Tuesday, October 27, 2020
गृहपृष्ठ जिवनशैली अस्थायी विद्यालय व्यवस्थापन समितिले जारी गरेको शिक्षक पदपुर्ती विषयलाई लिएर प्रकृया नपुगेको...

अस्थायी विद्यालय व्यवस्थापन समितिले जारी गरेको शिक्षक पदपुर्ती विषयलाई लिएर प्रकृया नपुगेको भन्दै शिक्षकद्धारा विज्ञापन रद्धगर्न माग

  • 70
    Shares

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको रौलेश्वर मा.वि. बेलडाँडी २ को विद्यालय व्यवस्थापन समितिले एकपक्षीय प्रकृया मिचेर शिक्षक पदपुती विज्ञापन निकालेको भन्दै शिक्षकहरुले विज्ञापन खारेजीको माग गर्दै प्रेस विज्ञप्ती निकालेका छन् ।

कोरोना कहरका बेला विद्यालय बन्द रहेको अवस्थामा विद्यालयलाई लोड हुने गरी विद्यालय अस्थायी व्यवस्थापन समितिले एकलौटी ढंगबाट मिति २०७७/०६/२३ गतेको निर्णय अनुसार माध्यमिक तहमा विद्यालयको निजी कोषबाट तलब भत्ता खुवाउने गरी नियम प्रकृया मिचेर सुटुक्क शिक्षा विषयको विज्ञापन निकालीएको हुदा सो विद्यालयका शिक्षकहरुले विरोध गरेका छन् । रौलेश्वरमा कार्यरत शिक्षकहरुले आफुहरुको सल्लाह विपरित विद्यालयको शैक्षिक आर्थिक लगायतका क्षेत्रमा दिर्घकालिनरुपमा गहिरो असर पर्ने भन्दै तत्काल विज्ञापन खारेजको माग अघि सारेका छन् ।

उहाँहरुका अनुसार समितिका केही व्याक्तिहरुले आफ्नो व्याक्तिगत फाइदाका लागि विद्यालय बन्द रहेको अवस्थामा यस्तो गलत कार्य गर्न लागेको बताए । एक शिक्षकले भने विज्ञापन पनि चोरशैलीमा निकालेको जनाए । यो फुर्सदको बेला प्रकृयागत सूचना निकाल्नुको साटो सूचना लुकाउने हिसावले ४ दिन पछि सूचना टासेको समेत आरोप लगाएका छन् । आम नागरिकले सूचना पाउनु पर्ने भए पनि सूचना लुकाएर गर्न खोजेको मनपरी कुनै पनि हालात्मा सफल नहुन दिने बताएका छन् ।

विज्ञप्तीमा तपशिलका कुराहरु जारी गरिएको छ ः लामो समय देखि विद्यालयमा कम्प्युटर शिक्षक र पुस्तकालय कर्मचारीको पदपुर्ति हुन नसकेको, साविक उ.मा.वि. तहका खोलिएका विज्ञापनको व्यवस्थापन हुन नसकेको, विद्यालयमा कार्यरत निजी शिक्षक र कर्मचारीलाई आर्थिक अभावका कारणले तलब भत्ता दिन नसकिएको, विद्यालयमा उपलब्ध जनशक्तिको पहिचान नगरी र शिक्षक स्टाफ सित समेत समन्वय नगरी विज्ञापन गरिएको, यसै वर्ष मा.वि. तहको शिक्षा दरवन्दीलाई सामाजिक दरवन्दीमा रुपान्तरण गरी पुनः शिक्षा विषयकै विज्ञापन परिएको, वर्तमान समयमा कोरोना संक्रमण बढी रहेकोले पठन पाठन अवरुद्ध रहेको अवस्था, यो बर्ष विद्यार्थी भर्ना संख्या न्युन रहेको र विज्ञापन खुलेको विषयमा पहिले देखिनै शिक्षक कार्यरत रहेको, शिक्षक स्टाफ बैठकका लागि प्र.अ.लाई लिखित र मौखिक आग्रह गर्दा गर्दै कुनै सुनवाई नगरेको भन्दै ८ बुदे कुरा उठ्ठान गरेका छन् ।

यता अस्थायी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बेलडाँडी गाउँपालिका वडा नं.२ का अध्यक्ष प्रेमराज खातीले बालबालिकाको भविश्यलाई मध्यनजर गर्दै विद्यालयका समस्याहरुलार्इृ टार्न खोज्दा अनावश्यक टिप्णी गर्न थालेको बताए । आफुलाई कुनै व्याक्तिगत स्वार्थ नभएको भन्दै लामोसमय देखि शिक्षा र पुस्तकालयलाई अनिर्णयकोबन्दी बनाई केहि शिक्षकले विद्यालयलाई राजनितिक थलो बनाइरहेको भन्दै प्रकृया पुर्याएर निकालेको विज्ञापन कुने पनि हालात्का नरोकिने बताउनु भयो । उहाँका अनुसार दरवन्दी भएका शिक्षकहरु नपढाइदिने, विद्यालय हाता भित्र राजनितिक गर्ने केहि शिक्षकहरुे यो प्रपञ्च रचेर समितिलाई फेल गर्न खोजेको बताए । उहाले भन्नु भयो हामीले ७ दिने सूचना लगाएका छौ सात दिनमा कति आवेदन आएका छन् आफुलाई कुनै थाहा नभएको बताउदै विद्यालय र विद्यार्थीको भविश्यको लागि आफुले राम्रो काम गर्दा समेत क्षेत्रियताका कुरा गर्दै विद्यालय भित्रको सदभाव केहि शिक्षकले खलबलाउन खोजेको भन्दै समयमै सबैले सचेत हुनुपर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक कृपाराम उपाध्यायका अनुसार विद्यालयमा न्यनतम तलब भत्ता खाने गरी निजि स्रोतबाट शिक्षक भर्ना गर्ने विज्ञापन खोलिएको र हाल कोरोनाका कारण विध्यालय सञ्चालनमा नभएका कारण त्यो त्यतिकै राखिने बताए । उनले भने सूचना जारी गर्दा आफुले १५ दिने निकालौ भनेका तर विव्यसले ७ दिने सुचनाले भै हाल्छ भनेर खोलिएको बताउनु भयो । भोलि शुक्रबार समितिलाई बोलाउने र समितिले जे भन्छ, त्यहि गर्ने समेत उनले बताए ।

विज्ञप्ती सहित

 

  • 70
    Shares

ताजा समाचार

कोरोनालाई बिरामीको निःशुल्क उपचार गर्न माग

कोरोनाका बिरामीको निःशुल्क उपचार गर्नुपर्ने नागरिक संघर्ष समितिले माग अघि सारेको छ । सरकारले कोरोना संक्रमित बिरामीको उपचारका लागि रकम लिने भनेपछि नागरिक संघर्ष...

लालझाडीमा शुभकामना आदान प्रदान

पहिलाद राना कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ,...

भीमदत्त नगरका दुर्गम बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर शुरु

सुवर्ण प्रशाद जोशी कञ्चनपुर, ६ कार्तिक कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका दुगर्म बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर संचालन भएको छ । जिल्लाको उत्तरी चुरे...

बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन

कञ्चनपुरको बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच नवनिर्मित वडा भवनको मेयर पोतिलाल चौधरीले उद्घाटन गरेका...
4,967LikesLike
14FollowersFollow