Tuesday, October 27, 2020
गृहपृष्ठ दैनिक गतिविधी काँग्रेस नेता धामीको ठेकेदारलाई टेलिफोन ‘हुलाकी सडक धुलाम्मे भयो, जनस्वाथ्यमा ख्याल गरि...

काँग्रेस नेता धामीको ठेकेदारलाई टेलिफोन ‘हुलाकी सडक धुलाम्मे भयो, जनस्वाथ्यमा ख्याल गरि दैनिक पानी छर्किदिनुहोस’

  • 55
    Shares

कञ्चनपुर,

पुर्वपश्चिम जोड्ने हुलाकी सडक स्तरोन्नती हुँदैछ । हुलाकी सडक अन्र्तरगत कञ्चनपुरको बेलडाँडी–दैजी सडकखण्डको समेत स्तर बृद्धि भईरहेको छ ।

सो खण्डमा बेस बिछाईन लागेको छ, अहिले कोरोना महामारीसंगै सडक धुलाम्मे भएको छ । दुई प्राङग्रे सवारी साधनमा आवत जावत गर्ने यात्रु धुलाम्मेका कारण जोखिममा परेका छन् । कोरोना महामारीका बेला धुवाधुलैबाट बाँच्न स्वास्थ्यकर्मीले नागरिकलाई सुझाव दिईरहेका छन, तर सो सडकमा अनिवार्य यात्रा पर्ने सरकार कर्मचारी, सहितका अत्यावश्यक काम परेका नागरिक स्वास्थ्यका दृष्ट्रिकोणबाट उच्च जोखिममा छन् ।

सडक सुधार भएपनि धुलाम्मेका कारण कोरोना जोखिम बढ्ने स्वाथ्यकर्मीको चिन्ता छ । सडकको समस्यमा मध्य नजर गर्दै स्थानीय समेत रहेका काँग्रेस कञ्चनपुरका नेता जनक सिह धामीले निर्माण कम्पनीका पदाधिकारीसंग सिधा टेलिफोन गरेर धुलाम्मे सडकमा पानी छर्किन आग्रह गरेका छन् ।

‘नमस्कर म जनक सिह धामी स्थानीय तथा काँग्रेस कञ्चनपुरको जिल्ला सदस्य हुँ, ‘नेता धामीले टेलिफोनमा आफ्नो परिचय दिदै भने, ‘कृपया यदीबेला कोरोना महामारी चलिरहेको छ, एकातिर तपाई आफ्नो जिम्मेबारीमा हुनुहुन्छ, ठिक छ, धुलाम्मे सडकले रुघाखोकी लाग्ने अन्य रोग सहित कोरोना संक्रमण बढ्ने भएकाले दैनिक सडकमा पानी छर्किनुदिनुप¥यो ।’ अहिले विषम परिस्थितिको सामना गर्नका लागि समेत निर्माण कम्पनीका तर्फबाट सहयोग गरिदिन आग्रह गरे । काँग्रेस नेता धामीको आग्रहमा निर्माण कम्पनीका प्रतिनिधीले जनगुनासो जायज भएकाले यस विषयमा कम्पनीमा छलफल गरिने प्रतिकृया दिए ।

  • 55
    Shares

ताजा समाचार

कोरोनालाई बिरामीको निःशुल्क उपचार गर्न माग

कोरोनाका बिरामीको निःशुल्क उपचार गर्नुपर्ने नागरिक संघर्ष समितिले माग अघि सारेको छ । सरकारले कोरोना संक्रमित बिरामीको उपचारका लागि रकम लिने भनेपछि नागरिक संघर्ष...

लालझाडीमा शुभकामना आदान प्रदान

पहिलाद राना कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ,...

भीमदत्त नगरका दुर्गम बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर शुरु

सुवर्ण प्रशाद जोशी कञ्चनपुर, ६ कार्तिक कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका दुगर्म बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर संचालन भएको छ । जिल्लाको उत्तरी चुरे...

बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन

कञ्चनपुरको बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच नवनिर्मित वडा भवनको मेयर पोतिलाल चौधरीले उद्घाटन गरेका...
4,967LikesLike
14FollowersFollow