ताव रोक्न अधिकतम प्रयास गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनीहरुले गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेश विपरित तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुने गरी चालिकएका कदमप्रति असहमति रहेको बताएका छन् ।

  • 40
    Shares

ताजा समाचार

बेलडाँडी दिगो बिकासका निम्ति अध्यक्ष, उपाध्यक्षको टोली संघीय राजधानीमा

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका दिगो विकासका लागि अध्यक्ष, उपाध्यक्ष लगायतको टोली संघीय राजधानी सिंहदरबार पुगेको छ । बेलडाँडीको दिगो बिकासका निम्ति अध्यक्ष धन बहादुर...

शंकरपुर प्रहरीद्वारा अबैध बोइलर कुखुरा बरामद

बेलडाँडी, लालझाडी गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालयको गस्ती टोलीले अबैध बोइलर कुखुरा बेवारिसे अवस्थामा फेला पारेको छ । प्र.स.नि. धन सिंह धामीको कमाण्डमा खटिएको गस्ती टोलिले...

किशोरी मृत्यु प्रकरणः तालीम प्राप्त कुकुरसहितको टोली परिचालन

बैतडी, बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ  । तालीम प्राप्त कुकुरसहित प्राविधिकको...

दैजी-बेलडाँडी सडक खण्डमा बँदेल र माेटरसाईकल ठोकिदा दुई जना घाईते, बदेलकाे मृत्यु

बेलडाँडी , कञ्चनपुरकाे दैजी बेलडाँडी सडक खण्ड अन्तरगत क्याम्प देखि भित्र शुक्लाफाँटा राष्ट्रिय निकुञजमा जंगलि बँदेल संग माेटरसाईल ठाेक्किदा बदेलकाे घटना स्थलमा मृत्यु भएकाे छ,...
4,967LikesLike
14FollowersFollow