Monday, November 30, 2020
गृहपृष्ठ स्थानिय समाचार बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन

बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन

  • 73
    Shares

कञ्चनपुरको बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच नवनिर्मित वडा भवनको मेयर पोतिलाल चौधरीले उद्घाटन गरेका छन् । भवनको उद्घाटन गर्दै मेयर चौधरीले सिहदरबारको अधिकार गाँउ गाँउमा पु¥याउने उदेश्यका साथ नगरपालिकाले सबै वडा भवन बनाउने बताए । उनका अनुसार १, ३, ५ दशैँ, तिहार लगत्तै शुरुहुनेछन् ।

 

‘अब जनताले वडाबाटै सबै सुविधा पाउँछन, ‘मेयर चौधरीले भने, ‘समान्य कामका लागि वडा धाँउनु प्रदैन ।’ बेलौरी नगरपालिका कार्यालयका कम्प्युटर अपरेटर अशोक पाण्डेयले मेयर चौधरीले उद्घाटन गरेको कार्यक्रमको सभापतित्व वडाध्यक्ष प्रकास श्रेष्ठले गरेको बताए । कार्यक्रममा उप मेयर चित्रा कुमार चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेम प्रशाद चौधरी, कर्मचारी, जनप्रतिनिधी लगायत सर्वसाधारणको सहभागिता रहेको थियो । एक करोड १५ लाख लागत स्टमेट भएपनि ६४ लाखमा लटैनाथ निर्माण सेवाले सम्झौता गरेको थियो । निर्माण व्यवसायी कालुसिह विष्टले समय अवागै काम गरेको भन्दै उनलाई सम्मान सहित पुरस्कार दिईएको थियो । वडाध्यक्ष प्रकास श्रेष्ठले वडा भवन निर्माणसगै जनतालाई वडाबाटै सम्पूर्ण सेवा विस्तार गरिने बताए । उनले दशैँ लगतै नवनिर्मित भवनबाटै काम गरिने बताए ।

  • 73
    Shares

ताजा समाचार

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा

लाल ब. एसके खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य बिना मगरले निर्वाचन क्षेत्रमा रहेका योजनाको स्थलगत अनुगमन एव जनतासग...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक संस्कापद मृत फेला

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक शकास्पद अवस्थामा मृत भेटिएका छन । बेदकोट नगरपालिका ४ बगुनका २४ बर्षिया कमल दमाई भीमदत्त नगरपालिका ४...

ठुला आयोजनाको अनुगमन

कञ्चनपुरका संचालित ठुला आयोजनाको राष्ट्रिय योजना आयोगका पदाधिकारी एव सिँचाई मन्त्रालयका उच्च पदस्थ कर्मचारीको टोलीले अनुगमन गरिएको छ । बिहीबार राष्ट्रिय आयोजनाका सदस्य कृष्ण...

कञ्चनपुरमा सात क्रसर उद्योग अवैध

कञ्चनपुर, ११ मंसिर कञ्चनपुरमा दुई क्रसर उद्योग बाहेक अन्य सबै क्रसर उद्योग अवैध, मापदण्ड विपरित संचालनमा रहेको पाईएको छ । गृह मन्त्रालयले देशभरीका क्रसर...
4,967LikesLike
14FollowersFollow