Saturday, February 6, 2021
गृहपृष्ठ बिज्ञान प्रविधि वैज्ञानिक वन व्यवस्थापन लागु भएका वनमा पुर्नरुत्पादन हुँदै

वैज्ञानिक वन व्यवस्थापन लागु भएका वनमा पुर्नरुत्पादन हुँदै

  • 11
    Shares

भाष्कर केसी कञ्चनपुर, २ मंसिर

वैज्ञानिक वन व्यवस्थापन लागु भएका सामुदायिक वनमा पुर्नरुत्पादन भईरहेको छ । कार्यक्रम लागु भएका कञ्चनपुरका विभिन्न सामुदायिक वनमा पुर्नरुत्पादन भईरहेको हो । डिभिजन वन कार्यालय कञ्चनपुरले वैज्ञानिक वन व्यवस्थापन लागु भएका वनमा विभिन्न प्रजातिका बिरुवा स्वत प्राकृतिक रुपमा आफै उम्रीरहेको जनाएको छ । समुदायको आवश्यकता अनुसार दिगो वन व्यवस्थापन एव वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख डिभिजनल अधिकृत अजय विक्रम मानन्धरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका सामुदायिक वन कृष्ण, बैजनाथ, हरियाली, महाकाली लगायतका सामुदायिक वनमा पुर्नरुत्पादन भईरहेको बताए । आर्थिक समाजिक एव वातावरणीय दृष्ट्रिकोणबाट वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु गरिएको बताउदै उनले सर्पट कटानी नभई बाली चक्र्रिय प्रणाली अन्र्तरगत कार्यक्रम लागु गरिएको बताए ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका वनमा सामुदायिक वनमा ८० बर्ष भन्दा माथिका रुख काटेर नयाँ बिरुवा पुर्नरुत्पादन गरिने बताए । ‘स्वदेशमा काम नहुँदा विदेशबाट अबौँको काठ भित्र्राउनुपर्ने बाध्यता छ, ‘उनले भने, ‘यसलाई रोक्नु हुँदैन, समुदाय र देशको आवश्यकता अनुसार काम अघि बढाउनुपर्छ ।’ वैज्ञानिक वन व्यवस्थापन बारे बिहीबार कृष्णपुरमा संचारकर्मीसंग छलफल गर्र्दै डिभिजनल अधिकृत मानन्धरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु हुनुपर्नेमा जोडदिएका छन ।

बजारमा काठको आवश्यकता भईरहेकाले भएको काठ कुहिने र विदेशबाट लाखौँका काठ आयात गर्नुपर्ने बाध्यता रहेकाले वैज्ञानिक वन व्यवस्थापन लागु हुनुपर्नेमा जोडदिए । सम्बृद्धि लागि वन आवश्यक रहेको उनको सुुझाव छ । वन अधिकृत गणेश ठगुन्नाले वैज्ञानिक वन व्यवस्थापन बारे अफवाह फैलाएका कारण कार्यक्रम संचालनमा चुनौती रहेको बताए । इमान्दाररितापुर्वक वैज्ञानिक वन व्यवस्थापनको काम अघि बढाउँदै समुदायको आवश्यकता पुरा गर्नुपर्ने बताए । वैज्ञानिक वन व्यवस्थापन बारे सबैले बुझ्नुपर्ने उनको सुझाव छ ।

  • 11
    Shares

ताजा समाचार

दैजी-बेलडाँडी सडक खण्डमा बँदेल र माेटरसाईकल ठोकिदा दुई जना घाईते, बदेलकाे मृत्यु

बेलडाँडी , कञ्चनपुरकाे दैजी बेलडाँडी सडक खण्ड अन्तरगत क्याम्प देखि भित्र शुक्लाफाँटा राष्ट्रिय निकुञजमा जंगलि बँदेल संग माेटरसाईल ठाेक्किदा बदेलकाे घटना स्थलमा मृत्यु भएकाे छ,...

झिलमिला विअोपी द्वारा अबैध कुखुराका चल्ला बरामद गरि नष्ट

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.५ मा रहेको झिलमिला बिअोपीले सिमा क्षेत्रबाट नेपाल भित्र्याउन लागेका अबैध कुखुराका चल्ला बरामद गरि नष्ट गरेको छ...

नेपाल बन्द सफल भएको प्रचण्ड–नेपाल समूहको दाबी, आन्दोलनमा गोलबन्द हुन अपिल

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले नेपाल बन्द सफल भएको दाबी गरेको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति...

आधारभूत स्वास्थ्य इकाई उद्घाटन

 खडक रावल कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका २ मा आधारभूत स्वाथ्य इकाईको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका विच आधारभूत स्वास्थ्य इकाई उद्घाटन गरिएको हो । दोधाराचाँदनीका...
4,967LikesLike
14FollowersFollow